होम डेलिभरी शून्यमा झार्ने सरकारको नीति भए पनि जुम्लाका विकट ग्रामीण भेगका महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन्।
नजिक बर्थिङ सेन्टर छैन। भिरालो बाटोले बोकेर लैजान सकिँदैन। बोकेर लैजाने घरमा पुरुष पनि हुँदैनन्। टाढा अस्पताल स्वास्थ्य चौकी भएको ठाउँसम्म जाने सवारी साधन गुड्ने बाटो छैन। जसका कारण घरमै असुरक्षित सुत्केरी हुनुको विकल्प छैन।
तिला गाउँपालिका – ७ पोख्री गाउँकी २६ बर्सिया आशा रोकायाका दुई बच्चा छन्। उनले दुवै बच्चा घरमै जन्माएकी हुन्। दुवै बच्चा तीन दिनसम्म घरमै छटपटाएर सुत्केरी भएको उनले दुखेसो पोखिन्।
उनले भनिन् 'नजिक बर्थिङ सेन्टर, स्वास्थ्य चौकी, अस्पताल छैनन्। टाढा जान सकिएन। बोकेर लैजाने घरमा पुरुष पनि हुँदैनन्। पुरुष सबै रोजगारका लागि व्यापार व्यवसाय, मजदुरी गर्ने जिल्ला बाहिर गएका हुन्छन्। गाउँ घरमा महिला, बुढाबुढी ज्येष्ठ नागरिक मात्रै हुन्छन्। उनीहरूले बोकेर अस्पताल ब्रर्थिङ सेन्टरसम्म बोकेर लैजान सक्दैनन्। घरमै सुत्केरी हुनु बाध्यता छ।'
बच्चा छिटो जन्मिन्छ कि भनेर सुत्केरी बेथा लागेको समयमा जङ्गलमा गएर दाउराको भारी ल्याएर आएको उनले सुनाइन्।
यस्तै दुई हप्ता अघि उषा बोहरा घरमै सुत्केरी भइन्। उनको पनि सुत्केरी बेथा लागेको दुई दिन पछि बच्चा जन्मिएको हो। गएको ७ महिना अघि जैसरी थापा पनि घरमै सुत्केरी भइन। उनको बच्चा पेटमा उल्टो रहेछ।
पोख्री गाउँमा ६५ घरधुरी रहेको छ। यस गाउँका सबै गर्भवती महिला घरमै सुत्केरी हुने गरेको स्थानीय बताउँछन्। गर्भवती भएको अवस्थामा ४ पटक चेकजाँच गर्नुपर्ने हुन्छ। स्वास्थ्य संस्थामा सुत्केरी भएपछि राज्यले पोषण पत्ताको पनि सुविधा दिएको छ। तर यो गाउँका महिला घरमै असुरक्षित सुत्केरी हुने र पोषण भत्ता सुविधाबाट पनि वञ्चित हुँदै आएका छन्।
तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकाया भन्छन् गाउँमा अहिले बिजुली पानी सबै पुगेको छ। सडक पनि ट्र्याक खोलिएको छ। यो गाउँदेखि दुई घण्टा टाढा घोडे गाउँ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको छ। भौगोलिक विकताका कारण महिलाले बर्थिङ सेन्टरको सुविधा लिन पाएका छैनन्।
अब यो गाउँमा पनि बर्थिङ सेन्टर पहल गरिने उनले बताए।