आफन्तबाटै आफन्तको ज्यान जान्छ भने कहाँ छ सुरक्षा ?
२५ कार्तिक २०७३
•
७ मिनेट पाठ
आफन्तबाटै आफन्तको ज्यान जान्छ भने कहाँ छ सुरक्षा ?

कविता उपाध्याय




लिबाङ (रोल्पा)-भनिन्छ मानिस सामाजिक प्राणी हो । ऊ घर परिवार र समाज बिना एकपल पनि बाँच्न सक्दैन । तर परिवारकै सदस्यले वा आफन्तले नै आफन्तको ज्यान लिन्छ भने कहाँ गएर मान्छेले जीवन सुरक्षाको अनुभूति गर्ने ? प्रश्न यहीनेर खडा भएको छ रोल्पालीका सामु ।

जिल्ला अदालत रोल्पाको तथ्याङ्कअनुसार यस आवमा मात्र पाँच वटा कर्तव्य ज्यान र एउटा भवितव्य ज्यान गरी जम्मा छ वटा ज्यानसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला अदालत रोल्पाका मुद्दा फाँटका खरिदार दीपेन्द्रराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार यी सबै मुद्दाका अभियुक्तहरु आफन्तकै ज्यान लिएको अभियोगमा जेल जीवन बिताउन बाध्य भएका छन् ।

जसअन्तर्गत नुवागाउँ–८ भलाजुङ रोल्पाका ५५ वर्षीय ओसबहादुर बुढाले ४७ वर्षीय श्रीमती मनसरी घर्तीमगरको २०७३ साउन ८ गते धारिलो खुर्पा प्रयोग गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । खुर्पा प्रयोग गर्नुअघि पनि बुढाले श्रीमतीलाई पटक पटक कुटपिट गर्ने तथा शारीरिक र मानसिक रुपमा यातना दिने गरेको अनुसन्धानका क्रममा खुलेको खरिदार श्रेष्ठले बताए।

यस्तै इरिबाङ–३ रोल्पाकी २५ वर्षीया विमला पुनमगर र उनका देवर नाता पर्ने २१ वर्षीय गोविन्द पुनमगरको मिलेमतोमा विमलाका सौताका छोरा १२ वर्षीय भरत घर्तीको २०७३ साउन १० गते हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि विमला र भरतलाई थुनामा राखेको छ । श्रीमान् विदेश गएका बेला विमला र गोविन्दको बीचको अनैतिक सम्बन्ध पटक पटक बच्चाले देखेको र उसले समाजमा सबैसँग खुलासा गर्ने डरले विमला र गोविन्दले बच्चाको घाँटी थिचेर मारेको अभियोगमा प्रहरीले पक्राउ गरी उनीहरुलाई थुनामा राखेको हो ।

यस्तै जौलिपोखरी–२ रोल्पाका ३३ वर्षीय बलबहादुर बुढाले सोही गाविसका ६० वर्षीय भिनाजु खरवीर बस्नेतलाई २०७३ भदौ २ गते सामुदायिक वनको विषयमा भएको विवाद चुलिँदै जाँदा रिसको झोकमा ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।

यसैगरी जेदबाङ–८ रोल्पाकी ६३ वर्षीय मनसरी विकले २०७३ साउन २७ गते आफ्नै नाति (छोरीको छोरा) ११ वर्षीय दिनेश बुढालाई कुटपिट गरी मारेको अभियोगमा पक्राउ गरी थप अनुसन्धानका लागि थुनामा राखिएको छ । विककी छोरीले दोस्रो बिहे गरेर गएपछि विकले नातिलाई आफँैसँग राख्दै आएका थिए। उनले नातिलाई यसअघि पटक पटक धम्की दिने तथा कुटपिट गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको देखिन्छ ।

यसैगरी २०७३ असोज २५ गते दसैँको टीकाकै दिन राति खुमेल–४ रोल्पाकी धना बुढाथोकीले आफ्नै नातिनी सात वर्षीय झकमा बुढाथोकीलाई दाउराले कम्मरमा बेसरी प्रहार गरी मारेको अभियोगमा प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।

यस्तै जंकोट–७ रोल्पाकी ३० वर्षीय साली पर्ने दलसरी डाँगी र जंकोट–३ रोल्पाका भिनाजु पर्ने ३६ वर्षीय सुरेन्द्रकुमार पुनको अवैध सम्बन्ध रहन गई जन्मेको बच्चा मारेर बारीमा गाडेको अभियोगमा प्रहरीले डाँगी र पुन दुवैलाई भवितव्य ज्यान मुद्दाको अभियोगमा थप अनुसन्धानका लागि थुनामा राख्यो । तर हाल उनीहरु दुवै जनालाई रु ४५ हजार धरौटीमा थुना मुक्त गरेको मुद्दा फाँटका खरिदार टुकलाल विकले जानकारी दिए। उनका अनुसार डाँगीका श्रीमान्को सवारी दुर्घटनामा परी २०६६ सालमा दुवइमा मृत्यु भइसकेको छ ।

“यसरी घटेका सबैजसो घटना अवैध सम्बन्धका कारण घटेको देखिन्छ”, जिल्ला अदालत रोल्पाका नायब सुब्बा दामोदर दाहालले भने। उनका अनुसार अज्ञानता, अशिक्षा, पारिवारिक असमझदारी, सामजिक विकृति, मादक पदार्थको सेवन आदि कारणले समाजमा यस किसिमका घटना घट्ने गरेका हुन् । माथि उल्लिखित सबै मुद्दा जिल्ला अदालत रोल्पामा चालु अवस्थामा छन् । जसका लागि वादीतर्फबाट सर्वश्वसहित जन्मकैद मागदाबी रहेका मुद्दा अदालतबाट फैसला हुन बाँकी छन् ।

यस्तै जिल्ला अदालत रोल्पाका डिट्ठा केशवकुमार केसीले जिल्ला अदालत रोल्पामा काम गर्दाको करिब चार वर्षको अनुभव सुनाउँदै भने- “जिल्लामा धेरैजसो घटना पारिवारिक र सामुदायिक विवादका कारण नै घटेका पाइन्छन् भने कतिपय घटना व्यक्तिगत रिसइबीको बदला लिन खोज्दा वा आफूले गरेका गल्ती कमजोरीलाई लुकाउने प्रयास गर्दा यस किसिमका घटना घट्ने गरेका छन् । रासस

अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३६ मिनेट अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस