‘सूचना महामार्ग’ परियोजना दुरावस्थामा
२३ फागुन २०७९
•
३ मिनेट पाठ
‘सूचना महामार्ग’ परियोजना दुरावस्थामा
सरकारले महत्वाकांक्षी लक्ष्यसहित अघि सारेको मध्यपहाडी लोकमार्ग तथा ७७ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर बिछ्याउने ‘सूचनाको महामार्ग’ परियोजना बजेट खर्च गर्नै नसक्ने दुरावस्थाबाट गुज्रिएको छ। नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अघि सारिएको यो परियोजना पाँच वर्षको अवधिमा विनियोजित बजेटको २० प्रतिशत रकम पनि खर्च गर्न नसक्ने अवस्थामा रहेको छ।  




कोष अन्तर्गत तीनवटै प्याकेजको सूचना महामार्ग परियोजना सञ्चालनका लागि ९ अर्ब ८७ करोड १७ लाख रूपैयाँ बजेट विनियोजन गरिएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले चालु आवको पुस मसान्तसम्मको अवधिमा परियोजनाले २ अर्ब ९ करोड ३८ लाख रूपैयाँ खर्च भएको बताए। यो परियोजना विगत ५ वर्षदेखि तीन खण्डमा बाँडेर अप्टिकल फाइबर निर्माण गर्न सुरु गरिएको थियो तर विवादै विवादमा मुछिएकाले पनि यो परियोजनाले गति लिन सकेको छैन। पाँच वर्षअघि तीन वटै प्याकेज दुई वर्षभित्रै सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको थियो । चालु आवको आधा समय सकिँदा पनि परियोजनाको भौतिक प्रगति भने बिर्सनलायक रहेको छ।  

दोस्रो खण्डको अप्टिकल फाइबर बिछ्याउने प्रगति शून्य  

पाँच वर्षअघि सुरु भएको तीन खण्डमध्ये दोस्रो खण्डको अप्टिकल फाइबर बिछ्याउने काम भने अझै सुरु हुन सकेको छैन। प्राधिकरणले प्याकेज दुई अन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा २१ सय ६० किलोमिटर अप्टिकल फाइबर विस्तार गर्ने योजना अघि सारेको थियो। प्याकेज दुईको ठेक्का २०७४ साल बैशाख २५ गते प्राधिकरण र युनाइटेड टेलिकम (युटिएल) बीच सम्झौता भएको थियो। सम्झौता अनुसार युटिएलले दुई वर्षभित्र सो काम सम्पन्न गर्नुपर्ने थियो। युटिएलले दुई अर्ब एक करोड लागतमा उक्त ठेक्का पाएको थियोे। तोकिएको समयमा काम नगरेको भन्दै प्राधिकरणले २०७६ साल बैशाख २६ गते ठेक्का सम्झौता रद्द गरेको थियो। कम्पनीले उक्त निर्णय बदर गर्न सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। सर्वोच्च अदालतबाट उक्त रिट निवेदनको टुंगो नलागेसम्म अवधि थप नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ। यो विवादको अदालती प्रक्रिया अझै टुंगो नलागेकाले पनि यो खण्डको काम हुन सकेको छैन।

पहिलो खण्डको प्रगति ६०.८५ प्रतिशत

प्राधिकरणले पहिलो खण्डको प्याकेजअन्तर्गत अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमसँग १२ असोज २०७३ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। टेलिकमले २०७६ जेठदेखि मात्रै अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरेको थियो। सो परियोजनाभित्र प्याकेज १ अन्तर्गत प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा २१ सय ७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्ने थियो। प्राधिकरणका अनुसार २०७९ पुस मसान्तसम्मको अवधिमा भने १३ सय २६ किलोमिटर अर्थात् ६०.८५ प्रतिशत मात्रै अप्टिकल फाइबर बिछ्याउने कार्य सकिएको छ।

प्याकेज ३ को प्रगति १६ प्रतिशत

प्राधिकरणको तेस्रो खण्डको अप्टिकल फाइबर बिछ्याउने काम मुस्किलले १६.०६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। प्राधिकरणले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने योजना अघि सारेको थियो। सोमध्ये चालु आवको पुस मसान्तसम्मको अवधिमा भने १६.०६ प्रतिशत मात्रै काम सकिएको छ। तेस्रो प्याकेजको अप्टिकल फाइबर लगायतका पूर्वाधार निर्माण गर्न स्मार्ट टेलिकमसँग २०७४ साल भदौ ३ गते दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो।  

स्मार्ट टेलिकमले सो अवधिमा अप्टिकल फाइबर विस्तारको काम गर्न नसकेपछि प्राधिकरणले २०७६ कात्तिकमा ठेक्का रद्द गरेको थियोे। सो ठेक्का रद्द गरेपछि नेपाल टेलिकमले २०७६ पुसमा तेस्रो खण्डको अप्टिकल फाइबर विस्तार गर्ने जिम्मेवारी पाएको थियो। नेपाल टेलिकमले पनि सो पूर्वाधार निर्माणको काम द्रुत गतिमा गर्न सकेको छैन। यो अन्तर्गत रकुमको मुसिकोटबाट दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याउने योजना रहेको थियो। सो बिछ्याउन नेपाल टेलिकमसँग तीन अर्ब ८१ लाखमा सम्झौता गरेको थियो। प्याकेज ३ अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा विस्तार गर्न नेपाल दूरसञ्चार कम्पनी लिमिटेडसँग २ वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
यो पनि पढौँ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस