जुम्लाको चन्दननाथ नगरपालिका ४ स्ट्रबेरी (भूईं काफल) को खेती सुरु गरिएको छ। ४१ वर्षीय गोपाल रोकायाले जुम्लाको सदरमुकाम खलंगामा १८ सय वर्ग मिटर जग्गा १० वर्षका लागि भाडामा लिएर खेती सुरु गरेका हुन्। अहिले उनीसंग १० हजार बिरुवा जिवित छन्। पहिलो वर्ष १२ बिरुवा लगाएर यसको खेती सुरु गरिएकाे उनले बताए।
२०७६ सालमा देखि गोपाल रोकायाले व्यावसायिक रुपमा लागेका हुन्। राेकायाले जुम्लामै व्यावसायिक हिसाबले पहिलोपटक स्ट्रबेरी खेती गरेको दाबी गरे। जुम्लाकै हिमा गाउँपालिका ३ मोफ्लाका स्थायी बासिन्दा उनी स्ट्रबेरी खेतीकै लागि बजारमा जग्गा भाडामा लिएर बसेका छन्।
उनले भने, 'जुम्लाको हावापानीमा स्ट्रबेरीको खेती हुन्छ कि हुँदैन भनेर परीक्षण गर्न खेती सुरु गरेको हुँ । स्ट्रबेरीको अनुसन्धानकै लागि खेती गरेको हुँ।' उनको बारीमा लगाइएका स्ट्रबेरीका बिरुवाले फल दिन थालिसकेको छ।
अघिल्लो वर्ष विरुवा हुर्काउन ठिकै भएको रोकायाले बताए। पछिल्लो वर्ष ५० केजी उत्पादन भएको भन्दै बजारमा मानिसलाई टेस्ट गर्न लगाइएको बताए। 'यो बढी बालबालिकाको रोजाईमा परेको छ। सबैले राम्रोसँग स्वादिलो छ भनेका छन्', उनले भने "अब यो वर्ष बाट बिक्री गर्छु'।
बजारमा केजीकाे ५ सयमा बिक्रीवितरण गर्ने रोकायाले बताए। उपत्यकामा केजीकाे ७ सयसम्ममा बिक्री हुन् गरेकाे छ। यो व्यवसाय राम्रो र भरपर्दो भएको उनको दाबी छ। उत्पादन हुने हो भने बजारमा समस्या छैन्। यसका बिरुवा साना र लहरा जाने किसिमका भएकोले जग्गाको तयारीमा निकै ध्यान पुर्याउनु पर्दछ। माटोलाई २–३ पटक खनजोत गरी डल्ला फुटाई झारपात हटाई माटोलाई खुकुलो र बुरबुराउँदो बनाउनुपर्ने उनको अनुभव छ। जराहरु माटोको सतहमै फैलिने हुँदा माटोमा प्रशस्त चिस्यान रहनु पर्दछ र झारपात बढ्न दिनु हुँदैन।