मधेस प्रदेशः ३ हजार ७ सय ५७ सवारी दुर्घटना,३५० को मृत्यु
१७ फागुन २०७९
•
३ मिनेट पाठ
मधेस प्रदेशः  ३ हजार ७ सय ५७ सवारी दुर्घटना,३५० को मृत्यु
पूर्वपश्चिम राजमार्गको सप्तरी कञ्चनरुप नगरपालिका–९ विष्णु मन्दिर नजिक बालेरो जीपसँग ठोक्किएको कार । तस्विरःनागरिक
मंगलबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९ विष्णु मन्दिर नजिक कार र पिकअप एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुबै सवरीमा सवार १२ जना घाइते भएका छन्।




पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १८ च ६६१७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको घोडा बोकेको पिकअप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमा कारमा सवार रहेका सुनसरीको दुहबी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमारी चौधरी र सोही स्थानका ४५ वर्षीय हरेराम साह हलुवाई रहेको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले बताए।  

सोमबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारको ठक्करले नाम खुल्न नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जी जे १०–बिजी–८१३३ नम्बरको भारतीय नम्बरको कारको ठक्करले घाइते भएका ती पुरुषलाई उपचारका लागि भारदह अस्पताल पु¥याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने कार र चालक बिहारको सुपौल जिल्ला भीमनगरका राहुल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार साँझ सप्तरीको पातो–कठौनासडकमा स ४ प ६०६० नम्बरको ठक्करबाट पैदलयात्री डाकनेश्वरी–५ का ६० वर्षीय रामदेव सदा र मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका–७ का ५० वर्षीय विजयमोहन चौधरी घाइते भएका छन् । दुवै जनाको उमाकान्त कल्पना मेमोरियल अस्पताल पातोमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सोमबार साँझै नै हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित रम्पुरा चौकमा प्र १–२–०२–प०१३५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ९ वर्षीया मनिषा साह घाइते भएकी छन् । बायाँ हात, दुवै खुट्टा र दुईटा दाँत भाँच्चिएर घाइते भएकी मनिषाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फागुन १२ गते पर्साको पोखरिया नगरपालिका –३ बसन्तपुरमा भिस्वाबाट पोखरिया तर्फ जाँदै गरेको ना १५ प ५०३६ नम्बरको मोटरसाइकललाई बिआर २२ एन ३७९६ भारतीय नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा चालक भारत विहार जिल्ला वेतिया पश्चिम चम्पारणका २२ वर्षीय कैयफली चुरीहारको मृत्यु भयो।

माघको दोस्रो साता महोत्तरीको बर्दिवास–३ स्थित पाटु मोडमा अनियन्त्रित भएर ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु भयो भने २८ जना घाइते भए।  

सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थालु बोकेर आएको प्रदेश २–०२–००१ त.२२६४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा धनुषा औरहीकी ३५ वर्षीय अमेरिकादेवी मण्डलको मृत्यु भएको थियो । ट्याक्टरको टेलर(ट्रली)मा  सवार सबै यात्रु धनुषास्थित औरही नगरपालिकाका थिए।

मधेस प्रदेशका जिल्लामा भएका यी प्रतिनिधि दुघर्टना हुन । मधेस प्रदेशको दुर्घटना ग्राफ झन डरलाग्दो छ । आर्थिक वर्ष ०७९÷०८० को फागुन १५ गतेसम्ममा सवारी दुर्घटनामा यस प्रदेशमा सवारी दुर्घटनामा ३ सय ५० जनाले ज्यान गुमाएका छन्।  

सबैभन्दा बढी मृत्युवरण गर्ने दुई चक्के सवारीसाधन संलग्न दुर्घटनाका छन् । वार्षिक सवारी दुर्घटनाको तथ्यांकले मधेस प्रदेशमा दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बढेको देखाएको छ । बस, ट्रक, ट्याक्टर टिपर, मोटरसाइलक जस्ता सवारी दुर्घटनामा परेर दिनहुँ मानिसले मृत्युवरण गर्नु परिरहेको छ।

मधेस प्रदेशको राजमार्ग ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालय पथलैयाका अनुसार आर्थिक वर्ष ०७९÷८० मा भएको ३ हजार ७ सय ५७ सवारी दुर्घटनामा ३ सय ५० जनाको मृत्यु भएको छ।  

सवारी दुर्घटनाको डरलाग्दो तथ्यांकको विश्लेषण गर्दा चालककै लापरबाही मुख्यकारण देखिएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख (एसपी) सन्तोष भट्टराईको भनाई छ । चालकहरूको लापरबाही, सडकको अवस्था, राजमार्गमा लाग्ने हाटबजारलगायत दुर्घटना बढ्नुका कारणहरु हुन, उनले भने।  

मादक पदार्थ सेवन, गतिमा नियन्त्रण लगायतका जाँचमा ट्राफिकको उदासीनता देखिएको छ । उद्यपी विद्यालय, समुदाय, सवारी चालक, पैदलयात्रुलाई सडकमा कसरी यात्रा गर्ने बारे जानकारी गराउने अभियानलाई तीव्रता दिएको एसपी भट्टराईको दाबी छ।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
८ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस