स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जनालाई प्रहरीले विराटनगरको बजार क्षेत्रबाट पक्राउ गरेको छ।
मोरङ जहदा गाउँपालिका–७ का २६ वर्षीय रमेशकुमार मण्डल, २२ वर्षीय धर्मेन्द्रकुमार मण्डल र कटहरी गाउँपालिका–३ का ३० वर्षीय नबी हुसेनलाई स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।
विराटनगर–९ स्थित चुलाचुली मार्गबाट उनीहरूको साथमा रहेको स्रोत नखुलेको भारतीय १ लाख ८३ हजार ७ सय ५० रुपैयाँ बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। शङ्कास्पद अवस्थामा रहेका उनीहरूलाई चेक गर्दा उक्त रुपैयाँ फेला परेको हो।
पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।