गम्भीर कसुरमा पनि धरौटीमा छाड्ने आदेश
१६ फागुन २०७९
•
४ मिनेट पाठ
गम्भीर कसुरमा पनि धरौटीमा छाड्ने आदेश
सर्वोच्च अदालतले जबर्जस्ती करणीजस्तो गम्भीर जघन्य प्रकृतिको मुद्दामा पनि धरौटीमा छाड्न सकिनेगरी सोमबार आदेश गरेको छ। नाबालिका जबर्जस्ती करणीको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेले न्यायिक प्रक्रियामा सघाएको, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलाडी भएकाले विदेश जानसमेत रोक नलगाउने गरी उच्च अदालत पाटनको आदेश सदर गरेको हो। नाबालिका बलात्कार आरोपित मुद्दामा धरौटीमा छाडिएको सम्भवतः यो पहिलो मुद्दा हो।  




न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले जबर्जस्ती करणीको आरोपको प्रमाण नपुगेको भन्दै धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जाने बाटो खोलिदिएको हो। गत पुस २८ मा उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो। त्यसै आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामा राख्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेको थियो। त्यसैगरी लामिछानेका तर्फबाट विदेश जान पाउनुपर्ने माग गर्दै अर्को निवेदन पनि दर्ता भएको थियो।  

सर्वोच्चले दुवैतर्फका निवेदनमा आंशिक बदर गर्दै आदेश गरेको हो। सर्वोच्चले पीडित गौशाला २६ लामिछानेसँग नगरकोट गएको र काठमाडौंको एक होटलमा आएर सँगै बसेको आदेशमा उल्लेख गरेको छ। ‘पीडितको जबर्जस्ती करणी भएको र करणी नै नगरेको भन्ने प्रतिवादीको भनाइ मुख्य विवाद देखिन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘पीडित र प्रतिवादी बसेको होटलमा जबर्जस्ती करणी भएको र करणी नै नगरेको भन्ने प्रतिवादीको भनाइमा फरेन्सिक ल्याब रिपोर्टमा प्रतिवादीको वीर्ययुक्त कुनै तथ्यगत प्रमाण पाइँदैन।’

पीडितको शारीरिक परीक्षण गर्दा जबर्जस्ती करणी भएको प्रमाण नदेखिएको आदेशमा उल्लेख छ। त्यसैगरी पीडित गौशाला २६ को मानसिक अवस्था पनि सामान्य अवस्थामा रहेको पाइएको आदेशमा भनिएको छ। पीडितले आफूमाथि लामिछानेले दुईपटक करणी गरेको दाबीसहित जाहेरी दिएकी थिइन्।

अदालतले २०७९ भदौ ५ मा पीडित गौशाला २६ र लामिछाने सँगै रहेकोमा विवाद नभएको सर्वोच्चको आदेशमा भनिएको छ। ‘काठमाडौंस्थित गौशालाको एक होटलमा दुवैजना सहजताका साथ आएको देखिन्छ। भोलिपल्ट नै सन्दीपको जर्सी ल्याएर सामाजिक सञ्जालमा राखेको देखिन्छ। वारदातपछि ह्वाट्स एप, स्न्याप च्याटमा पटकपटक म्यासेज गरेको देखिन्छ। पीडितले आफू नगरकोट गएको, सन्दीपलाई भेटेको जीवनमै सबैभन्दा खुसीको क्षण भएको व्यहोरा सामाजिक सञ्जालमा व्यक्त गरेको देखिन्छ,’ आदेशमा भनिएको छ।  

उच्च अदालत पाटनको फैसलाको एउटा बुँदामा मुद्दाको छिनोफानो नभएसम्म नेपालबाहिर जान रोक लगाइएको थियो। ‘लामिछाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएको र वारदातपछि खेल्न विदेश गएको, फर्केपछि न्यायिक प्रक्रियामा सहयोग गरेको देखिन्छ,’ सर्वोच्चले आदेशमा उल्लेख गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएकाले विदेश जान रोक लगाउने भन्ने उच्च अदालतको आदेश बदर गरिएको छ। ‘अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धामा जान पाइने भएकाले जान दिनू–दिलाउनू, प्रतिवादी नेपालका तर्फबाट खेल समाप्त भएपछि १५ दिनभित्र अदालतमा गई स्वदेश फर्केको जानकारी गराउनू,’ सर्वोच्चले भनेको छ, ‘प्रतिवादी अन्तर्राष्ट्रिय खेलाडी भएकाले मुद्दाको छिटो किनारा लगाउन काठमाडौं जिल्ला अदालतलाई लेखी पठाउनू।’ लामिछानेको मुद्दा फास्ट ट्र्याकबाट टुंगो लगाउनसमेत आदेशमा उल्लेख छ।  

उच्च अदालत पाटनबाट भएको आदेश तत्काल प्राप्त प्रमाणको मूल्यांकनको रोहमा बेरीतपूर्ण रहेको हुँदा आदेश बदर गर्न सरकारी वकिलको निवेदनमा माग थियो। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) को देहाय (ख) बमोजिम पुर्पक्षका निम्ति थुनामा राखी मुद्दाको पुर्पक्षका लागि आग्रह गरिएको थियो। गम्भीर वा जघन्य प्रकृतिका कसुरको अनुसन्धान र मुद्दाको पुर्पक्षका क्रममा तत्काल प्राप्त प्रमाणबाट अभियुक्तले कसुर गरेको देखिए हिरासत वा थुनामा राखिने कानुनी व्यवस्था छ। ‘अदालतले प्रारम्भिक रूपमा स्वीकार गरिसकेको यस्ता जघन्य कसुरमा अभियुक्तलाई धरौटी वा जमानतमा छाड्नु विधायिकी मनसायको विपरीत हुने मूल्यांकन नगरी प्रतिवादीलाई धरौटी जमानतमा छाड्नेगरी गरिएको आदेश तत्काल प्राप्त प्रमाणको रोहमा बेरीतको छ,’ सरकारी वकिलको दाबी थियो। पीडित गौशाला २६ को स्वास्थ्य जाँच प्रतिवेदनमा तिघ्राको पछाडिपट्टि खत बसेको, कन्याजाली च्यातिएको देखिएकाले पीडितमाथि करणी भएको देखिएको प्रमाण रहेको दाबी गरिएको छ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध दर्ता भएको मुद्दा अदालतमा विचाराधीन छ। काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। करिब तीन महिना लामिछाने थुनामा बसेका थिए। त्यसपछि उनले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए। उनको मागबमोजिम उच्च अदालतले ससर्त धरौटीमा छोड्न आदेश गरेको थियो।

उच्च अदालत पाटनका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो। उच्च अदालतको आदेशको एउटा बुँदा बदरसहित सदर गर्दै सर्वोच्चले गम्भीर कसुरको मुद्दामा धरौटीमा छाड्न सकिने आदेश गरेको हो।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस