जुम्ला सहित कर्णाली प्रदेशको कला र संस्कृतिको पहिचान दिने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ।
यहाँ भित्रिएको ब्याण्ड बाजाका कारण जुम्लामा दमाहा बाजा सङ्कटमा पर्दै गएको स्थानीयको भनाइ छ। विवाह, ब्रतबन्ध, न्वारन तथा विभिन्न देवी देउताको पूजा आजाका बेला अनिवार्य रुपमा बजाउनुपर्ने प्रचलन रही आएको यहाँको दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको हो।
दमाहा बाजाको छुट्टै महत्व रही आएको भए पनि यसको प्रयोगमा युवापुस्ताले चासो नदिँदा दमाहा बजाउने पेशा पनि सङ्कटमा पर्न थालेको सिंजा गाउँपालिका–५ का स्थानीयवासी युवराज बम बताउँछन्।
'बजारमा आधुनिक बाजा आएपछि युवापुस्ताले दमाहा बजाउन खासै चासो देखाएनन्' उनले भने, 'हिजो आज यो बाजाको प्रचलन नगण्य मात्रामा मात्र देखिने गरेको छ।'
जिल्लाका ग्रामीण क्षेत्रमा बढी प्रयोग हुने यो दमाहा बाजा पछिल्लो समय गाउँघरबाटसमेत क्रमिकरुपमा लोप हुने अवस्थामा पुगेको बताइएको छ। कर्णालीका नेपाली (ढोली) थरका व्यक्तिले मात्रै उक्त बाजा बजाउने चलन परापूर्वकालदेखि चल्दै आएको छ। यो बाजा निर्माण गर्ने काम लुहार तथा सजाउने काम भने सार्की थरका व्यक्तिले गर्ने परम्परा रहेको सिंजा गाउँपालिका–६ काडागाउँका जंगबहादुर नेपालीले बताए।
यस समुदायका युवापुस्ता भने यस बाजा बजाउने पेशातर्फ आकर्षित देखिएका छैनन्। जसका कारण दमाहा बाजा नै हराएर लोपोन्मुख अवस्थामा पुग्न थालेको छ। दमाहा बाजा बजाउने समुदायका युवापुस्ता भने दमाहा या पञ्चे बाजामा प्रतिष्ठा, पारिश्रमिक र भविष्य नदेखेको बताउँछन्।
स्थानीयस्तरमा पञ्चेबाजा बजाएर भविष्य नहुने कारण संस्कृतिलाई निरन्तरता दिन नसकिएको उनीहरु बताउँछन्।
दमाहा बाजा नेपाली बाजा हो। यो बाजाको पिँधतिर सानो र मुखतिर फुकेको या ठूलो हुन्छ। तामाको भाँडोलाई भैँसीको छालाले मोहोरिएको बाजालाई कर्णाली प्रदेशका सबै जिल्लामा दमाहा नामले चिनिन्छ। यसलाई गजो अर्थात् लौरोले हानेर बजाइने गरिन्छ।
यसलाई सानो खालको नगराका रूपमा पनि हेरिन्छ। यो पञ्चैबाजा समूहको ताल बाजाका रूपमा लिइन्छ। यसलाई प्रायः घाँटीमा झुण्ड्याएर बजाउने गरिन्छ। पानीले दुई दिनजति भिजाइएको दमाहा राम्रो बज्ने गरेको दमाहामा छाला लगाउने काडागाँउका परिमल सार्कीले बताए।
उनले भने, 'मरेको गोरुको छाला दुई दिन पानीमा भिजाएपछि छाला नरम हुन्छ र बनाउन सजिलो हुन्छ र आवाज पनि बढी आउँछ। यी परम्परागत मौलिक सम्पदा र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ।
पहिले दमाहा बजाए वापत अनाज अर्थात् खाद्यान्न दिने परम्परा रहेको बुढापाकाहरु बताउँछन्। 'पहिले दमाहा बजाए वापत अन्न लिने चलन थियो, अहिले ब्याण्ड बाजा भन्छन्। तालसुर केही हुँदैन तर चर्को स्वरमा बजाउँछन् र पैसा लिन्छन्।'