जुम्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयका भवन तथा पूर्वाधार अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्तिले सहजरुपमा सेवा पाउन सकेका छैनन्।
पुराना संरचना अपांगमैत्री नभएको अवस्थामा हाल बन्दै गरेका संरचना पनि त्यस्तै रहेको सरोकारवालाको गुनासो छ। जुम्ला चन्दननाथ नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाले आयोजना गरेको १ दिने अन्तरक्रिया कार्यक्रममा उनीहरुले गुनासो पोखेका हुन।अपांगमैत्री संरचना अभावमा कार्यालयबाट पाइने सेवासुविधा सहज हुन सकेको छैन,अपांग पुर्न स्थापना विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपाने भन्छन्।‘स्थानीय तह र सरोकारवाला निकायले अझै यसतर्फ ध्यान दिएका छैन ।पुरानाको त कुरै छाडौं, नयाँ बन्दै गरेका कार्यालय भवन, शौचालय लगायत भौतिक संरचना पनि पूर्ण अपांगमैत्री छैन।’
दृष्टिविहीनका लागि ब्रेललिपि र सुस्तश्रवणका लागि दोभाषेको व्यवस्था पनि नहुँदा सेवा लिने क्रममा समस्या उत्पन्न भएको अपांगता भएका व्यक्ति यज्ञराज बुढ्थापाले बताए।अपांगमैत्री संरचना निमार्ण गर्नु भनेर सम्बन्धित निकायले निर्देशन नदिइसकेको र कतिपय नीति नियम पनि कार्यान्वयन नहुँदा समस्या भएको उनको भनाइ छ । सरकारी, गैरसरकारी कार्यालय र विद्यालय भवन तथा शौचालय लगायत संरचना अपांगमैत्री हुनु आवश्यक रहेको उनीहरूले बताए।
पटकपटक सम्बन्धित निकायमा अपांगमैत्री संरचना निर्माणका लागि आग्रह गर्दा पनि खासै चासो नदिइएको बताए । कुनैकुनै भवन बनाउँदा अपांगमैत्री बनाएजस्तो देखिए पनि पूर्ण नभएको पाइयो, उनले भने,भुइँतलामा केही सहज भए पनि माथिल्ला तलामा जान भने नसकिने अवस्था छ ।अपांगता भएका व्याक्तीहरुका लागि बनेका निति नियम कानुन कागजपत्रमा मात्र सिमित भएको उनीहरुको गुनासो थियो।शिक्षाको क्षेत्र,सार्वजनिक बसमा,स्वास्थ्य क्षेत्रमा थुप्रै कानुन छन्।तर कार्यनयन हुदैनन्।अव संरचना बनाउँदा सबै कोठामा सहजरुपमा पुग्ने गरी अपांगमैत्री बनाउनुपर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष तथा अपांगता व्यक्ती नेत्रबहादुर शाहीले बताए ।
शिक्षा सवैको लागि भन्ने सरकारी अभियान छ । तर अपांगता भएका व्यक्तिलाई सहजै रुपमा विद्यालय जाने अवस्था छैन । विद्यालय भवन, शौचालय, कक्षाकोठा पनि अपांगमैत्री बनाउनुपर्नेमा उनले जोड दिए । सडक, पैदलमार्ग पनि अपांगमैत्री भए झनै राम्रो हुने उनको भनाइ छ।जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य अपांगता भएकालाई बोझको रूपमा नलिई अवसर दिनुपर्ने बताउँछन्।
यस्तो अवस्थामा अपांगता भएकाले देश र समाजका लागि ठूलो योगदान दिन सक्छन्, दिंदै आएका पनि छन । यसर्थ, सम्बन्धित निकायले अपांगमैत्री सोच र संरचनामा जोड दिनुपर्ने उनले बताए । पुराना भौतिक संरचानालाई समेत पुनर्निर्माण गरी अपांगतामैत्री बनाउनुपर्ने आवश्यकता भइसकेको अवस्थामा नयाँ भवन निर्माणका क्रममा समेत त्यसप्रति संवेदनशील नभएको पाइएको छ। आचार्यले भने ।जनप्रतिनिधि आएको लामो समयसम्म पनि परिवर्तनको महसुस गर्न नपाइएको उनीहरूको गुनासो छ । कुनै पनि कार्यालयको सम्बन्धित फाँटमा सहज रूपमा पुग्नका लागि ¥याम र लिफ्टको व्यवस्था आवश्यक भइसकेको उनीहरूको भनाइ छ ।
चन्दननाथ नगरपालिका जुम्लाकी उपप्रमुख रामदेवी खड्का सबै संरचना अपांगमैत्री बनाउनेतर्फ पहल भइरहेको बताउँछिन्।जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले क्रमिक रुपमा अपांगता भएका व्याक्तीहरुको विषयमा सरकारले माग सम्बोधन गरेको बताइन्।
विगतको तुलनामा भन्दा अहिले धेरै अधिकार दिइएको जनाइन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हाद कार्कीले प्रहरीका संरचना पनि अपांगमैत्रीपुर्ण हुनुपर्छ भन्ने संविधानमा उल्लेख गरिएको बताए। कार्यक्रममा अपांगता भएका व्याक्तीहरुका निति नियम,कानुन र सरकारले गरेको वर्गीकरण बारेमा जानकारी गराइएको थियोे।