शिक्षालाई बढवा दिन विद्यार्थीहरुलाई साइकल र सिलाई कटाई तालिम
१३ फागुन २०७९
•
३ मिनेट पाठ
शिक्षालाई बढवा दिन विद्यार्थीहरुलाई साइकल र सिलाई कटाई तालिम
बालिका र किशोरीहरुको शिक्षालाई बढवा दिन कपिलवस्तुको मायादेवी गाउँपालिकामा उनीहरुलाई साइकल र सिलाई कटाई तालिम दिइएको छ। कतार च्यारिटीको स्पोन्सरसिपमा बालिका शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ लुम्बिनी एकीकृत बिकास संस्थाले छात्रालाई साइकल र किशोरीहरुलाई ३ महिने सिलाई कटाई तालिम दिइएको हो। 




मायादेवी गाउँपालिका वडा नम्बर २ भैसकुण्डा स्थित नेपाल राष्ट्रिय माविमा अध्ययनरत १२ छात्रालाई साइकल वितरण गरिएको हो। लिडो नेपाल अध्यक्ष तथा निवर्तमान सांसद अतहर कमाल, कतार च्यारिटी नेपालका कन्ट्री डाइरेक्टर मुहम्मद वकास, कार्यक्रम व्यवस्थापक ईरशाद अली शेख, मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमान र वडा नम्बर २ का अध्यक्ष मोहम्मद हुसेन लगायतले गरिब र जेहेन्दार छात्राहरुलाई साइकल हस्तान्तरण गरेका हुन। वालिका शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ गाउँपालिका सँगको सहकार्यमा साइकल वितरण र सिलाई कटाई तालिम गरिएको लिडो नेपाल अध्यक्ष तथा निवर्तमान सांसद अतहर कमाले बताए। 

संस्थाले जिल्लामा विगत १० बर्ष यता उपलब्धिमूलक रुपमा काम गरेको उनले बताए। छात्राहरुको शैक्षिक उपलब्धि वृद्धिका लागिसाईकल वितरणले सहयोग पुर्‍याउने गाउँपालिका अध्यक्ष वलिउद्धिन मुसलमानले बताए। पालिकाले समेत गरिब र जेहनदार विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिने उनले प्रतिबद्धता व्यक्त गरे।

८ मा अध्ययनरत छात्रा इन्द्रावती पासीले साइकलले केही भए पनि सहजता भएको बताईन। छात्रालाई साइकल वितरण गरेर बालीकालाई शिक्षाका लागि प्रोत्साहित गरिएको वडा नम्बर २ का अध्यक्ष मोहम्मद हुसेनले बताए। विद्यालय केन्द्रित कार्यक्रम प्रभावकारी भएको र छात्रालाई शिक्षा लिनका लागी थप प्रोत्साहित गरेको विद्यालय व्यवस्थापन समितिका महेन्द्र धोबीले बताए। 

कतार च्यारिटीका कार्यक्रम व्यवस्थापक ईरशाद अली शेखलेबिद्यालय आवत जावतको समय बचत गराई शिक्षा आर्जनका लागि पर्याप्त समय प्रदान गर्न साइकल वितरण गरिएको बताए। कतार च्यारिटीका कन्ट्री डाइरेक्टर मुहम्मद वकासले छात्रालाई सुरक्षा र सहजताका साथ शिक्षा आर्जनमा सहयोग पुर्‍याउन साइकल वितरण गरिएको बताए। 

कपिलवस्तु जिल्लामा ५ बर्ष यता कतार च्यारिटीले शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको कार्यक्रममा स्पोन्सरसिप गर्दै आएको जनाउँदै पालिका तह सँगको समन्वयमा गरिएको कार्यक्रमले प्रभावकारीता वृद्धि भएको उनले बताए। किशोरी शिक्षलाई प्रोत्साहीत गर्न कतार च्यारिटीको स्पोन्सरसिपमा लिडो नेपालको सञ्चालनमा गाउँपालिकाको वडा नम्बर ८ बिजुवामा १० जना र वडा नम्बर ५ बलुहवामा ११ जना गरी २१ किशोरीका लागी तिन महिने सिलाई कटाई तालिमको उद्घाटन गरिएको छ। 

लिडो नेपाल र कतार च्यारिटीका प्रतिनिधि सँगै गाउँपालिका तथा सम्बन्धित वडाका जनप्रतिनिधीहरुको उद्घाटन कार्यक्रममा सहभागिता रहेको थियो। सो अवसरमा बोल्दै वडा नम्बर ८ का अध्यक्ष मुस्ताक अहमदले यस क्षेत्रलाई लक्षित गरी कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे। सिलाई कटाई तालिममा सहभागी किशोरीले सिप आर्जन गरे पछि आजआर्जनका गतिविधिमा लाग्नेमा कार्यक्रम व्यवस्थापक ईरशाद अली शेख विश्वास व्यक्त गरे।

किशोरीका लागि तोकिएको समय भन्दा बढी तालिम सञ्चालन गरिएको जनाउँदै सिप प्राप्ति पछि आत्मनिर्भर बन्न प्रेरित गरिने अध्यक्ष कमालले बताए। कार्यक्रममा लिडोका कार्यक्रम संयोजक रामनरेश चौधरी, लक्ष्मी चौरसिया लगायतले तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन संस्थाले गरेको पहल बारे जानकारी दिएका थिए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस