आफैंले पालेका कुकुरले टोकेर अस्पताल
१२ फागुन २०७९
•
३ मिनेट पाठ
आफैंले पालेका कुकुरले टोकेर अस्पताल
कुकुरले टोकेर अस्पताल पुग्नेमा ७० प्रतिशत घरपालुवाकै टोकाइमा परेको सुन्दा आश्चर्य लाग्छ। तर यो यथार्थ भएको चिकित्सक बताउँछन्।




आफ्नै घरमा पालेको कुकुरले टोेकेपछि ७५ वर्षीय पुरुष गत आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रेबिजविरुद्ध खोप लगाउन पुगे। उनको दुवै खुट्टामा कुकुरले टोकेको थियो। उनले पाँच वर्षदेखि कुकुर पाल्दै आएका थिए। कुकुरले घरका सबै सदस्यलाई चिन्थ्यो तर उनीसहित घरकै र बाहिरका गरी चारजनालाई टोकिसकेको छ। सोही दिन सोही अस्पतालमा रेबिजविरुद्धको खोप लगाउन पुगेकी काठमाडौंकी ३५ वर्षीया महिला पनि घरकै कुकुरले टोकेपछि उपचारमा पुगेकी थिइन्। कुकुरले उनको पाखुरामा टोकेको थियो।

यी दुई प्रतिनिधिमूलक घटना हुन्। यसरी रेबिजको सुई लगाउन पुग्नेमा करिब ७० प्रतिशत बिरामी घरपालुवा कुकुरकै टोकाइमा परेको पाइएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनका अनुसार उनले २०७५ सालमा कुकुरले टोकेर अस्पतालमा आएका बिरामीमा गरेको सर्वेक्षणअनुसार ७० प्रतिशतलाई घरपालुवाले नै टोकेको पाइएको थियो। घरपालुवा कुकुरले टोकेको ठानेर रेबिजविरुद्धको खोप नलिने कत्तिको मृत्युसमेत भएको डा. पुन बताउँछन्।  

काठमाडौंनजिकका जिल्लामा धेरैजसो घरपालुवा कुकुर दिनभर जंगल तथा घरबाहिर डुल्ने र राति मात्र बास बस्न घरमा आउने गर्छन्। सबैतिर राति घरमा बस्न आउने कुकुरलाई घरपालुवा कुकुर मानिन्छ। गाउँमा यस्ता कुकुर दुई/तीन दिनसम्म हराएर पुन: त्यही घरमा पुगेका हुन्छन् तर ती कहाँ कस्तो कुकुर वा अन्य जनावरको सम्पर्कमा पुगे भन्ने विषयमा घरका मान्छेलाई जानकारी हुँदैन। ‘यस्तो बेलामा कुकुर, स्याल या अन्य जंगली जनावरको सम्पर्कमा पुगेर रेबिज भाइरस सरेको हुन सक्छ,’ उनले भने। तर यस्ता कुकुरमा रेबिज भाइरस हुन सक्ने भएकाले कुकुरले टोकेका कतिपयको रेबिज लागेर मृत्यु हुने गरेको पाइएको डा. पुनले बताए। ‘सहरमा कथित घरपालुवा कुकुरको टोकाइबाट रेबिज लागेर मृत्यु भएका घटना पनि कैयौं छन्,’ उनले भने।  

तर यसरी घरकै कुकुरले टोकेका धेरै मानिसले नजिकको फार्मेसीमा पुगेर खोप लिने गरेको देखिन्छ। गाउँघरमा औषधि पसलमा रेबिजको खोप कम मात्रामा राखिन्छ। तर कुकुरले टोकेको मानिसलाई कस्तो अवस्थामा र कुन समयमा खोप लिने भन्ने विषयमा सही सूचनाको अभावमा रेबिज लागेर मृत्यु हुने गरेको छ। सहरमा घरघरमा कुकुर पाल्ने चलनको वृद्धि भएसँगै धेरै मानिस कुकुरको टोकाइमा पर्ने गरेका छन्। सहरी घरपालुवा कुकुरले घरमा काम गर्न आउने व्यक्ति, घरकै सदस्य र अरूको घरमा जाँदा टोक्ने गरेको देखिन्छ।  

कुकुरलाई खाना खाने बेलामा जिस्काउँदा, धेरै बेर साङ्ला या कोठामा बाँधेर राख्दा, कुकुरलाई मन नपर्ने अंगमा चलाउँदा, कुकुरको बच्चा कसैले मारिदिए या कुकुरलाई हिंसाजन्य व्यवहार गरे कुकुरले मान्छेलाई टोक्ने नेपाल इस्ट्रिट डग लभरकी सञ्चालक रोमी लामा बताउँछिन्। उनले लामो समयदेखि सडकका कुकुरलाई आश्रय दिँदै आएकी छन्।  

लामाका अनुसार कुकुरको स्वभाव र मनोविज्ञानको जानकारीबिना नै कुकुर पालेमा र नराम्रो व्यवहार गरेमा उनीहरूले बदलास्वरूप टोक्ने गर्छन्। ‘मोटरसाइकलले बच्चा किचेर मारेको कारण जुनसुकै मोटरसाइकल आए पनि कुकुरले लखेटेर टोक्ने गर्छन्,’ उनले भनिन्।  

त्यसैगरी कुकुर पाल्ने क्रममा घरीघरी पिट्ने, हप्काउने, हेपेर बोल्ने गरे पनि कुकुरले बदलास्वरूप मान्छेलाई टोक्छ। कुकुर असाध्यै संवेदनशील प्राणी भएकाले यसलाई गरिने गलत व्यवहार नै टोकाइको मुख्य कारण भएको लामा बताउँछिन्। उनका अनुसार खाना खाने बेलामा नजिस्काए, सधैं मिठो बोले, मायालु व्यवहार गरे, अपरिचित व्यक्ति आउँदा आफ्नै पाहुना भएको बताइदिए, थुनेर नराखे र सिक्रीमा बाँधेर नराखे कुकुरले टोक्दैन।  

कुनै पनि घरपालुवा कुकुरले टोके अनिवार्य रूपमा रेबिजविरुद्धको खोप लगाउन चिकित्सकहरू सुझाउँछन्। गाउँघरमा कथित घरपालुवा कुकुरको टोकाइमा परेर समयमै रेबिजविरुद्धको खोप नलिएकालाई रेबिज हुने गरेकाले घरमा पाले पनि बाहिर डुल्ने कुकुरले टोके अनिवार्य रूपमा रेबिजविरुद्धको खोप लिन डा. पुन सुझाव दिन्छन्। 
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस