जुम्लामा बाहिरको आयतित खाने तेलले जिल्लामा स्थानीय जातको तेल लोप हुँदै गएको छ । सडक सुविधा पुगेसँगै सुर्खेत, नेपालगन्ज लगायत ठाउँबाट खाने तेल जिल्लामा पुग्ने गर्दछ। एक दशकअघिसम्म स्थानीयले आरु, चुली, तोरी, डटेलो, फर्सी, भागो, ओखर,सुर्यमुखी लगायतको तेल उत्पादन गरी उपभोग गर्दै आइरहेका देखिन्थे।
बजारिया तेल आउन थालेपछि तेल पेल्ने कोल र काठको दुना पनि गाउँघर तिर विरलै देखिन्छन्। अहिले जुम्लाका दुर्गम गाउँघरमा समेत बाहिरको आयतित भटमास, तोरी, सूर्यमुखीलगायतको तयारी तेल प्रयोग भइरहेको छ।सिंजा गाउँपालिका- ६ की उमकली रोकायाका अनुसार दशक अघिसम्म ग्रामीण क्षेत्रमा कोलबाट तेल उत्पादन गरिन्थ्यो। आधुनिक प्रविधि र यातायातको विकाससँगै कोल लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ। तोरीबाट तेल निकाल्न अहिले ग्रामीण क्षेत्रमा समेत आधुनिक मिल जडान गरिएका छन्।
दशक अघिसम्म आफै तेल उत्पादन गरी उपभोग गर्ने गरेकोमा अहिले बाहिरको तेलमा निर्भर हुनुपरेको ९५ वर्षकी गोरी बुढाले बताइन्। 'असोज–कात्तिकमा ओखर, चुली, आरु संकलन गर्ने र खेतीपातीको काम सकेर पुस माघमा महिलाले बियाँ निकालेर काठको कोल (दुनेडी) मा तेल पेल्ने गर्थे',उनले भनिन, 'त्यसबेला माटोका घैँटोमा राखेर वर्षभरि तेल उपभोग गरिन्थ्यो, अहिले त पोकाकै तेलको भर छ' । उनका अनुसार आरु र चुलीभन्दा ओखरबाट तेल निकाल्न गाह्रो हुन्थ्यो । 'ओखरलाई भाँडोमा एक घण्टा पकाउनुपर्थ्यो', उनले भनिन्,'पानीमा पाकेको ओखरलाई फुटाएर पोला (गुदी) निकालेर बल्ल कोलमा तेल पेलिन्थ्यो।'
पहिले तेलकै लागि स्थानीयले खेतबारीमा ओखर, चुली, आरुलगायत फलफूल प्रशस्त लगाइन्थ्यो । तेल उत्पादन गर्न छाडेपछि ती फलफूलका बोट देख्न पनि गाह्रो हुन थालेको स्थानीय काले बुढाले बताए ।