ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका ६ जना अभियुक्तमध्ये ४ जनालाई प्रहरीले पक्राउ गरि जेल चलान गरेको छ भने २ अभियुक्त अझै फरार रहेका छन्।
फरार रहेका दुई जना क्षिरेश्वरनाथ नगरपालिका - २ का २५ वर्षीय रोसन यादव र मिथिला नगरपालिका-६ का ३६ वर्षीय शंकर सिंह हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु भारतमा लुकीछिपी बसिरहेको पाइएको छ।
उक्त फरार अभियुक्तलाई पक्राउ गर्न नेपाल प्रहरी भारत पुगेको थियो। तर भारतमा उनीहरूलाई भेटाउन नसकेपछि प्रहरी खाली हात जनकपुर फर्कनु परेको हो। प्रहरीले खबर पाएको ठाउँमा उनीहरु नभेटिएपछि खाली हात फर्कनु परेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले जानकारी दिए।
उनका अनुसार प्रहरीलाई फरार मध्येका एक जना लखनउमा लुकीछिपी बसिरहेको सूचना प्राप्त भएको थियो। तर प्रहरी त्यहाँ पुग्दा उनीहरू नभेटिएको एसपी खड्काले बताए।
फरार यादव सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दामा थुनामा थिए भने महतो हात हतियार तथा खर-खजना मुद्दामा पक्राउ परेका थिए। यादव माघ ४ गते र महतो १३ गते पक्राउ परेका थिए। उनीहरूसँगै हिरासतबाट ६ जना थुनुवा गत माघ १५ गते राति फरार भएका थिए।
एसपी खड्काका अनुसार उनीहरूलाई पक्राउ गर्न भारतीय प्रहरीसँग सहकार्य गरेर खोजी भइरहेको छ भने पक्राउ परिसकेका अन्य चार जनालाई पुर्पक्षको लागि सिन्धुली कारागार पठाइएको छ।
हिरासत कक्षको पर्खाल फुटाउने मुख्य योजनाकार क्षिरेशवरनाथ नगरपालिका ५ का विनोद शर्मा, मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ नगरपालिका २ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका ६ का रोशनकुमार महतोलाई पक्राउ गरी अदालतको फैसला अनुसार पुर्पक्षको लागि पठाइएको छ।
यस घटनाको अनुसन्धान गर्न मधेस प्रदेश प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक मनोज यादवको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। तर बिचमै धनुषाका प्रहरी नायब उपरीक्षक क्षेत्रीको भने सरुवा भएको छ। सो समितिले घटनाबारे अझै अनुसन्धान गरिरहेको बुझिएको छ। सबै फरार थुनुवा पक्राउ परेपछि बयान र अनुसन्धानको आधारमा प्रहरी प्रमुखलाई प्रतिवेदन बुझाउने तयारी रहेको छ।
सो घटनामा तीन जना प्रहरीलाई निलम्बन गरिएको थियो। हिरासत कक्ष अधिकृत सहायक प्रहरी निरीक्षक (असई) अशोक मण्डल, प्रहरी हवलदार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर निलम्बनमा परेका हुन्। त्यस्तै त्यहाँ कार्यरत २६ जना प्रहरीलाई पनि जिल्लामा तानिएको छ।