यस्तो बन्दैछ भेरी किनारमा नयाँ सहर
०९ फागुन २०७९
•
७ मिनेट पाठ
यस्तो बन्दैछ भेरी किनारमा नयाँ सहर
भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर बन्ने स्थल भेरी नदी र त्यस वरपरको फाँट।
सरकारले पाँच वर्ष अघि घोषणा गरेको पूर्वी सुर्खेतको भेरी नदी किनारको नयाँ सहर योजनाले गति लिन थालेको छ।




सरकारले आर्थिक वर्ष २०७३/०७४ मा मध्य पहाडी राजमार्ग क्षेत्रमा १० नयाँ सहरसहित सुर्खेतको भेरी किनारका तीन वटा नगरपालिकालाई समेटेर सरकारले भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर निर्माणको घोषणा गरेको थियो।

भेरी किनारका तीन वटा पालिकामा पर्ने नदी वारी र पारीको ४६० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नयाँ सहर बनाउने लक्ष्य सरकारको छ। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए लगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको पहलमा नयाँ सहर निर्माणको कामले गति लिन थालेको हो।

नयाँ सहरले गुर्भाकोट नगरपालिकाको मेहलकुनामा फिल्ड कार्यालय स्थापना गरेर काम सुरु गरेको छ। सोमबार सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोलीले भेरीगंगा उपत्यकाको निरीक्षक गर्नुका साथै सरोकारवालाहरूसँग नयाँ सहरका बारेमा छलफल गरेको छ।

भेरीगंगा उपत्यकाको निरीक्षण गर्दै प्रतिनिधिसभा सदस्य एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य लगायत ।
मन्त्रालयका सचिव आचार्यले भौगोलिक हिसाबले उत्कृष्ट र जोखिम कम भएकाले नयाँ सहर निर्माणलाई तीव्रता दिइने बताए।

‘हिमाली र पहाडी क्षेत्रको बसाइ–सराईलाई भेरी किनारमै रोक्नका लागि पनि यो नयाँ सहर निर्माणलाई तीव्रता दिइनुपर्छ,’ सचिव आचार्यले भने, ‘भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर विकास प्राधिकरण गठन गरेर यसलाई अगाडि बढाउने विषयमा हामी प्रक्रिया अघि बढाउँछौं।’
उनले नदी किनारमा नेपालमा आधुनिक बस्तीहरू नरहेको बताउँदै भेरी किनारको बस्तीलाई सबै हिसाबले सम्पन्न बनाउने गरेर काम अघि बढाइने बताए। 

‘नयाँ सहर शिक्षा, स्वास्थ्य, रोजगारीसँगै पर्यटकीय केन्द्र पनि हुनुपर्छ,’ सचिव आचार्यले भने, ‘यहाँ धार्मिक, संस्कृति, जल पर्यटनलगायतको सम्भावना देखिएका छन्।’ 
नयाँ सहर अन्तर्गत गुर्भाकोट नगरपालिकाको खटाङमा तीन मुखे झोलुङ्गे पुल निर्माण हुँदै छ। चालू आर्थिक वर्षदेखि निर्माण सुरु हुने पुलकोबीच भागमा भ्यूटावर बन्ने छ। खटाङ टापुबाट तीनतिरको बस्तीमा फैलिने पुलले पर्यटक तान्ने उनको विश्वास छ। यस्तै भेरीगंगा नगरपालिकाको चिप्लेमा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले १३.५ मिटर लामो ट्याम निर्माण गर्दैछ। भेरीको पानी बबई नदीमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण भइरहेको ड्याम तयार भएपछि चिप्लेदेखि खटाङ टापुसम्म समुन्द्र बन्नेछ। जल पर्यटनका लागि भेरी उपत्यका नेपालको नमुना बन्नेछ।

भेरीको टापुमा बन्ने तीन मुखे पुलको डिजाइन।
सचिवसहितको टोलीले धारा पानीको कोटबाट भेरी उपत्यकाको अवलोकन गरेको थियो। अवलोकनपछि आयोजित कार्यक्रममा उनले नदी किनारमा यति ठुलो फाँटहरू भएको क्षेत्र नेपालमा विरलै भएको बताए। स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँगको छलफलमा उनले भवन आचारसंहिता दृढताकासाथ कार्यान्वयन गर्न आग्रह गरे।

‘हामी अहिलेको गुरुयोजनालाई परिमार्जन गरेर मन्त्रिपरिषद्बाट पारित गराउने तयारीमा छौँ,’ उनले भने, ‘गुरुयोजना तयार भएपछि सोही अनुसार काम गर्नुपर्छ अहिलेलाई भवन निर्माण संहिताको पूर्ण कार्यान्वयन गरिदिनुहोला।’
सचिव आचार्यले कर्णालीको प्रवेशद्वारका साथै तीन वटा राजमार्गको संगमस्थल भएकाले भेरी किनारको नमुना बस्ती साँच्चैको नमुना बन्ने बताए। भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर कर्णाली प्रदेशको प्रवेशद्वारमै पर्छ भने नयाँ सहरलाई रत्न राजमार्ग, मदन भण्डारी राजमार्ग र छिन्चु–जाजरकोट–डोल्पा सडक खण्डले घेरेको छ।

मन्त्रालयका अनुसार नयाँ सहर बन्ने उपत्यका ४३० मिटर (होचो) देखि २१४५ मिटर (अग्लो) भूभागसम्म फैलिएको छ। यस्तै सहरी विकास र विस्तार मापदण्ड अनुसार ६० प्रतिशत भूगोल ३० डिग्रीभन्दा कम भिरालो छ। भेरीगंगा उपत्यकालाई सुर्खेतसहित जाजरकोट, सल्यान, डोल्पा, रुकुमलगायतको मुख्य केन्द्रको रूपमा विकास गरिने गुरुयोजनामा उल्लेख गरिएको छ।

नयाँ सहर निर्माणका लागि ‘कृषि, पर्यटन र व्यापारको विस्तार, भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर निर्माणको आधार’ दीर्घकालीन सोच तय गरिएको छ।

पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनमा भेरी किनारमा सहरीकरणसँगै कृषि, व्यापार, पर्यटन, उद्योग कारखानाको सम्भाव्यता औँल्याएको छ। कुन क्षेत्रमा के–के सम्भावना छन् र त्यसलाई कसरी लागू गर्ने भन्ने विषय पनि प्रतिवेदनमा उल्लेख छ।

‘बस्ती विकाससँगै सडक, हाटबजार, जंगल क्षेत्र, सिटी हल, बसपार्क, पार्कहरूका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने तयारी भइरहेको छ’, सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख अम्मर थापाले भने, ‘चाँडै सहरको डिपीआर तयार पारेर मन्त्रालयमा बुझाउँछौँ।’
नयाँ सहर भित्रै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा छ। भेरीगंगाको मदानेचौरमा विमानस्थल निर्माणका लागि ४३२ हेक्टर जमिन मन्त्रिपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई भोगाधिकारको अधिकार दिइसकेको छ। यस्तै मेहलकुनामा ५० बेडको अस्पताल निर्माण भइरहेको छ भने भेरीगंगाको खेल्ने चौरमा ५० बेडको प्रादेशिक सरुवा रोग अस्पताल निर्माण सुरु गरिएको छ।

आधुनिक सहरलाई मूर्तरूप दिनकै लागि भेडाबारीदेखि राम घाटसम्म करिब १५ किलोमिटर दूरीमा सात वटा पक्की पुल निर्माण हुँदैछन्। तीमध्ये भेडाबारी र मेहलकुनाको पुल सञ्चालनमा आइसकेको छ भने जहरेमा निर्माण भइरहेको पुल केही महिनामै सञ्चालनमा आउने छ।

रामघाट, चिप्ले र कल्याणमा पुल निर्माण कार्य भइरहेको छ। सडक विभागका अनुसार नेपालका कुनै पनि ठाउँमा यति नजिक दूरीमा पक्की पुल छैनन्। भेडाबारी र मेहलकुना पुलबीचको दूरी साढे एक किलोमिटर मात्र छ। आधुनिक सहर अन्तर्गत पर्ने छिन्चु–जाजरकोट सडक खण्डको छिन्चुदेखि सिमघाटसम्म फोर लेन सडक निर्माण सुरु गरिएको छ। एक अर्ब १३ करोड ५० लाख रुपैयाँमा निर्माण भइरहेको फोर लेन सडकसँगै भित्री सडक पनि कालोपत्रे हुँदैछन्।

कार्यालयका इन्जिनियर रामकृष्ण आचार्यले भेरी किनारमा सुरक्षित र सन्तुलित सहरको विकास सकिने, व्यवस्थित बस्ती विकासका लागि प्रशस्त जमिन रहेको, अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई आयोजना, दुई ठुला सरकारी अस्पताल, खटाङलगायतका पर्यटकीय तथा धार्मिक क्षेत्र, राजनीतिक नेतृत्वको इच्छाशक्तिलगायतका कारणले नयाँ सहर निर्माणले चाँडै गति लिने बताए। अहिलेसम्म नयाँ सहर योजना अन्तर्गत १० करोड रुपैयाँ खर्चिएको उनले जानकारी दिए। उनले आगामी आर्थिक वर्षका नयाँ सहर योजनाका लागि १० अर्ब रुपैयाँ प्रस्ताव गरिएको बताए।

‘यस अघिको प्लानिङमा नयाँ सहर योजनाका लागि झण्डै २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका थियौँ,’ उनले भने, ‘अहिले केही क्षेत्र विस्तार भएकाले लागत अनुमान बढ्न सक्छ, आगामी आर्थिक वर्षका लागि हामीले दश अर्ब रुपैयाँ प्रस्ताव गरेका छौँ।’
नयाँ सहरको छुट्टै कार्यालय स्थापना भएको छ। कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयमा फाइल पठाइएको उनले बताए।

नयाँ सहरका लागि अल्पकालीन, मध्यकालिन र दीर्घकालीन योजना बनाइएको छ। अल्पकालीन योजना पाँच वर्षमा, मध्यकालिक योजना १० देखि १५ वर्षमा र दीर्घकालीन योजना २० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहरले घोरेटादेखि घाट गाउँसम्मको भेरी नदी किनारको ११५ किलोमिटर क्षेत्रलाई समेट्छ। अल्पकालीन र मध्यकालिक योजना भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकाको ४६० वर्ग किलोमिटर क्षेत्रभित्र पर्छ।

कांग्रेस उपसभापति एवम् आधुनिक सहर निर्माण हुने क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले २० वर्षभित्र व्यवस्थित र आधुनिक सहर निर्माण गरेर भावी पुस्तालाई नासोको रूपमा सुम्पने आफ्नो चाहना रहेको बताए।

‘भेरी नदी किनारमा सुन्दर बस्ती बनाउने कल्पना पाँच–सात वर्ष अघिकै हो,’ उनले भने, ‘त्यो कल्पना र सपना अहिले आएर पूरा हुँदै गएको छ।’ 
आधुनिक बस्ती विकासका लागि तीन तहका सरकारबीच सहकार्य हुन आवश्यक रहेको उनको भनाइ छ।

‘विगतको डिपिआरलाई अहिलेको परिवर्तित आवश्यकता अनुसार परिमार्जन गर्दै तत्कालै कार्यान्वयनमा लगिनुपर्छ,’ उनले भने, ‘त्यहीँ गुरुयोजनाभित्र रहेर तीनै तहका सरकारले काम गर्नु आवश्यक छ।’ 
उनले नयाँ सहर निर्माणका लागि समय थोरै भएको बताउँदै तीव्र गतिमा काम गर्नुपर्ने बताए। उनले नयाँ सहर निर्माणका लागि स्वदेशी मात्रै होइन, बाह्य लगानीको पनि जोहो गरिने बताए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस