सिंजाको जोडु गाउँमा कोइरा पर्व मनाइँदै
०७ फागुन २०७९
•
३ मिनेट पाठ
सिंजाको जोडु गाउँमा कोइरा पर्व मनाइँदै
फागुन ७ गते देशभर जहानियाँ हुकुमी शासन अन्त्य भएको दिनको सम्झनामा प्रजातन्त्र दिवसमा मनाइँदै आएको छ। आज पनि देशभर विभिन्न कार्यक्रम गरी ७३ औँ प्रजातन्त्र दिवस मनाइँदै छ।  




तर जुम्लाको सिँजा गाउँपालिका ( ६ जोडु गाउँमा भने प्रजातन्त्र दिवसको अवसरमा कोइरापर्व धुमधामका साथ मनाइँदै छ। हरेक बर्ष यहाँ प्रजातन्त्र दिवसको दिनमा कोइरा पर्व मनाइन्छ। यो दिनमा बारीमा कोइरा र चोताको बीउ रोप्ने गरिन्छ।  

वसन्त ऋतु भित्रिने दिनको रुपमा कोइरा पर्व मनाउने गरिएको सिंजा गाउँपालिका ( ६ का वडा अध्यक्ष लालबहादुर बुढाले जानकारी दिए। उनका अनुसार यो दिन देविदेवताले प्रदान गरेको शुभसाइतको दिनका रुपमा गणना हुन्छ।  

जोडु गाउँका हरेक घरले यस दिन बारीमा कोइरा र चोतो लगाउँछन्। मिठा परिकार बनाएर एकआपसमा सुखदुख साट्ने गर्छन्। जोडु गाउँमा २ सय भन्दा बढी घरधुरी छन्। कोइरा चोता रोपेपछि हरेक बर्ष नयाँ खेतीको शुरूवात भएको मानिन्छ। योसँगै यहाँका किसानले बारीमा खनजोतको काम अघि बढाउँछन्। बाली नाली लगाउन सुभसाइतका रुपमा रहेको फागुन ७ गते हरेक किसानले बढीमा पाँच रपाँच वटा कोइरा र चोता बारीमा रोप्छन्। एकातिर कोइरा र अर्कोतिर चोता रोपिन्छ। प्रयोग नभएको सल्लाको रुखबाट झरेको पिरल९सोतर०ले लगाएको कोइरा र चोताको बीउलाई ढाकछोप गरिन्छ।  

त्यस्तै सेतो चामल र पहिलो बेसारबाट बनाइएको दहीचामलको टीका लगाएर पूजापाठ गरी ढोक्ने किंवदन्ती रहेको नरबहादुर बताउँछन्। दहीचामलको टीका बनाउन पुरानो तामाको बटुको (कचौरा) प्रयोग गरिन्छ। त्यो बटुको कुनै पनि अशुभ कार्यमा प्रयोग नगरेको हुनुपर्छ। टीका बनाउने पानी पनि अविवाहित युवतीलाई धाराबाट ल्याएर बनाउन लगाइन्छ। रोप्दा राम्रोसँग फलोस्, कसैको आँखा नलागोस् भनेर पुकार गर्ने परम्परा रहेको बुढापाकाहरु बताउँछन्। बारीको मलिलो माटोमा कोइरा र चोताको खेती गरिन्छ।

दिउँसो १ बजेदेखि साढे २ बजे सम्म कोइरा लगाइन्छ। कोइरा र चोताको रोप्ने दिनमा अलि अलि हिउँ पर्नु पर्ने जनविश्वास रहेको छ। कार्तिक र मंसिरको महिना औल गएकाहरु प्रायस्जसो आजको दिनमा फर्कने गर्छन्। यो दिनमा पुरी र जिगुराको तरकारी खाने गरिन्छ। अन्यत्र गाउँका स्थानीयहरुले पनि त्यो गाउँबाट मागेर यहीँ फागुन १२ गते कोइरा तथा चोता लगाउने गर्छन्।  

अन्य गाउँ भन्दा जोडु गाउँ कोइरा र चोताको हिसाबले प्रसिद्ध छ। यसबाट विभिन्न परिकार बन्छन्। जस्तै चाना,असुरो र रुम्ला बनाउन सकिन्छ। यसबाट बनाइएका चाना फापरको पिठोसँग मिसाएर ढेस्सु हालेर खाने चलन छ। असुरो कोइरा चोताबाट बनाइएको छ।असुरो बनाउँदा १२ दाते रिठ्ठाको र फलामबाट निर्माण गरेको जातिको माध्यमबाट बनाइन्छ। असुरो चामल उत्पादन हुने बस्ती सम्म लिएर मार्सीचामल संग साट्ने गरिन्छ। असुरो लिएर धान फल्ने क्षेत्रका मानिसहरूले रातो लोकल चामल र पिराे (खुर्सानी)दिने गर्दछन्। 

चोता-कोइराको पहेँलो जुगुरा काटेर मिटमसलासँग भुटेर पुरी संग खाने चलनचल्ती बसेको अर्को ८७ वर्षकी काली बुढा बताउँछिन।यो दिन पोइल गएकी सबै छोरीचेली माइतीघरमा आउछन्। गाउँमा मइतेलु आइन, ढेस्सु लोटाइन् भनेर ठट्टा गर्ने प्रचलन छ। कोइरा र चोता स्वास्थ्यका लागि राम्रो मानिन्छ। कोइरा र चोता कार्तिक र मंसिर महिनाको घाँस काट्ने बेला बढी प्रयोग गरिन्छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस