महाशिवरात्रीमा फेरी पनि गाँजा भाङ प्रतिबन्ध, जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी आउने
०३ फागुन २०७९
•
३ मिनेट पाठ
महाशिवरात्रीमा फेरी पनि गाँजा भाङ प्रतिबन्ध, जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी आउने
महाशिवरात्रीमा छिमेकी देश भारत पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती श्रीनिश्चलानन्द स्वामी आउने भएका छन्। पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएको हो।




उनी बिहीबार पशुपतिनाथ मन्दिर आइपुग्ने कार्यक्रम छ। यस वर्ष फागुन ५,६ र ७ गते पशुपति मन्दिरमा शंकराचार्य पूजन महोत्सव कार्यक्रम राखिएको छ। उक्त कार्यक्रममा सहभागी हुन जगतगुरु शंकाराचार्य सरस्वती श्रीनिश्चलानन्द पशुपतिनाथ आउन लागेका हुन।

उनले बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म अािशर्वचन दिने कार्यक्रम छ। पशुपति परिसरमा महाशिवरात्रीको अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम हो।

त्यस्तै उक्त अवसरमा फागुन १ गतेदेखि नै लिंग पुराणको कथा वाचनसहित विकास सन्तहरुको विशेष कार्यक्रम भइरहेको छ। कोषले महाशिवरात्री पर्वलाई व्यवस्थित बनाउन विभिन्न समितिहरु बनाएर तयारी तिब्र बनाएको छ।  

महाशिवरात्री पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षा जनशक्ति परिचालन गरी महाशिवरात्री पर्वलाई व्यवस्थित गर्ने तयारी गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।

पर्व व्यवस्थित र सुरक्षित बनाउन भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मुल शिविर रहनेछ। मुल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिने पनि खतिवडाले जानकारी दिए।

कोषले मन्दिर परिसर मांस, मदिरा तथा कुनैपनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले गाँजा, भाङँ जाँडरक्सी जस्ता पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं सेवन नगर्न आग्रह गरेको छ।

कोषले यस पटकको महासवशरात्रीमा करिव २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ। 

खतिवडाले मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसि क्यामेरा जडान गर्ने, दर्शनमार्गमा ब्यारिकेड जडान लगायतको कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनको लागि नेपाली सेनाको विशेष सहयोग हुने बताए।

कोषका अनुसार मन्दिर परिसरमा दर्शनार्थीको सुविधाका लागि नेपाल स्काउट लगायतका ४ हजार स्वयंसेवक रहने छन्। पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको मुल स्वास्थ्य शिविर रहनेछ।

यसैगरी सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिव ५० वटा स्वास्थ्य शिविर रहेनछन्। आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुनेछ।

त्यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग १, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि १, बज्रघर दक्षिणतर्फ १, राममन्दिर नजिक वागमती पारी १ गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ। त्यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहनेछ।

त्यस्तै कोषले प्लाष्टिक, काँच, सिसा जस्ता फुट्ने प्रकृतिको कप प्लेट र सामग्रीहरुको प्रयोगमा रोक लगाएको छ। दर्शन मार्गको रुपमा गुह्वेश्वरी—गौरीघाट, उमाकुण्ड—दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट—१ लाइन, मित्रपार्क— जयवागेश्वरी—इंटापाखा भएर भुवनेश्वरीस्थ्ति फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट—१ लाइन, बत्तिसपुतली—गौशाला, एयरपोर्ट—तिलगंगा भएर पिंगलास्थान—सुमार्गी भवन अघिबाट चार शिवालय— पञ्चदेवल हुँदै दक्षिण ढोकाबाठ १ प्लस १ लाइन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन लाइनहरु रहनेछन्।

तिलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एक लाइन हुनेछ भने नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था हुनेछ।  

त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनको लागिः तिलगंगा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको छ।

त्यस्तै एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा यात्रुहरुको चापलाई ध्यानमा राखि सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यक्ता अनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइनेछ। सडक छेउमा फुटपाथका कुनैपनि पसल राख्न नदिने कोषले जनाएको छ।  
अर्को समाचार
महाशिवरात्रीमा तौलेश्वरनाथ महादेव मन्दिरमा १० हजार बढीले गरे पूजा
२५ फागुन २०८०
•
२ मिनेट पाठ
महाशिवरात्रीमा तौलेश्वरनाथ महादेव मन्दिरमा १० हजार बढीले गरे पूजा
तालेश्वर महादेव मन्दिरस्थित शिवलिंगमा पूजाआजापछि दीप प्रज्ज्वलन गर्दै। तस्बिर : नागरिक
महाशिवरात्रीका अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेवसहित जिल्लाका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ। नेपालकै ठुलो शिवलिंग दाबी गरिएको मन्दिरमा १० हजार बढी भक्तजनले पूजापाठ गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।




छिमेकी जिल्ला, रुपन्देही, अर्घाखाँची र अन्य जिल्ला भारतबाट भक्तजन आएका थिए। शुक्रबार  रातिदेखि नै मन्दिरमा भक्तजनको भीड लागेको थियो।

मन्दिरमा आएका साधु, सन्त, भक्तजनलाई सहज दर्शका लागि मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताले बताए। मन्दिरमा महिला र पुरुषका लागि छुट्टै लाइनको व्यवस्था गरिएको थियो।

पुरुषलाई पूर्वी द्वार र महिलालाई पश्चिमी द्वारबाट मन्दिरमा प्रवेश गराइएको थियो। मन्दिरदेखि मुख्य बाटोसम्म लामो लाइन लागेको थियो। पश्चिम द्वारदेखि बहादुरगञ्ज जाने चोकसम्म महिला भक्तजनको लाइन थियो। सहज ढंगबाट दर्शन तथा सुरक्षित पुजापाठका लागि मन्दिरपरिसरमा प्रहरी परिचालन गरिएको थियो।

भगवान् गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्कंदा उनका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गराएको किंवदन्ती छ। मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ।

१८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रसमेत बनेको छ। भक्तजनको सुरक्षालाई मध्यनजर गरी मन्दिरपरिसरमा सिसी क्यामेरासमेत जडान गरिएको समितिले जनाएको छ ।

आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्थापन गरिएको समितिले जनएको छ ।

यस्तै शिवराज नगरपालिका– ९  शिवगढी धानखोला र रमुवा दहमा रहेको शिवमन्दिरमा समेत भक्तजनको घुइँचो लागेको छ। जिल्लाकै सबैभन्दा उचाइमा रहेको मन्दिरमा समेत ठुलो संख्यामा भक्तजनले पूजापाठ गरेका थिए।

यस्तै शिवरात्रीका अवसरमा बाणगंगा नगरपालिकाको हथौसामा एकहप्ते मेला सुरु भएको छ। यस्तै रमुवा दह धानखोलामा समेत मेला लागेको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस