महाशिवरात्रीमा भड्किलो पहिरनमा पशुपतिनाथ नआउन महिलाहरुलाई कोषको आग्रह
०३ फागुन २०७९
•
१ मिनेट पाठ
महाशिवरात्रीमा भड्किलो पहिरनमा पशुपतिनाथ नआउन महिलाहरुलाई कोषको आग्रह
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले महाशिवरात्री मनाउन आउँदा भड्किलो लुगा लगाएर पशुपति मन्दिर नआउन महिलाहरुलाई आग्रह गरेका छन्। कोषले यही फागुन ६ गतेको महाशिवरात्री पर्वका लागि पशुपति मन्दिर परिसरमा विभिन्न तयारीहरु गरेको छ।




‘महिलाहरु भड्किलो लुगा लगाएर नआइदिनु होला। सभ्य लुगा लगाएर आउनुहोला’, उनले कोषले बुधबार महाशिवरात्री पर्वका बिषयमा गरेको पत्रकार सम्मेलनमा भने, ‘भड्किलो लुगा लगाएर आउनेलाई स्वंयसेवकले लाइनबाट बाहिर निकालदिनेछन्।’

अधिकारीले भड्किलो र असभ्य खुला लुगा लगाएर आउनेहरुलाई स्वंयसेवक र प्रहरीले मन्दिर परिसर र लाइनबाट बाहिर निकाल्ने गरी स्वंयसेवक र प्रहरीहरुलाई अभिमुखीकरण तालिम दिइसकेको जानकारी दिए।

‘विगतमा भड्किला पहिरनले गर्दा महिलाहरुमा सुरक्षा समेत चूनौती थपिएको थियो। धार्मिक आस्था नै खलबलिने खालका गतिविधिहरुबाट पाठ सिकेर अहिले परिहनलाई सभ्य बनाउने प्रयास गर्न लागेका हौं’, प्रवक्ता अधिकारीले भने।

कोषले फागून ६ गते महाशिवरात्री पर्वको तयारीबारे जानकारी दिदै यस्तो व्यवस्था गरिएको जानकारी दिएको हो।
अर्को समाचार
पशुपति क्षेत्र सफाइ अभियानमा उत्साहजनक उपस्थिति
०९ वैशाख २०८०
•
१ मिनेट पाठ
पशुपति क्षेत्र सफाइ अभियानमा उत्साहजनक उपस्थिति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुरु गरेको तीनमहिने पशुपति क्षेत्र सरसफाइ अभियानमा उत्साहजनक उपस्थिति देखिएको छ।




प्रत्येक शनिबार बिहानको समयमा गरिने सरसफाइ अभियान गत फागुन २८ गतेदेखि सुरु गरिएको थियो। पशुपति क्षेत्र सरसफाइ अभियानका क्रममा आज पाँच सयभन्दा धेरै आभियन्ताको उपस्थिति भएको अभियानका सदस्यसचिव डा सुरेश सुरस श्रेष्ठले बताए। सफाइ अभियानमा पर्यटनमन्त्री सुदन किराती र पर्यटनराज्यमन्त्री सुशीला सिर्पाली ठकुरी हरेक शनिबार पशुपति सफाइकार्यमा सहभागी हुँदै आएका छन्।

शनिबार बिहान ८ बजेदेखि १० बजेसम्मको समयलाई पशुपति क्षेत्र सरसफाइ अभियानको समय बनाइएको छ। पर्यटनमन्त्री किरातीको अध्यक्षतामा पशुपति क्षेत्र सरसफाइ अभियान बनाइएको हो। अभियानमा मन्त्रालयअन्तर्गतका सबै विभागका प्रमुख, मन्त्रालयका शाखा, महाशाखाका सहसचिव, स्थानीय सामाजिक सङ्घसंस्थाका सदस्य एवं प्रतिनिधि छन्।

पशुपति क्षेत्र सरसफाइ अभियानका क्रममा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण समिति सदस्य, कर्मचारी, नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, पुरातत्व विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पशुपति विकास क्षेत्रको सेरोफेरोमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थालगायत गरी प्रत्येक शनिबार सयौँ अभियन्ताको उपस्थिति रहने गरेको डा श्रेष्ठले बताए।

पशुपति विकास कोषका सदस्यसचिव डा मिलन थापाका अनुसार पशुपति क्षेत्र सरसफाइ अभियानको आज सातौँ हप्तासम्म पशुपतिको मृगस्थली, गुहेश्वरी, गौरीघाट, समाधिघाट, कैलाशपर्वत हुँदै घाटपारिको राम मन्दिर क्षेत्रमा सरसफाइ गरिएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस