राजकुमारीको सानो दरबारमा 'छैन खाने अन्न'
०२ फागुन २०७९
•
३ मिनेट पाठ
राजकुमारीको सानो दरबारमा 'छैन खाने अन्न'
बेनी नगरपालिका–७,मंगलाघाट नजिकै रहेको बंगुर फार्मभित्र साँगुरो कोठामा बस्ने राजकुमारी र उनकी छोरी पुष्पा। तस्बिर: हरिकृष्ण गौतम।
मंगलघाट बजार नजिकै रहेको एउटा बंगुर फार्म भित्र चारैतिर चर्किएको साँगुरो कोठा छ।




केही थान जस्तापाताले भत्किएको भाग छोपिएको छ। रित्तो ग्याँसको सिलिण्डर, सानो चुल्हो र भाँच्चिन लागेको एउटा सुत्ने खाट छ। नजिकै रहेको म्याग्दी खोलाबाट चलेको सिरेटोले मुटु नै कमाउने गरी हावा कोठाभित्र छिर्छ। कोठासँगै जोडिएको एउटा बंगुरको खोर छ। 

बर्खाको समयमा टिनको छानोले पानी ओत्दैन। टिनको केहिभागमा साना साना प्वालहरु परेका छन्। झट्ट सुन्दा र प्रत्यक्ष गएर हेर्दा यो सुत्ने कोठा जस्तो नै लाग्दैन। तर बेनी नगरपालिका–७,मंगलाघाटमा बस्ने ४५ वर्षीय राजकुमारी राई छोरीसँग त्यही चर्किएको र साँघुरो कोठामा दैनिकी बिताउने गछिन्।

विगत चार वर्ष भन्दा लामो समयदेखि यही छाप्रोमा राजकुमारी र उनकी छोरी पुष्पा राई बस्दै आएकी छिन्। ६ बर्ष पहिले श्रीमानले अर्को विवाह गरी चरम यातना दिएपछि उनी खोटाङ  छाडेर म्याग्दी आएकी हुन्। त्यहीँ रहेको एक छाप्रोमा अहिले उनी बस्दै आएकी छिन्।

उनले काम गर्दै आएको बुंगुर फार्मको बुंगुरलाई ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण भएपछि उनले तलब पाएकी छैनन्। बुंगुर साहुले खाने बस्ने र छोरीको शिक्षादीक्षाका लागि मासिक ५ हजार तलब दिने सहमति भएपनि भने जस्तो तलब र सेवा सुविधा नपाएकाे उनकाे गुनासाे छ। अहिले सबै बंगुर मरेपछि साहु फोन समेत नलाग्ने गरी सम्पर्कविहीन भएको राजकुमारीले बताउँछिन्।

‘पेटभरि खाने अन्न छैन, ‘मागेर खानुपर्ने बाध्यतालाई लुकाउन कैयौँ रात भोकै सुत्नु परेको छ। ‘चिसो भुईमै रात काट्ने गरेको छु। बिहान–बेलुकी हातमुख जोड्न समेत ठुलै युद्ध जिते जस्तै भएको छ’ राजकुमारीले भनिन्। 

छोरीलाई मागेजती खान दिन नसकेपछि रातभरि निन्द्रा समेत नलाग्ने उनी बताउँछिन्। उनले पछिल्लो समय धेरै रात एक छाक खाएर भोकै सुत्ने गरेको सुनाइन्। 

सुत्ने र खाना पकाउने कोठामा पुगेपछि राजुकमारीले आँखाभरि आँसु निकाल्दै भनिन्, ‘जीवितै भएपनि नर्कमा छु जस्तै लाग्छ,‘तपाईँले यहाँ क्यामेराले के खिच्नुहुन्छ? न आफुले कमाएको पैसा राख्ने ठाँउनै छ। कमाएका दुई चार हजार समेत चोरी हुन्छ। के नै छ र मेरो तपाइको क्यामराले खिच्ने।’

उनले केहीदिन अघि आएका चोरले पैसा लगेपछि खाना पकाउने चामल समेत किन्न नसक्दा भोकै रात काट्नुपर्ने बाध्यता रहेको सुनाइन्।

उनले छोरीलाई राम्रो शिक्षादीक्षा दिएर श्रीमानलाई देखाउने सपना बुनेको छिन्। राजकुमारीले छोरीलाई उच्च शिक्षासम्मको पढाइका लागि सहयोगको याचना समेत गरिन्।

पुष्पाको डाक्टर बन्ने चाहना

चरम गरिबीसँग जुधेर भएपनि पढाइमा अब्बल छिन् १५ वर्षीय पुष्पा राई। बेनी नगरपालिका–२,बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत राई गएको आन्तरिक परीक्षामा प्रथम भइन्। उनी विद्यालयका उत्कृष्ट विद्यार्थीमध्ये एक हुन्। उनले आमाले काम गर्ने बंगुर फार्मभित्र बसेर आमाको काममा समेत सहयोग गदैं आएकी छिन्। 

जेहनदार,अध्ययनशील र अनुशासित पुष्पा बस्ने ठाउँमा पढ्ने उचित वातावरण नै छैन।

‘बुबालाई देखेको पनि छैन, ‘मलाई छोरी भनेर कहिल्यै फोन आउँदैनन्, पढाइमा मेहनत गरेको छु, ‘ठुलो भएपछि डाक्टर बन्ने हो’ पुष्पाले मुस्कुराउँदै भनिन्। 
किताब लिएर केही पढ्दै गरेकी पुष्पाले डाक्टरले बिरामीको उपचार गरेको देखेको बताउँछिन्। उनले आमासँग पैसा नभएपछि विद्यालयबाट स्टेशनरी, पोसाक सहयोग मिलेको बताइन्। यता विद्यालयकी शिक्षिका घनदेवी घर्ती मगरले पुष्पालाई शिक्षकहरुले पढाइको लागि चाहिने सरसामान सहयोग गर्ने गरेको बताइन्। 

‘पढ्ने वातावरण पाएपछि पढाइ अझै राम्रो हुन्छ,‘पढाइमा मात्रै ध्यान छ,अतिरिक्त कक्षा सहित उपयुक्त रेखदेख भएमा उनको सपना पूरा हुन्छ’ शिक्षक घर्तीमगरले भनिन्।
उनले विद्यालयमा आयोजना गरिने अतिरिक्त क्रियाकलापमा समेत ठुलै स्वरमा भविष्यमा डाक्टर बन्ने सपना रहेको बताउने गरेको बताउँछिन्। 

‘पुष्पाको डाक्टर बन्ने सपना पुरा गर्न सबैको साथ र सहयोग आवश्यक छ, ‘बंगुर फार्ममा बसेर पढाइलाई निरन्तरता दिन समस्या देखेको छु, खुल्ला ठाउँ भएकालाई उनी असुरक्षित हुन सक्छिन्’ उनले भनिन्। 
पढाइ खर्च र केही आर्थिक सहयोग भएमा विद्यालय नजिकै कोठा खोजेर पठनपाठनमा सहज बनाउने योजना रहेको शिक्षक घर्तीमगरको भनाई छ। 
अर्को समाचार
बाँझो जमिनमा नर्सरी
२३ जेष्ठ २०७८
•
२ मिनेट पाठ
बाँझो जमिनमा नर्सरी
बेनी नगरपालिका–७ कुरिलाखर्कमा दुई महिलाले बाँझो जमिनमा नर्सरी स्थापना गरेका छन्। मालिका गाउँपालिका–६ दरवाङकी सिता गुरुङ र रघुगंगा गाउँपालिका–६ पाखापानीकी तेजकुमारी पुनले बाँझो जमिनलाई हराभरा बनाएका हुन्।  




वार्षिक एक लाख पचास हजार रुपैयाँ भाडा तिरेर नौ रोपनी बाँझो जग्गा भाडामा लिएर उनीहरुले नर्सरी स्थापना गरेका हुन्। पाखो जग्गालाई स्काभेटरले  सम्माइ खनजोत गरी नर्सरी बनाएका हुन्। गत हिउँददेखि शुरुआत भएको रुबिना एण्ड दीक्षा नर्सरीमा अहिले बर्खा यामका लागि फलफुलका बिरुवा उत्पादन भएका छन्। खाली र बाँझो पाखोमा नर्सरी स्थापना भएपछि हराभरा र हरियाली बनेको छ।  

नर्सरी बनाउन लागि  २२ लाख रुपैयाँ लगानी भएको सञ्चालक गुरुङले बताए। “बीउ, सामग्री खरिद, घेराबार, टनेल लगायतका संरचना निर्माण गरेका छौ,” उनले भने “४५ हजार टिम्मुर, दुई हजार १०० सुन कागति, छ हजार दाँते ओखरका विरुवा उत्पादन भएको छ।”  

सेमि हाइटेक प्रबिधीको प्लाष्टिक घरमा विभिन्न प्रजातिका फुलका विरुवा तयार पारिएको छ। बर्षात हुन थालेपछि उत्पादित बिरुवा बिक्री सुरु गरेको नर्सरीकी अर्की सञ्चालक  पुनले बताए। जिल्ला दररेट अनुसार टिम्मुरको विरुवा प्रतिगोटा ५७ र दाँते ओखरका विरुवाको प्रतिगोटा ११५ रुपैयाँ मूल्य निर्धारण भएको छ। उनीहरु सामुदायिक वन उपभोक्ता महासंघका अभियन्तका रुपमा जिल्लामा परिचित छन्। वन र वातावरण क्षेत्रमा काम गरेको अनुभवलाई व्यवसायमा रुपान्तरण गरेको उनीहरुले बताए।  

नर्सरीलाई कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा साना ब्यवसायिक कृषि फर्म स्थापना तथा बिस्तार कार्यक्रम अन्तरगत एक लाख १५ हजार रुपैया अनुदान उपलब्ध गराएको थियो। दुई सेमि हाइटेक प्रबिधीको पलास्टिक घर बनाएका छन्। गत हिउँद याममा प्याजका बिरुवा उत्पादन गरेका थिए।  

म्याग्दी र आसपासका क्षेत्रका कृषकलाई आवश्यक पर्ने तरकारी, फलफूल तथा बनस्पतिका बिरुवा आपुर्ति गर्ने उद्देश्यले नर्सरी सञ्चालन गरेको उनीहरुले बताए।। पछिल्लो समय यहाँका कृषक नर्सरी ब्यवसायतर्फ आकर्षित भएका छन्।रासस 
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस