१५ हजारभन्दा बढी व्यक्तिको ज्यान लिने गरी सोमबार टर्कीमा गएको भूकम्पपछिका कारुणिक कथा र तस्बिर संसारभरका करोडौं मानिसले आफ्नै कोठामा बसेर नियालिरहेका छन्।२०७२ सालको महाभूकम्पमा भग्नावशेषबाट २२ घण्टापछि उद्धार गरिएका नेपालका ‘मिराकल ब्वाय’ सोनिस अवाल पनि ‘करोडौं’बाट बाहिर छैनन्। ‘सोनिसले फेसबुकमार्फत बुबाको मोबाइलमा आइरहने भूकम्पका तस्बिर र भिडियो हेर्ने गरेका छन्,’ सोनिसकी आमा रश्मी अवालले थपिन्, ‘सालनालसहितै उद्धार गरिएकी शिशुको तस्बिर उसले निकै चाख मानेर नियाल्यो ।’ भूकम्पमा घर भत्किएर पुरिएकी ती नवजात शिशुको मंगलबार उद्धार भएको हो।सिरियाको उत्तरी सहर जिन्देरिसमा भत्किएको एउटा घरको भग्नावशेषबाट शिशुको उद्धार गरिएको थियो।
शिशुलाई जन्म दिएलगत्तै उनकी आमाको भूकम्पमा परी मृत्यु भएको अनुमान छ।ती शिशुकी आमासँगै बुबा र चार दाइदिदी पनि भूकम्पमा बितेका छन्।पत्रपत्रिका खासै नपढ्ने रश्मीले फेसबुकमार्फत टर्की भूकम्पका भिडियो र तस्बिर देखेको सुनाइन्।‘टर्की भूकम्पका तस्बिरले मेरोे मन भित्रैबाट हल्लिएको छ,’ सोनिसकी आमा रश्मीले भनिन्, ‘किनकि त्यस्तै घटनाका भुक्तभोगी हामी स्वयं पनि हौं ।’
टर्की भूकम्प धेरैका लागि डर, आश्चर्य र कौतूहलको विषय बने पनि रश्मीका लागि भने ‘खाटा बसिसकेको घाउ उक्काउने’ कारण बन्यो।अर्थात् यो भूकम्प अनि पुरिएको अवस्थाबाट उद्धार गरिएका शिशुको दृश्यले उनलाई पुनः २०७२ वैशाख १२ गतेको त्यो घटनातिरै फर्काइदियो, जतिबेला उनको पाँच महिने छोरा भूकम्पले भत्काएको घरले पुरिएका थिए ।
भक्तपुरस्थित मूलढोकाकी रस्मिला अवाल पाँच महिने सोनिस र १० वर्षीया छोरी सोनियालाई घरमै छाडेर बाहिर निस्केकी थिइन्।अचानक भूकम्प आयो।
रस्मिला आत्तिँदै घरमा पुग्न अघि बढेकी थिइन् तर उनी पुग्नुअघि नै घर भग्नावशेषमा परिणत भइसकेको थियो।उनका दुईसहित जेठानीका दुई सन्तान पनि त्यहीँ पुरिएका थिए।उनले हारगुहार गरिन्।करिब दुई घन्टाको प्रयासपछि छोरी सोनियालाई सुरक्षित निकालियो ।
जेठानीका १७ र १५ वर्षका दुवै छोरी मृत भेटिए।त्यतिबेलासम्म पाँच महिने सोनिसको अत्तोपत्तो थिएन।त्यही क्रममा उद्धारका लागि आएको नेपाली सेनाको टुकडीसँग उनले सहयोगको भिख मागिन्।
सेनाले राति ११ बजेसम्म अथक प्रयास गर्यो तर सोनिस भेटिएनन्।रस्मिला भने रातभर भग्नावशेष कुरेरै बसिरहिन्।धन्य भगवान्, २२ घन्टाको अनवरत प्रयासपछि दुनियाँमा एउटा चमत्कार भयो– बिहान १० बजे सोनिस भेटिए, त्यो पनि सकुशल।‘त्यसपछि जब मैले छोरालाई अंगालोमा बेर्न पाएँ, त्यो नै मेरो जीवनको सबै भन्दा बढी खुसीको क्षण थियो,’ उनले हर्षको आँसु पुछ्दै थपिन्, ‘मैले त्यसपछिका कैयौं रात सोनिसलाई हेररै बिताएँ ।’
यतिबेला उनी टर्कीकी ती बालिकामा आफ्नै छोराको अनुहार देखिरहेकी छन्।त्यो दृश्यले निकै दुःख लागेको उनको भनाइले पुष्टि गर्छ कि मातृ वात्सल्य कति महान् छ भन्ने।‘सोनिसको त उद्धारपछि हामी थियौं, त्यसैले अँगालोमा च्यापेर राख्यौं,’ उनले भनिन्।तर उनको मातृ वात्सल्यले अर्को चिन्ता पनि प्रकट गरेको छ, किनकि भूकम्पका कारण ती शिशुले आमाबुबा नै गुमाएको खबरले उनको मन छियाछिया भएको छ ।
जन्मँदै आमा गुमाएकी ती नानीको अनुहार मात्रै पनि उनलाई आँसु झारिदिन काफी छ।किनकि ‘आत्तिएका सन्तानलाई आमाको अँगालो कति प्यारो हुन्छ भन्ने कुरा मेरो छातीले जति अरू कसले बुझेको छ र ?’ एउटी महान् आमाको भगवान्सँग प्रार्थना पनि छ, ती शिशुलाई पनि कुनै आमाले अँगालिदिए हुन्थ्यो।
दिदीभाइको कथा
टर्की भूकम्पका दिदीभाइको कथा ‘भाइरल’ बनेको छ।उत्तर सिरियामा भूकम्पले भत्किएको घरको भग्नावशेषमा पुरिएका दुई बालबालिकालाई ३६ घण्टापछि उद्धार गरिएको भिडियोले यतिखेर संसारभरिका मानिसको ध्यान खिचेको छ।दिदी मारियमले भाइको टाउकामाथि आफ्नो पाखुरा राखेर उनलाई भग्नावशेषबाट जोगाएको भिडियो सार्वजनिक भएसँगै सोनिस अवालकी दिदी सोनियाको मन पनि झस्केको छ।नझस्कियोस् पनि किन ? आखिर उनको कथा पनि त यस्तै छ।
त्यतिबेला सोनिस पाँच महिनाका थिए भने उनी नौ वर्षकी थिइन्।भाइ हेर्न घरको माथिल्लो तलामा बसेका बेला अचानक भूकम्प आएको थियो।‘पहिला त म कुदेर बाहिर निस्केकी थिएँ,’ उनले भनिन्, ‘भाइको याद आएर फेरि माथिल्लो तलामा उक्लिएँ ।’ भाइलाई काखमा लिएलगत्तै तला भत्केर आफू उल्टो परेको र भाइ हातबाट फुत्केको घटना उनले जिब्रो निकाल्दै सुनाइन्।‘म आफू उल्टो परेर झुन्डिरहँदा पनि भाइको पिरले सताएको थियो,’ उनले थपिन्, ‘दुई घन्टापछि मेरो उद्धार हुँदा पनि भाइ नभेटिएकाले खुसी हुन सकिनँ।
घरको भग्नावशेषमा मुस्किलले हलचल गर्न मिल्ने स्थिति रहे पनि भाइ इलाफको अनुहार र टाउको जोगाउन आफ्नो हात चलाउन सक्ने स्थितिमा नरहेकी दिदी म्यारियमको तस्बिर हेर्दा आफूले भोगेको क्षण सम्झनामा आएको उनले सुनाइन्।‘मैले त छुटेको भाइको आवाज पनि सुन्न पाइनँ,’ उनी भन्छिन्, ‘अँध्यारोभन्दा पनि त्यो क्षण निकै डरलाग्दो थियो ।’
त्यतिबेला आफूले भोगेको पीडाभन्दा पनि भाइ नभेटिएको पीडाले बढी सतायो रे उनलाई।‘अहिले भाइ मेरो प्यारो साथी भएको छ,’ दिदी र भाइको अनुपम प्रेमको उदाहरण बनेका उनीहरूमध्ये दिदीको भनाइ छ, ‘अब उसलाई कहिल्यै छाड्नेछैन ।’ आमामा जस्तै चिन्तन र चिन्ता छ छोरीमा पनि।त्यसैले त भन्छिन्, ‘मारियम र उनको भाइ पनि जीवनभर नछुट्टिने प्रण गरे कति जाती हुन्थ्यो, मैले जस्तै ।’
आशाका किरण
भूकम्पमा मर्नेको संख्याभन्दा पनि उद्धार भएकाको संख्याले मानिसलाई सन्तोष दिँदोरहेछ।‘२०७२ सालको भूकम्पमा पनि ९ हजारभन्दा बढी मानिस गुमाएर शोकको अँध्यारोमा पाँचमहिने बालक सोनिस आशाको दियो बनेर चम्किएका थिए,’ सोनिसका छिमेकी अर्थात् मूलढोकाका कृष्ण मानन्धरको ‘अहिले टर्की भूकम्पमा उद्धार गरिएका बालबालिकाको तस्बिरले पनि त्यही आशा जगाएको छ’ भन्ने भनाइले प्रस्ट पार्छ, दुर्घटना क्षतिको चिन्ता गर्ने त्रास मात्र होइन, आशाको सञ्चार गर्ने अवसर पनि हो।
टर्कीमा राहत र उद्धार कार्यमा सरकारले ढिलासुस्ती गरेको भनेर आलोचना बढिरहेको छ।दुःखका बेला सरकारप्रति हुने व्यापक अपेक्षाका कारण यस्ता आलोचना अस्वाभाविक पनि होइन।भक्तपुरकी रश्मी पनि यिनै ‘आम’भन्दा पृथक् छैनन्।त्यसैले उनको पनि चाहना छि कि मर्ने त मरिगए, उद्धार चाँडो भए बाँचेकाहरू मर्ने सम्भावना कम हुन्थ्यो।‘के थाहा, थुप्रै सोनिस र सोनियाहरू भग्नावशेषको दुलाबाट सहयोगको याचना गरिरहेका पो छन् कि ?’ वास्तविक भोगाइकर्ताका हिसाबले उनले यस्तो सोच्नुलाई अन्यथा लिने कुरै भएन।