राष्ट्रिय स्तरका कलाकारले बयान गरे सन्धिखर्क–गोरुसिंगे सडकको दुर्दशा
२६ माघ २०७९
•
३ मिनेट पाठ
राष्ट्रिय स्तरका कलाकारले बयान गरे सन्धिखर्क–गोरुसिंगे सडकको दुर्दशा
माघ १८ गते ‘पाँचौ अर्घाखाँची महोत्सव’ मा प्रस्तुती दिने पालो थियो बहुचर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीको। उनी स्टेजमा उक्लिन नभ्याउँदै सन्धिखर्क–गोरुसिंगे सडकको चित्रण गर्न थाले। सडकको दुर्दशाको चर्चा गर्दै उनले अर्घाखाँचीबाट सांसद जितेका टोप बहादुर रायमाझीलाई सम्झिए।




उनले अर्घाखाँची आउँदा निकै कष्टकर यात्रा गर्नुपरेको बताउँदै सन्धिखर्क–गोरुसिंङ्गे सडकको अवस्था बयान गरे। बर्षौंदेखी आफूले यो सडक हुँदै हिँडेको तर सडकको हालत सधैँ उस्तै रहेको बताए। डरलाग्दो र कष्टकर यात्रा गर्न बाध्य भएको उनले सुनाए।

उनले भने,‘यहाँका सांसद टोप बहादुर रायमाझी यहाँ भईदिएको भए मलाई सोध्न मन थियो। सन्धिखर्क–गोरुसिंङ्गे हुँदै सुपादेउराली मन्दिर, सन्धिखर्क आउने सडक कहिले बन्ने हो? दसौं बर्ष भयो सडक उस्तै धराप देख्छु। निकै डर लाग्दो र कष्टकर यात्रा गर्न बाध्य कहिले सम्म हुने हो।’

माघ २० गते अर्घाखाँचीकै चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछानेले पनि जिल्ला आउने मुख्य सडकको अवस्था बारे बोलिन्। साँघुरो सडक र डरलाग्दो घुम्तीहरु छिचोलेर डरलाग्दो यात्रा गर्न बाध्य भएको उनले सुनाइन्।

कसैको नाम नलिए पनि उनले जनप्रतिनिधीप्रति इंकित गर्दै सडक बनाउनुपर्ने आवाज उठाइन्। ‘फ्लाईटले नै ढिला गर्‍यो, भैरहवाबाट १२० को स्पिडमा आयौं’, उनले भनिन्, ‘हाम्रो सडक यती बिग्रेको छ कि, कती बेला के हुने हो थाहा छैन।’

माघ २२ गते महोत्सवमा प्रस्तुती दिन आएका लोक तथा दोहोरी गायक पशुपती शर्माले सांसद टोप बहादुर रायमाझी कै अगाडि दुखेसो पोखे। अन्य जिल्लामा सडकको अवस्था राम्रो भएपनि अर्घाखाँचीको मुख्य सडक सुध्रन नसकेको भन्दै उनले ध्यानाकर्षण गराए।

संयोगले प्रतिनिधीसभा सदस्य टोप बहादुर रायमाझी गृह जिल्ला अर्घाखाँची मै थिए। महोत्सव अवलोकन गर्ने क्रममा रायमाझी स्टेजमै बसिरहेका बेला शर्माले सडकको अवस्थासँगै ‘लुट्न सके लुट’ भन्ने गीतले व्यङ्ग्य गर्न भ्याए।

उनले भने, ‘म धेरै जिल्ला घुमें, अन्य जिल्लामा सडक सुध्रेको पाएँ। सिंगल बाटो रैछ, डबल पनि छैन। घुम्तीहरुमा सारै डरलाग्दो छ। माननिय ज्यु यहीँ हुनुहुन्छ, म सुपादेउरालीलाई सम्झेर भन्छु, बाटो लाई स्तरोन्नती गर्नुहोला।’

अर्घाखाँची महोत्सवमा आएका अन्य कलाकारले समेत सडकको जिर्ण अवस्थाबारे बोलेका छन्। कुलेन्द्र विश्वकर्मा, रामजी खाँड, ज्योति मगर लगायतका कलाकारले समेत बाटो स्तरीय नभएको आवाज उठाए। यसरी राष्ट्रिय कलाकारहरुले नै सडकको अवस्था बोल्नुपर्दा जिल्लाको नाजुक विकासको गतिलाई चित्रण गर्छ।  

जिल्लाको मुख्य र सर्वाधिक प्रयोग हुने सडकको दुर्दशामा बहुचर्चित कलाकारहरुले बोल्न र कोट्याउनु पर्दा यसले जिल्लामा बहसको विषय बनाएको छ। अर्घाखाँची अझै विकासमा पछाडि छ, यहाँका संरचनाहरु जिर्ण छन् र जिल्ला भित्रने मुख्य सडक नै धरापमा छन् भन्ने सन्देश जाँदा जिल्लाको ‘ईज्जत’ माथी नै प्रश्न चिह्न खडा भएको छ।

सन्धिखर्क आउने मुख्य सडक नाजुक बन्दा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन्। कैयौं वर्षदेखी सडकको अवस्थामा सुधार आउन सकेको छैन। नरपानीदेखी सन्धिखर्क सम्मको केही क्षेत्र कटान गरेर स्तरोन्नती गरिएपनि बर्खायाममा झन् सास्ती भएको यात्रुहरुको गुनासो छ। ‘अर्घाखाँची आउने सडक लथालिंग छ, सन्धिखर्क निवासी रामप्रसाद घिमिरेले भने,‘केही क्षेत्र बनाउन खोजिएको छ तर किस्ताबन्दीमा काम गर्दा बर्खामा झन् सास्ती भएको छ।’

अर्घाखाँचीको ‘ईज्जत’ धान्ने सन्धिखर्क–गोरुसिंगे सडक २०३७ सालमा मानिसले आफैं खनेर बनाएको सडक हो। ६८ किलोमिटर लामो सडकमा दोहोरो आवतजावत मुस्किलले हुने गर्छ। ढुण्डीराज शास्त्री पर्यटनमन्त्री भएको बेला बनेको यो सडक फराकिलो बनाउन ४२ वर्षसम्म कुनै ठोस योजना बन्न सकेको छैन।  

यो सडकखण्डमा पछिल्लो एक दशक यता १०६ जना भन्दा बढीले ज्यान गुमाईसकेका छन् भने सयौं यात्रु घाइते भएका छन्।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१९ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस