लुम्बिनी विकास कोषको सट्टा कपिलवस्तु विकास कोष गठन गर्नुपर्ने माग
२६ माघ २०७९
•
४ मिनेट पाठ
लुम्बिनी विकास कोषको सट्टा कपिलवस्तु विकास कोष गठन गर्नुपर्ने माग
खुला संग्रालयका रुपमा परिचित प्राचिन कपिलस्तु ओझेलमा परेको भन्दै त्यसको समग्र विकास लागि छुट्टै कपिलवस्तु विकास कोष गठनको माग गरिएको छ। लुम्बिनी विकाष कोषको मातहतमा रहँदा कपिलवस्तुको विकासले गति लिन नसकेको भन्दै जिल्लामा छुट्टै कपिलवस्तु विकास कोषको माग गरिएको हो। कपिलवस्तु पर्यटन विकास समितिको आयोजनामा पुरातत्वविद् बौद्ध दर्शनका विज्ञ र विद्यार्थीहरु तथा साहित्यकारसँग राखिएको अन्तरक्रिया कार्यक्रममा सो माग गरिएको हो। सो कार्यक्रममा कपिलवस्तु विकास कोष गठनका लागि आवश्यक निर्णय लिइएको हो।  




कपिलवस्तु गौतम बुद्धले २९ बर्ष बिताएको स्थल हो भने, कक्रुछन्द र कनकमुनी बुद्धको जन्मजस्थल हो। लुम्बिनी विकास कोषले हेर्दै आएको कपिलवस्तुका बुद्ध सम्पदाको विकास हुन सकेको छैन। कपिलवस्तुमा तिलौराकोट, धमनीया स्तुप निगालीकोट, सगराहवा, गोटिहवा, कुदान र सिसहनीया कोट ब्द्ध सर्किटलाई लुम्बिनी बिकास कोषले हेर्ने गरेको छ। तर कोषले लुम्बिनीमा मात्र ध्यान दिँदा कपिलवस्तु ओझेलमा छ। कार्यक्रममा वरिष्ठ पुरातत्वविद् एवम लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा.डा.बसन्त विडारीले सिंगो कपिलवस्तु नै पुरातात्विक र अनौठो जिल्ला भएको बताए। उनले प्राचिन कपिलस्तुको समग्र विकासकालागि कपिलवस्तु विकास कोष गठन आवश्यक रहेको बताए।  

राजनीतिक प्रतिबद्धता नभएका कारण अहिले सम्म कपिलवस्तुको विकास नहुन सकेको भन्दै उनले राजनीतिक प्रतिबद्धता सहित कपिलवस्तु विकास कोष गठन गर्नु पर्ने बताए। ‘जिल्लाका सांसद प्रदेश सदस्य, पालिकाका मेयरहरुसँग छलफल गरी प्रतिबद्धता लिनु पर्छ’, उनले भने। लुम्बिनी बौद्ध विश्वविद्यालयका पुरातत्व संकायका कार्यक्रम संयोजक उपप्रध्यापक गुनाखर गैरले प्राचिन स्थलले भरिभराउ रहेको कपिलस्तुको विकासलाई कपिलवस्तु विकास कोष अति आवश्यक रहेको बताए। भारतले नक्कली कपिलवस्तु खडा गरेर व्यापक प्रचार प्रसार गरी रहेको बेला कपिलवसतु भने ओझेलमा परको भन्दै अब कपिलवस्तु विकास कोष गठन गर्न ढिलाई गर्न नहुने उनले बताए।  

बुद्ध दर्शनकाज्ञाता पोम नारायण पौडेलले विगतमा २० बर्ष अघि पनि प्राचिन कपिलस्तु विकास समिति गठनका लागि प्रकृया अघि बढाए पनि दलका नेताहरुको वेवास्ताका कारण मुर्तरुप लिन नसकेको बताए। उनले जिल्लाको समग्र विकासका लागि छुट्टै कपिलवस्तु विकास कोष आवश्यक रहेको बताए। अधिकारकर्मी रबि ठाकुरले कपिलवस्तु विकास कोषको गठनका लागि साझा प्रयास आवश्यक रहेको बताए। सो सवाललाई वडास्तरमा लगेर उठान गर्नु पर्ने उनले बताए।  

डेढ दशक अघि राजीनतिक दलको बृहत् सहभागीतामा रबिन्द्र मिश्रको अध्यक्षतामा प्राचिन कपिलवस्तु विकास समित गठन गरिए पनि राजीनीतक दलको बेवास्ता कारण त्यसले मुर्तरुप भने लिन सकेको थियो।  कार्यक्रममा कपिलवस्तु विकास कोष गठनका लागि संभाव्यता अध्ययन गर्न समितिका अध्यक्ष हरिशचन्द्र खनालको संयोजकत्वमा ९ सदस्यीय अध्ययन प्रतिवेदन समिति गठन गरेको छ। जसको सदस्यमा गीता अन्जान, राम अचल यादव, चर्तुभुज पाण्डेय, पोम नारायण पौडेल, रवि ठाकुर, युवराज केसी, नारद कोहार तथा वशिष्ठ तिवारी रहेका छन्।

पुरातत्वविद, बौद्ध विद्धान तथा साहित्यकारको उपस्थिति रहेको कार्यक्रममा कपिलवस्तुमा सयौँ पुरातात्विक सम्पदाहरु हुँदाहुँदै पनि पर्यटकीयस्थलको विकास हुन नसकेको स्वीकार गर्दै यसका लागि कपिलवस्तुको बृहत्तर विकासका लागि कपिलवस्तु विकास कोष नै गठन गर्न सबै एकजुट भएर अगाडी बढनु पर्ने निष्कर्ष निकालिएको छ।

कार्यक्रममा उपप्रध्यापक चर्तुभुज पाण्डेय, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, बौद्ध दर्शनका विज्ञ राम अचल यादव, कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, साहित्यकार द्धोय हरिराज शर्मा, पशुपतिमणि त्रिपाठी, सामाजिक अभियान्ता रवी ठाकुर, बौद्ध दर्शनका विज्ञ विद्यार्थी गीता अन्जान, पोम नारायण पौडेल, युवराज केसी, गिरीराज पोख्रेल, हरिश चन्द्र श्रीवास्तव, गोविन्द प्रसाद खनाल, पुरातत्व तर्फबाट विज्ञ एवम विद्यार्थी शुभकान्त भुसाल, वशिष्ठ तिवारी, स्थानीय पर्यटक पथ प्रदर्शक राजकुमार यादव, नेपाल पत्रकार महाँसघ कपिलबस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यको सहभागीता थियो।  

कार्यक्रमको दोस्रो चरणमा सर्वदलीय बैठक बोलाउने र तेस्रो चरणमा संघीय तथा प्रदेश सांसद, कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, सम्बन्धित क्षेत्रका विद्धान, विज्ञ लगायत सरोकारवालाको उपस्थितिमा छलफल गर्ने अध्यक्ष खनालले बताए। यो चरणको छलफल पश्चात कपिलवस्तु विकास कोष गठनका लागि संकल्प प्रस्ताव पारित गर्ने गरी काम अगाडी बढाइएको उनले बताए। सबै काम सकाएर प्रधानमन्त्री समक्ष योजना पेश गर्ने तयारी छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस