तीन वर्षदेखि टहरामा बास बस्दै आएकी बीजमाया जैसीको आवास निर्माणका लागि गुठिचौर गाउँपालिकाले एक लाख रुपियाँ दिने भएको छ। गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको बैठकले बीजमायाको परिवारलाई तत्काल एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको बताए।
गुठिचौर-५ निवासी ४० वर्षीय बीजमाया जैसीको ३ वर्षअघि हिउँले घर भत्किँएको थियो। घर भत्किएपछि उनको परिवार टहरामा बस्दै आएका थिए। गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएपछि घर बन्ने केही आशा जागेको जैसीले बताइन्। जैसीको परिवारमा श्रीमान्, १५ बर्षीया छोरा र ११ बर्षीय छोरी छन्।
गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्ति मल्ल भण्डारीले घरबासविहीन जैसीको घर निर्माणका लागि पालिकाले सुरुवात गरेको र थप सहयोगको प्रयास गरिरहेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत देवकी रावतले थप सहयोगका लागि कानुन अनुसार मिल्ने केही बजेट भएमा पनि गाउँपालिकाले प्राथमिकता दिने आश्वासन दिइन्।उनले आवासका लागि अन्य गैरसरकारी संस्था तथा निकायहरूले पनि थोरै थोरै सहयोग गर्न अनुरोध गरिन्।
पुरानो घरमा जीवनयापन गरिरहेकी जैसीको घर २०७७ सालको पुस महिनाको हिमपातले भत्किएको थियो।