भक्तपुर नगरपालिकाले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका नगरपालिका क्षेत्रका अधिकांश सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको जनाएको छ।
सोमबार भएको १३ औं नगरसभा उद्घाटन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले बाँकी सम्पदाहरुको पनि पुनःनिर्माण र जिर्णोद्धारको काम हुदै आएको जनाए।
यस आर्थिक वर्षको शुरुको ६ महिनामा ३ वटा मन्दिर, ५ वटा पाटी, १ वटा द्योछें, १ वटा पोखरी र १ वटा अन्य गरी ११ वटा सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भएको उनले बताए। यसमध्ये भ.न.पा ५ स्थित बेताल द्योछें, भजन मण्डल घर र ढुंगेधारा रहेका र भ.न.पा ८ स्थित दुवेंकेगु फल्चा र हरिशंकर मन्दिर, वन्ती पाटी, महेश्वरी क्षेत्रको २ वटा सतलहरू मुख्य रुपमा रहेको उनले जनाए।
हाल ८ वटा मन्दिर, ५ वटा पाटी, २ वटा द्योछें र ४ वटा अन्य गरी २१ वटा सम्पदाहरु पुनर्निर्माण तथा जीर्णोद्धार कार्य चालू अवस्थामा रहेको जानकारी उनले गराए। भनपा वडा नं. ३ दरबार क्षेत्रस्थित थन्थु दरबार पुनःनिर्माणको निम्ति नगर प्रमुखको अध्यक्षतामा पुनःनिर्माण समिति गठन गरी प्रक्रिया अगाडि बढाइसकेका उनले जनाए।
हरेक वर्षझैं यसवर्ष पनि गाईजात्रा पर्वमा प्रस्तुत सास्कृतिक विधाहरुको प्रतियोगिता गरी उत्कृष्ट भएका विधाहरुलाई पुरस्कार वितरण तथा सास्कृतिक गुरुहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको उनको भनाइ थियो। हरेक वर्ष एउटा सास्कृतिक विधाको प्रतियोगिता गर्ने निर्वाचन घोषणापत्र अनुसार यसवर्ष पनि जनताको सुझाव अनुसारको प्रतियोगितालाई अगाडि बढाउने छौं, उनले भने।