तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन्। चिसो मौसममा तातोपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन्।
तातोपानी गाउँपालिका २ मा रहेको जर्मी गाउँमा अहिले दैनिक १ सय जनाभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्। शनिवार र विदा दिन अझ धेरै पर्यटक आउने गरेका तातोपानी धाराका कर्मचारी धनबहादुर रावतले बताए।उनका अनुसार प्रति महिना अहिलेको सिजनमा १ लाख १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ।तर गर्मी सिजनमा भने पर्यटकको सङ्ख्या घट्ने गरेको उनले जनाए।तातोपानी धाराबाटै वार्षिक करिब १२ देखि १४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।
अहिले विदेशी नागरिकलाई प्रवेश शुल्क १ सय तथा अन्यलाई ३० रुपैयाँ टिकट दर कार्यान्वयन भइरहेको कर्मचारी रावतले बताए।धाराको सञ्चालन तथा व्यवस्थापन विषयमा तातोपानी गाउँपालिकाले कार्यविधि समेत बनाएको छ। तातोपानी गाउँपालिका ( २ का अध्यक्ष चन्द्रमान बुढाले कार्यविधि भर्खर पास भएको र कार्यविधि अनुसार नयाँ शुल्क निर्धारण गर्ने तयारी भइरहेको जानकारी दिए।उनले अहिले धाराको व्यवस्थापनको जिम्मेवारी वडा कार्यालयले लिएको बताए।उनका अनुसार ३ जना कर्मचारी रेखदेखका लागि राखिएको छ।
तातोपानीमा नुहाउन पाउँदा भने पर्यटक खुशी देखिन्छन्। जुम्लामा हिउँदे सिजनमा चिसो पानीमा नुहाउन कठिन हुने भएकाले तातोपानीमा नुहाउनेको भिड पनि लाग्छ। अझ शनिवारको दिन कार्यालयका कर्मचारी तथा आन्तरिक पर्यटकहरु नुहाउन आउने गरेका छन्। तातोपानीमा नुहाउन आएका जुम्ला सिंजा गाउँपालिकाका ६ कि बाचुँ बुढाले तातोपानीले नुहाउने मात्रै नभइ औषधि समेत हुने विश्वास रहेको बताइन्।पछिल्लो समय तातोपानीमा सरसफाइ पनि निरन्तर गर्ने गरिन्छ। गाउँपालिकाले तातोपानीको सरसफाइमा बढी जोड दिएको अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए।
उनले जिल्लाकै पर्यटकीय केन्द्र तातोपानी भएको हुँदा यसलाई विशेष ध्यान दिने टिप्पणी गरे।तातोपानीको धारा व्यवस्थापनका लागि पर्याप्त बजेट अभावका कारण समयअनुकूल संरचना बनाउन नसकिएको उनले जनाए।तर यसका लागि स्थानीय सरकारले पहल गरिरहेको छ। अहिले महिलाहरु नुहाउने धारा सुरक्षित गरिएको वडा कार्यालयले जनाएको छ। तातोपानीमा जुम्लासहित नजिकको जिल्ला कालीकोट, मुगु, जाजरकोट, डोल्पाबाट पनि मानिसहरु नुहाउन आउने गरेका छन्।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...