कमसल धितोमा अधिक कर्जा प्रवाह गरेको अभियोगमा कामना सेवा विकास बैंकका निवर्तमान सीईओसहित चार जनालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।
दमक प्रहरीले बैकका निवर्तमान सीईओ प्रवीन बस्नेतसहित वीरेन्द्र सिंह भण्डारी, हरेन्द्र दाहाल, चन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको हो। सिआइबीका प्रवक्ता एसपी कमल थापाका अनुसार हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा भने ऋणी हुन्।
‘इलाका प्रहरी कार्यालय दमकमा हाजिर भएको सूचना छ’, सिआइवीका प्रवक्ता एसपी थापाले भने। राष्ट्र बैकको आग्रहमा सिआइबीले कामना विकास बैकको धितो सम्बन्धी निवेदनमा अनुसन्धान गरेको थियो।