पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ थाईबाङबाट सदरमुकाम बेनी आउँदै गरेको बोलेरो जिप मंगला गाउँपालिका– २ काफलचौरमा दुर्घटना हुँदा सवार एक जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो ग १ ज ६९३८ नम्बरको जिप दुर्घटना हुँदा मंगला–१ की फमाया गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। जिपमा सवार अन्य ७ जना घाइते भएका छन्।
दुर्घटनामा घाइते मंगला गापा १ की ३४ बर्षकी सन्तु केसी, १० वर्षका सिवानी केसी र ५ वर्षका छोरा रिवान केसीको थप उपचारका लागि पोखरा रिफर गरिएको छ। मृतक गर्बुजा छोरासँगै पोखरा जान लागेकी थिइन्। उनलाई लिन काठमाडौँबाट अर्को छोरा बेनी आएका थिए।
दुर्घटनामा मंगला गापा १ का १५ बर्षकी बविना परियार, ३८ वर्षका टेकबहादुर गर्वुजा, ५० बर्षकी भमिकला नेपालीको उपचार भइरहेको बेनी अस्पताले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
घटनास्थलबाट जनप्रतिनिधि, स्थानीय र प्रहरीले उद्धार गरेर घाईतेलाई बेनी अस्पताल ल्याएका थिए। ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो। चालकलाई नियन्त्रणमा लिएर छानबिन थालिएको छ।
घाइतेको उद्धारमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका घटनास्थल र बेनी अस्पतालमै आएका थिए। गाउँपालिकाले तत्कालै सवारीसाधनको व्यवस्थापन गरेकाले उपचारमा सहज भएको थियो।