लोप हुँदै 'भकारी'
०३ माघ २०७९
•
२ मिनेट पाठ
लोप हुँदै 'भकारी'
पहिले-पहिले घरमा हुने माटोको ढरा (भकारी) हेरेर परिवारको सम्पन्नता आङ्कलन गरिन्थ्यो। खेतबारीमा उब्जेको अन्नपात सुरक्षित भण्डारण गरेर राख्ने माटोको ढरा वा भकारी जति ठूलो हुन्थ्यो ती परिवार त्यति नै धेरै सुखी सम्पन्न रहेको मानिन्थ्यो।




घरमा रहेको ढरा र भकारीको सङ्ख्या र आकार प्रकारले परिवारको धनसम्पति खेतलगायत सो परिवारसँग रहेको श्रीसम्पतीको प्रमाणित गर्ने आधार नै हुन्थे। जुन घरमा जति ठूलो भकारी र माटोको ढरा हुन्थ्यो त्यो घर त्यति धेरै धनाढय, सुखी र सम्पन्न रहेको मानिन्थ्यो।

जुम्लाको गाउँघरमा अन्न भण्डारणको लागि बनाइने माटोको ढरा भकारी लोप नै भइसकेको भन्दा दुईमत नहोला। जुम्ला लगायत साविकको कर्णाली अञ्चल भित्रका गाउँ (गाउँमा छोरी चेलीको वैवाहिक सम्बन्धको कुरा गर्न आउँदा छोरी पक्षले छोरा पक्षको घरमा रहेको ढरा भकारी हेरेर उसको आर्थिक हैसियतको आङ्कलन गरेर वैवाहिक सम्बन्ध गासिने गरिन्थ्यो तर अहिले न त ढरा भकारी नै छन् न त अब ती प्रचलमै रहे।

यस परम्परालाई जोगाउन नयाँ पुस्ताले चासो देखाउनुपर्ने संस्कृतिविद्हरु बताउँछन्। माटोको ढरा परम्परा, कलासंस्कृति र घर परिवारको आर्थिक हैसियत झल्किने माध्यम मात्र थिएनन् ती स्वास्थ्यको दृष्टिकोणले पनि अति उपयुक्त थियो।

माटोको ढरा भकारीमा विषादी नमिसाई खाद्यान्न सुरक्षित रहने भएकाले स्वच्छ र स्वस्थ्य खानेवस्तुको रक्षाको लागि ढरा अहिले पनि उत्तिकै अनिवार्य देखिन्छ। धान, चामल, गहुँ, जौ, कोदो, फापर, सिमी, मकै, कागुनो लगायत खाद्यान्न भण्डारण गर्न बनाइने माटोको भकारी अति उपयुक्त हुने मानिन्थ्यो।

अन्नपात भण्डारणका लागि घरघरमै बनाइने माटोको ढराको ठाउँ अब प्लाष्टीकका भाँडावर्तनहरुले लिइसकेपछि ढराको निर्माण हुन छाडेको हो। घरमा भित्रिने खाद्यान्नको मात्रासमेत कमी भएर ढरा बन्न छाडेको ग्रामीण क्षेत्रका किसानहरु बताउँछन्।

सिंजा ६ की लुहारे बुढा बताउँछिन् 'अब उत्पादित खाद्यान्न प्लास्टिकका भाँडामै अटाउने भएपछि ढरा बन्ने र बनाउने क्रम लगभग सकिएको छ। ग्रामीण क्षेत्रका महिलामा कलाकौशल प्रदर्शन गर्ने दृष्टिकोणले पनि माटोको ढरा निर्माण गर्ने कार्य पछिल्लो पुस्ताको अरुचिले हुन छाडेको छ'। 

जुम्लकासमाजसेवी कालो बुढा भन्छन्, 'लेसिलो कालो वा रातो माटोमा गाईको गोबर र पानी मिसाएर त्यसलाई मुछ्दै महिनौं लगाएर ढरा भकारी बनाइने गरिन्थ्यो, माटाको ढरा दशकौं अघिसम्म बस्तीमा कैयौँ महिलाले एकसाथ आ–आफ्ना घरमा बनाएर आफूनो राख्ने गर्ने गर्थे।

कसले कस्तो ढरा बनाउँदैछन्, गाउँ टोलका महिलाहरुमा हेर्ने र सिक्ने लहर हुन्थ्यो, राम्रो र कलात्मक ढरा हेर्न आउनेको भीडभाड नै लाग्ने गथ्र्यो।
खासगरी हिउँदमा ढराहरु बनाउने कामको लहर नै देखिने गरिन्थ्यो। नयाँ पुस्तामा त्यस्तो रौस र लहर नदेख्दा अब पुराना रितिथिति, परम्परा, कला र आफ्नो भन्ने विशेषता नै हराउने चिन्ता प्रयाप्त छ।' उनले भने।

संस्कृति परम्परा र मौलिक पहिचान झल्किने र स्वास्थ्यको लागि समेत अति उपयुक्त हुने माटोको ढरा भकारी बनाउने कार्यलाई जगेर्ना गर्न ढरा बनाउने तालिमहरु सञ्चालन गर्नुपर्ने स्थानीयहरुको भनाइ छ।
अर्को समाचार
सुदूर पहाडमा पाइँदैन डोको, डालो र भकारी
३१ असार २०८२
•
२ मिनेट पाठ
सुदूर पहाडमा पाइँदैन डोको, डालो र भकारी
प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण सुदूर पहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन्। केही वर्षअघिसम्म गाउँघरमा कृषिकर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन्।




यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँदेखि डोको डालो, सुप्पा र भकारी बुनेर विभिन्न ठाउँमा मेला, पर्व तथा गाउँघरमा बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए। पछिल्ला केही वर्षयता कृषिजन्य आयातीत सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चा पदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको पाटन नगरपालिका–१० का वीरभान विकले बताए। 

उनका अनुसार गाउँगाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुका सामग्रीको प्रयोगले बाँस र निगालो सङ्कलनमा समस्या हुन थालेपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा सङ्कटमा परेको हो।

एक दशक अघिसम्म पनि बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए। डडेल्धुराको अमरगढी नगरपालिका–७ तिलाडी, कैनी टोल, छचोडा आलितालको डोला, हन्तड, नवदुर्गा गाउँपालिकाका विभिन्न ठाउँमा यही पेसाकाभरमा जीविकोपार्जन गर्दै आएका कैयौँ व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन्।  

'बाँस र निगालो पाउन छाडेपछि आयआर्जनको बाटो बन्द भएको छ,' अमरगढी–७ का टीका पार्कीले भने, 'परिवार पाल्न धौधौ भएको छ।' बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको उनले बताए।

गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको आलिताल गाउँपालिका–८ का जोगराज भट्टले बताए। 'गाउँघरमा गोरुबाट गर्ने काममा ट्र्याक्टरको प्रयोगबाट हुन थाल्यो, अन्न राख्नका लागि बजारबाट ड्रम वा प्लास्टिक र स्टिलका भाँडा ल्याएर प्रयोग गरिन्छ। अब बाँस, निगालाबाट बुनेका सामग्री लोप भइसकेका छन्,' उनले भने। टाढाबाट कच्चापदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्चअनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको उनीहरूको गुनासो छ।

सो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रतिडोकोलाई रु ४०० देखि रु ६०० सम्म बिक्री गर्ने आएका छन्। त्यस्तै, डालो, भकारी, मानो र नाङ्लो रु एक हजारदेखि रु चार हजारसम्ममा बिक्री गर्दै आएका छन्।

युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो। निर्माण गरिएका सामग्रीको पनि बिक्री गर्न बजारकोसमेत अभाव छ। नजिकैका गाउँबस्तीमा सहजै बिक्री हुँदैन। बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन्। रासस
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस