रेड पाण्डाको अनुसन्धान गर्न विदेशी टोली जुम्लामा
०२ माघ २०७९
•
६ मिनेट पाठ
रेड पाण्डाको अनुसन्धान गर्न विदेशी टोली जुम्लामा
रेड पाण्डाको अनुसन्धान गर्न बेलाबखत विदेशी टोली जुम्लामा पुग्ने गरेका छन्। गत मंसिर पहिलो साता फ्रान्सेली नागरिक हेलन अलारी नेतृत्वको टोली रेड पाण्डा अनुसन्धान गर्नका लागि जुम्ला पुगेको थियो। 




अलारी नेतृत्वको तीन जनाको टोलीले रेड पाण्डाको बासस्थान हुनसक्ने जंगलमा पुगेर अनुसन्धान गरेको थिए। दुई दिन तातोपानी ८ स्थित नदै सामुदायिक वनमा अनुसन्धानमा बिताएको टोलीले रेडपाण्डा फेला पार्न सकेका थिएनन् , तर रेड पाण्डाको दिसा र बस्ने रुखको टोड्काहरु भने उक्त टोलीले फेला पारेका थिए। 

उनीहरुको अनुसन्धान अनुसार जुम्लामा पर्याप्त रेड पाण्डा छ भन्ने बुझिएको छ। फ्रान्समै चिडियाखाना समेत खोलेर बसेका उनीहरु जुम्लामा पाइने रेड पाण्डाको अनसुन्धान गरेर त्यस्तै खालको संरचना निर्माण गर्ने तरखरमा छन्। रुखका टोड्काहरुमा रेड पाण्डा कसरी बस्छन्? के के खाने कुरा खान्छन् ? जस्ता विषयमा उनीहरुको अनुसन्धान केन्द्रित थियो। अनुसन्धान टोलीका एक हेलन भन्छन् जुम्ला रेडपाण्डा हुन सक्ने उच्च सम्भावना भएको जिल्ला हो। संरक्षण क्षेत्र पनि निकै राम्रो लाग्यो। तर रेडपाण्डाको महत्त्व बुझ्न नसक्दा समस्या देखियो। फ्रान्सको यही टोली सन् २०२१ पनि जुम्लामा आएका थिए। 

यसबेला सिंजाको वडाथुम सामुदायिक वनमा पुगेर निरीक्षण गरेका थिए। हेलन नेतृत्वको टोली जस्तै अन्य थुप्रै विदेशीहरु रेड पाण्डाको अध्ययन अनुसन्धान गर्न आउने गरेका छन्। तर आँगनकै सरकार भनिएको स्थानीय सरकारले भने कुनै चासो दिएको देखिँदैन। रेडपाण्डा नेटवर्क चलाएर बसेका कयौँ विज्ञहरु पटकपटक जुम्ला आइरहेका हुन्छन्। उनीहरु जंगलमा पुगेर रेड पाण्डाको अवस्था अवलोकन गरेर फर्कन्छन्। 

स्थानीयसँग रेड पाण्डाको अवस्था र संरक्षण गर्न चालिएका कदमका विषयमा गहिरो चासो राख्छन्। रेड पाण्डाको विषयमा वन डिभिजन कार्यालयमा ओजेटी गर्न आउने विद्यार्थीहरु त झनै चासोपूर्वक अध्ययन गरिरहेका हुन्छन्। सन् २०१७ मा हातेमालो सेवा समाज र रेड पाण्डा नेटवर्कले जिल्लाको १ नगरपालिका सहित ७ वटै गाउँपालिकामा रेडपाण्डाको अनुसन्धान गरेको थियो। हरेक सम्भावित जंगलमा पुगेर गरिएको अनुसन्धानले जुम्लामा रेडपाण्डा प्रसस्त भेटिन सक्ने देखायो। रेडपाण्डाको दिसा र रेड पाण्डा बस्ने रुखका टोड्काहरु फेला पारेको थियो। 

हातेमालो सेवा समाजका अध्यक्ष टेकबहादुर रोकायाले रेडपाण्डा जिल्लाको सबै क्षेत्रमा पाइने बताए। उनका अनुसार जिल्लाका नदै सामुदायिक वन र महारुद्र सामुदायिक वनमा रेड पाण्डा समेत फेला परेको थियो। रेडपाण्डालाई निकै लजालु स्वभावको वन्यजन्तु मानिन्छ। स्थानीय भाषामा रेडपाण्डालाई नाउटोटो पनि भन्छन्। 

रुखको टोड्कोमा बस्ने भएकोले स्थानीयले राखेको नाम हो नाउटोटो। निगालो र पर्याप्त भुजपत्र भएको जंगलमा रेडपाण्डा पाइने गरेको स्थानीय बताउँछन्। जुम्लाको तातोपानी, पातारासी र सिंजा क्षेत्रका चारवटा सामुदायिक वनमा रेडपाण्डाको अनुसन्धान भइरहेको छ। रेड पाण्डाको चोरी, सिकारी गर्दा आइपर्ने कानुनी व्यवधानका बारेमा समेत यहाँका स्थानियहरुलाई सतर्क गराइन्छ। 

राष्ट्रिय वन छाडा हुने भएकोले रेड पाण्डा संरक्षण गर्न चुनौती भएको छ। सामुदायिक वनसँग मिलेर रेड पाण्डा संरक्षणका लागि कार्यक्रम भने चलिरहेको छ। पहिलो चरणमा जंगलमा ब्लक निर्माण गरेर अनुसन्धान थालिएको छ जसले रेड पाण्डा भए नभएको अनुसन्धान गर्न मद्दत पुग्छ। जंगलमा प्राकृतिक रुपमा बग्ने पानी रेड पाण्डालाई खान सहज होस भनेर दह बनाएर संकलन गरेर राखिन्छ। रेडपाण्डा मैत्री विरुवा रोपिएको छ। 

भुजपत्र,निगालो र देवद्यारका विरुवा वृक्षारोपणमा जोड दिइएको छ। अध्यक्ष रोकायाका अनुसार सन २०२१ मा महारुद्र सामुदायिक वन पटमारा र २०२२ मा नदै सामुदायिक वन तातोपानीमा रेड पाण्डा भेटिएको थियो। जसले पनि जुम्लाका जंगलहरुमा रेड पाण्डा पाइन्छ भन्ने प्रमाणित हुने उनको दाबी छ। यद्यपि रेडपाण्डाको संख्या भने यकिन गर्न सकिएको छैन। रेडपाण्डा नेटवर्कले अहिले हरेक सामुदायिक वनमा वन अभिभावक राखेका छन्। एउटा सामुदायिक वनमा दुई जना वन अभिभावक खटिन्छन्। 

उनीहरु जंगल जोगाउने र रेडपाण्डाको चालचलन र अवस्था अवलोकन गरिरहन्छन्। वर्षमा ४ पटक जंगल क्षेत्रमा पुगेर अध्ययन गर्ने वन अभिभावकमा दुई जना महिला छन्। उनीहरु संरक्षित क्षेत्रको अवलोकनका साथै रेड पाण्डाको चोरी सिकारीका बारेमा समेत जानकारी लिन्छन्। साथै उनीहरू रेडपाण्डाको ताजा अपडेट बारे जानकारी पनि गराउँछन्। 

रेड पाण्डा चिनाउने होमस्टे सञ्चालनमा पछिल्लो समय रेड पाण्डा बचाउनका लागि भन्दै पातारासीको पटमारामा होमस्टे सञ्चालनमा छन्। त्यहाँ रेडपाण्डाको बारेमा हरेक नयाँ अतिथिलाई ब्रिफिङ गरिन्छ। ६ जना महिला मिलेर बनाइएको होमस्टेमा रेड पाण्डाको चर्चा हुन्छ। रैथाने खान्की खुवाइन्छ। अब सम्भावित वन क्षेत्रमा क्यामरा ट्रयापिङ राख्ने तयारी भइरहेको रेडपाण्डा नेटवर्कले जनाएको छ। यसरी तीव्र रुपमा जनचेतना प्रदान हुँदा रेडपाण्डाको चोरी सिकारी कम भएको स्थानीयहरूको भनाइ छ। तर जथभावी डोजर प्रयोग गरेर सडक निर्माण गरिँदा रेड पाण्डा संरक्षणमा चुनौती देखिएको बताइन्छ।

जंगल क्षेत्रमा जथाभावी हर्न बजाउनेदेखि गाडी कुदाउने गर्नाले रेडपाण्डालाई बस्न असहज भइरहेको स्थानीय अगुवाहरूको भनाइ छ। विश्वमा रेडपा ण्डा पाइने ५ वटा देशमध्ये नेपाल पनि एक हो। कर्णाली भने रेडपाण्डा सम्भावित क्षेत्रको रुपमा चिनिन्छ। तर सरकारी लगानी भने रेडपाण्डा जोगाउनमा केन्द्रित भएको पाइँदैन। 

पहिले रेडपाण्डाको महत्त्व र कानुनी ज्ञान नहुँदा कुकुरले लखेटेर कैयौं रेड पाण्डा मारिने गरेका थिए। केही सिकारीले बन्दुकले हानेर पनि मार्ने गरिरहेको स्थानीयहरूको अनुभव छ। तर अहिले रेडपाण्डा मार्ने र सिकार गर्ने चलन हटेको छ। 

वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा एकदेखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ। रेड पाण्डाको संरक्षण र चोरी सिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने संरक्षकहरुले बताउने गरेका छन्। उनीहरु रेडपाण्डाको संरक्षणमा स्थानीय सरकार जिम्मेवार हुनुपर्ने तर्क गर्छन्। 

'वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधिले रेड पाण्डाको संरक्षण चूनौतीपूर्ण देखिएको छ,' स्थानीय जगतबहादु खत्रीले भने, 'रेडपाण्डाको चोरी सिकारीसँगै लेकाली गोठमा पालिने कुकुरको आक्रमणले पनि रेडपाण्डा असुरक्षित हुने गरेका छन्। सबैले ध्यान पुर्‍याउनुपर्ने देखिन्छ।' 

निगालोको टुसा र पात रेड पाण्डाको मुख्य आहारा हुन्। रातो हाब्रेको नामले चिनिने रेड पाण्डाको बासस्थान विनाश, चोरी सिकारीका घटनाका कारण पनि संकटमापरेको संरक्षकहरूको चिन्ता छ।विज्ञहरूका अनुसार उच्च पहाडी क्षेत्रका वनमा पाइने रेडपाण्डाको आयु ८ देखि १० वर्षसम्म हुने गरेको छ। 

पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म रेड पाण्डाको गर्भाधान हुने महिनाको रुपमा लिइन्छ। रेड पाण्डालाई पर्यटन प्रवर्द्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्त्वपूर्ण वन्यजन्तु मानिएकाले यसको संरक्षणमा स्थानीय सरकार लाग्नुपर्नेमा संरक्षकहरूले जोड दिने गरेका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस