जुम्लाको पातारासी गाउँपालिका -६ काेटाभिडमा एक सुमो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
सोमबार ग १ ज ४०३५ नम्बर काे सुमो जिप जुम्ला बजार देखि पातारासी जाने क्रममा अपराह्न साढे ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ।
जिप उकालोमा चढ्न नसके पछि व्याक गर्ने क्रममा सडकबाट ३९ मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ।
दुर्घटनामा पातारासी गाउँपालिका १ माथाचाैरकि ४२ वर्षकी छाेर्तेन लामाकाे घटना स्थलमा मृत्यु भएको हो। जिपमा सवार अन्य ९ जना घाइते रहेका छन्।
उनिहरुकाे उद्वार गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। गाडी चालक भने फरार भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।