जुम्लाको गुठिचौर गाउँपालिका ४ की ४८ बर्षीया देउली जैसी घरको काम सकाएर बचेको समयमा गिट्टी फोड्छिन्। उनी दैनिक एक हजार रुपैयाँ कमाउँछिन्। उनी घरको काम पनि छुटाउँदिनन्। अहिले पैसा कमाउनकै लागि त्यहाँका अधिकांश श्रीमान र युवाहरु कालापहाडमा छन्। उनले भनिन्, ‘म घरमै बसेर उनीहरु भन्दा बढी पैसा कमाउँछु। परिवारसँगै रमाउँछु।’
दुई वर्षदेखि उनले गिट्टी फोड्दै आइरहकी छिन्। जैसीलाई ५१ बर्षीय श्रीमान पुर्ण जैसीले साथ दिने गरेका छन्। उनलाई गुठिचौर गाउँपालिका नजिकै गिट्टी फोडिरहेको अवस्थामा भेटिन्छिन्। तीन छोरी,दुई छोराको लत्ताकपडा र पढाइ खर्च पनि गिट्टी बेचेर कमाएको पैसाले धानेको अनुभव उनको छ। जैसी दम्पतीले गिट्टी फोडेर बार्षिक दुई लाख रुपैयाँसम्म कमाउँछन्। ‘कमाएको पैसा छोराछोरीको पढाइ तथा घर खर्चमा लगानी गछौँ’, पुर्णले भने, ‘बचेको रकम बैंकमा जग्गा गर्छौ।’
उनका दम्पतीसँगै दर्जनभन्दा बढी महिला गिट्टी फोडेर जीविकोपार्जन गरिरहेका छन्। उनीहरु सबैको कमाई राम्रै हुने गरेको छ।अर्की हरिमाया सार्की दूधे बालक च्यापेर गिट्टी फोड्न व्यस्त छिन्। बच्चाको हेरचाह गर्दै काम गर्दा पनि दैनिक ७ सयदेखि एक हजार रुपैयाँसम्म कमाइ हुन्छ। निरन्तर चार दिन गिटी फोड्दा एक ट्याक्टरको टर्लि भरिन्छ। ठेकेदारले एक ट्याक्टर टर्लिको तीन हजार पाँच सय रुपैयाँदेखि चार हजार रुपैयाँसम्म दिन्छन्।उनीहरुले फोडेको गिटी जुम्लाको प्रमुख व्यापारिक केन्द्र मानिने खलंगा र तथा गुठिचौर गाउँपालिका भित्रमा खपत हुन्छ। बजारमा भन्दा गाउँमै अहिले धमाधम पक्की घर तथा सरकारी भवन निर्माण भइरहेकाले उनीहरुले तयार पारेको गिट्टीले राम्रो मूल्य पाएको छ।
झट्ट हेर्दा यो क्षेत्र गिट्टी उत्पादन गर्ने उद्योगजस्तै देखिन्छ। यहाँ लस्करै लागेर महिलाले गिटी फोडिरहेका हुन्छन्। दिनभर सरकारी कार्यालय तथा अन्य काममा व्यस्त रहने पुरुषले बिहान बेलुका उनीहरुका लागि खानीबाट ढुङ्गा निकाली दिने गरेका छन्। गिट्टी कुटेर कमाएको पैसा विशेषगरी छोराछोरीको पढाइमा लगानी गर्ने गरेको गुठिचौर गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी)ले बताइन्। ‘गिट्टी कुट्ने अधिकांश महिलाको श्रीमान्, छोराहरु विदेशमा छन्’, उनले भनिन्, ‘उनीहरुले कमाएको पैसाले घर खर्च टार्छन्। श्रीमानले कमाएको पैसा बचत गर्छन्।’
गिट्टी कुट्ने महिला सबैको घर जस्तापाताले छाएको छ। कतिपयले अनेत्र घरघडेरीसमेत जोडेको स्थानीयवासी बताउँछन्। गिट्टी कुट्ने महिला आफूले गरेको काम प्रति गर्व गर्छन्। उनीहरु लजाउँदैनन्। ‘आफ्नो खाएर काम गर्नु पर्छ, किन लजाउनुरु आफू त सानैदेखि दुख गरेको मान्छे’, मल्लले भनिन्, ‘समयको सदुपयोग पनि हुने कमाइ पनि हुने भएपछि निकै राम्रो मानेकी छु।’
धन कमाउन विदेश नै जानुपर्छ भन्ने सोच बनाएका युवापुस्ताको लागि यी महिलाहरु उदाहरणीय बनेका छन्। उनीहरुले बिना लगानी विदेशमा १२ घण्टा खट्ने पुरुष भन्दा बढी आम्दानी गर्दै आएका छन्। यहाँ फोडिने गिट्टी अन्य क्षेत्रमा उत्पादन हुने गिट्टी भन्दा गुणस्तरीय भएकाले पनि अधिक मात्रामा खपत हुने गरेको छ।
एक दिन गिट्टी नफोड्दा परिवारको रोजीरोटी नै संकटमा पर्ने अवस्था भएपनि ५७ वर्षीया गोइली नेपाली गिट्टी फोर्न निकै सक्रिय छिन्। उनले ढुंगासँग खेल्ने काम रहर नभएर बाध्यता भएको सुनाइन्। ‘घरमै बसेर रमाउने इच्छा त थियो। भोको पेटले मान्दैन। काम नगरेर खान पुग्दैन, उनले भनिन्, ‘छोराछोरी भोक लाग्यो भन्दा कहाँ गएर माग्नेरु अहिले गिटी फोड्न थालेपछि निकै सहज बनेको छ।’