प्रचारप्रसारको अभावमा ओझेलमा परेको जुम्लाको प्रमुख पर्यटकीय गन्तव्य सिन्जा पर्यटकको पर्खाइमा छ। केन्द्रीकृत शासन व्यवस्थाका बेला ११ वटा गाविसमा फैलिएको सिन्जा संघीयतासँगै सिन्जा, हिमा र कनकासुन्दरी गाउँपालिकामा विभाजन भएको छ।नेपाली भाषाको उद्गमस्थलका रूपमा चिनिने सिन्जा प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना मानिन्छ।सिन्जामा नेपाली भाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेख लगायत प्राचीन र ऐतिहासिक सम्पदा अहिलेसम्म सुरक्षित रहेको कनकासुन्दरी–४ का वडाध्यक्ष धनमानसिंह हमालले बताए। उनका अनुसार बाइसे–चौबिसे शासनकालमा सिन्जा एक शक्तिशाली राज्य थियो।
सिन्जा उपत्यकामा रहेको कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढुमष्टा, कनकासुन्दरी नौधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्यांगा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालिका महादेव मन्दिर लगायत तीन दर्जन बढी साना–ठूला धार्मिकस्थल छन्।नाग्म–गमगढी सडक हुँदै सिन्जा उपत्यका भएर कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल पुग्न सकिन्छ। यो बाटो हुँदै दैनिक ५० देखि एक सय गाडीमा आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहार गर्छन्।
खस राज्य सञ्चालनको समयमा बनाइएका मठमन्दिर, सिन्जा, सिहु बाघ, ठूलाठूला ढुंगामा कुँदिएका चित्रकला, संकेत अक्षर र अंकहरू लेखिएका शिलालेख समेत अहिले बेवारिसे अवस्थामा भेटिने गरेका छन्। सिन्जाको भौगोलिक वनावट, सुन्दरता र हराभरा उपत्यकाले पर्यटकलाई मोहित बनाउने सुर्खेतबाट पहिलोपल्ट सिन्जा पुगेका हरिकृष्ण शर्माले बताए।उनका अनुसार उपत्यका भित्र उत्पादन हुने फलफूल र रैथाने बाली तथा गाउँको बीच भएर बग्ने हिमा नदीले पनि सिन्जाको सुन्दरता थपेको छ। झन्डै ३४६१ वर्षअघि अर्थात् इसापूर्व १ मा राजा जालन्दरले सिन्जा राज्य स्थापना गरेका थिए। राजा जालन्दर शिवका भक्त थिए। शिवको अघिल्लो अक्षर शिु र आफ्नो नामको अघिल्लो अक्षर जाु लाई जोडेर सिन्जा नाम रहन गएको जनश्रुति भेटिन्छ। खस राजा नागराज र उनका उत्तराधिकारीले सिन्जा राज्यमा झन्डै ३ सय वर्षसम्म शासन गरेको इतिहास छ।
खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटक आक्रमण गरी ुकरत राज्यु बनाएका थिए भने पश्चिमको कुमाउ, गडवालसम्म सिन्जा राज्यको क्षेत्र भएको इतिहाससम्बन्धी जानकार रमानन्द आचार्यले बताए। राजा बलिराजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको थियो,ु उनले भने, ुनेपाल एकीकरणको अभियानमा शिवनारायण खमी नेतृत्वको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेल सम्म सिन्जा राज्यको अस्तित्व कायमै थियो।आचार्यका अनुसार नेपाली भाषा, सभ्यता, संस्कृति सिन्जाबाटै सुरु भएको हो।
उनले खस भाषा विकसित भएर नेपाली भाषा भएको बताए। उनकै नेतृत्वमा खस भाषा र सभ्यताका संरक्षणका लागि खस शब्दकोश तयार हुँदै छ। शब्दकोश प्रकाशनपछि तत्कालीन सिन्जा राज्यभित्र बोलिने शब्द, भाषा संस्कृति, रीतिरिवाज, खेतीप्रणाली, शिक्षाको अवस्था झल्किने उनले बताए। सिन्जा सभ्यता र सिन्जा साम्राज्यभित्रको इतिहास बचाउन पूर्व प्रदेशसभा सदस्य नरेश भण्डारीले सिन्जा सभ्यता संरक्षण तथा विकासु विधेयक कर्णाली संसद्मा दर्ता गराएका थिए। विधेयकमाथि छलफल नहुँदै संसद्को कार्यकाल सकिएकाले उक्त विधेयक अहिले निष्क्रिय भएको छ।