जुम्लाको सिंजा गाउँपालिका १ चुलेलगाउँमा तातोपानी आउने स्नानकक्ष निर्माण भएको छ।
महिला तथा किशोरीका लागि स्नानकक्ष निर्माण भएपछि गाउँभरिका महिलाहरू अहिले सो स्थानमा नुहाउने गरेका छन्। जुम्लाको चिसो सिजनमा तातोपानी आउने स्नानकक्ष निर्माण भएपछि हिउँदे सिजनमा तातोपानीमा नुहाउन सजिलो भएको उनीहरू बताउँछन्।
प्लान नेपालको सहयोगमा पेस नेपाल जुम्लाले सो स्नानकक्ष नमुनाको रुपमा निर्माण गरी सञ्चालनमा ल्याएको हो। पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले नमुनाको रुपमा स्नानकक्षको सुरुवात गरिएको बताए। सानो कामले पनि कहिलेकाहीँ राहत मिल्ने उनको भनाइ छ।
गाउँमा स्नानकक्ष सुचारु भएपछि सुरक्षित र आनन्द तरिकाले नुहाउन र कपडा धुन मिलेको महिलाहरूले बताएका छन्। स्थानीय तिलाकन्या आचार्यले स्नानकक्ष निर्माण भएपछि खोलामा नुहाउन जानुपर्ने बाध्यता हटेको बताइन्।
अर्कोतिर हिउँदको चिसो सिजनमा तातोपानी आउने भएपछि किशोरीहरूको पनि नुहाउन भिड लाग्ने गरेको छ। सिंजा गाउँपालिका किशोरी सञ्जालकी कोषाध्यक्ष निर्मला आचार्यले छोरीहरूका लागि सुरक्षित नुहाउने स्नानकक्ष नमुना भएकोमा धन्यवाद दिइन्।
समिति जुम्लाका कार्यवाहक प्रमुख नरविर सुनार, प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली सहित सरोकारवाला निकायहरूले उक्त कक्षको अनुगमन गरेका छन्। प्रबन्धक पराजुलीले चिसोमा किशोरी तथा महिलाहरूका लागि स्नानकक्ष निर्माण भएकोमा खुसी व्यक्त गरे।
खानेपानीको समस्या
महिलाहरूले नुहाउन स्नानकक्ष भएता पनि गाउँमा व्यवस्थित खानेपानीको समस्या भएको बताए। गाउँमा एक सय घरधुरी छन्। तर व्यवस्थित खानेपानी नहुँदा समस्या भएको महिलाहरूले बताउँछन्।
संरक्षण समितिका अध्यक्ष ठूमुरावडले व्यवस्थित नुहाउने कक्ष भएपनि गाउँमा खानेपानीको समस्या भएकाले सहयोग गर्न अनुरोध गरे। महिलाहरूले एक मात्र खानेपानीको पाइप चिसोले जमेपछि गाउँमा पानी जान समस्या भएकाले खानेपानीमा समेत सहयोग गर्न अनुरोध गरे।

स्नानकक्षको लागत ६ लाख ६८ हजार ५ सय ४८ रहेको पेश नेपाल जुम्लाका कार्यक्रम संयोजक हेमराज भट्टले बताए।महिलाहरूले स्नानकक्ष सुरक्षित गर्न संरक्षण समिति समेत गठन गरेका छन्। स्थानीय ठुमुरा वडको अध्यक्षतामा स्नानकक्ष निर्माण गरिएको हो।