जुम्लामा कागुनो उत्पादन कम हुने भएता पनि यसको माग दिनप्रतिदिन बढ्दै गइरहेको छ।
जिल्लामा कागुनोको उत्पादन कम भएता पनि कागुनो प्रयोग गर्नेहरुको संख्या र उनीहरूको माग बढेको कोसेली घर जुम्लाका सञ्चालक गोविन्द आचार्यले जानकारी दिए।
किसानले ल्याएको कागुनोको चामल क्षणभरमै बिक्री हुने गरेको उनको भनाइ छ। उनका अनुसार जुम्लामा कागुनोको उत्पादन कम हुने गर्दछ। तर माग भने अत्यधिक छ। कागुनोको चामलको माग अनुसार पठाउन नसकिएको आचार्यको भनाई छ।
गत वर्ष आचार्यले ७ क्विन्टल कागुनोको चामल बेचेका थिए। उनले त्यसलाई पोखरा काठमाडौँ कपिलवस्तु सम्म पुर्याएको जिकिर गरे। 'कागुनोको चामलको माग आइरहन्छ, तर उत्पादन निकै कम हुँदा पुर्याउन मुस्किल हुने गरेको छ।' उनले भने।
कागुनो जुम्ली किसानको रोजाइमा पर्न नसकेको उनको गुनासो छ। उनी भन्छन् 'किसान कागुनो खेतीप्रति आकर्षित छैनन्। सुर्खेत र काठमाडौँबाट फाट्टफुट्ट कागुनोको चामलको माग आइरहेको छ। कर्णाली राजमार्ग हुँदै रारा घुम्न आउने पर्यटकले कागुनोको चामल खोजाखोजी लिने गरेका छन्।'
चन्दननान बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक ऋषिराम पाण्डेले पनि विदेशी पर्यटकहरूले कागुनोको चामल लैजाने गरेको बताए। उनले भने, 'पर्यटकको रोजाइमा कागुनोको चामल तीव्र छ। तर किसानले झन्झटिलो भन्दै कागुनो खेती गरेको देखिँदैन। चिनो कागुनो कुट्ने मेसिन उपलब्ध नहुँदा किसानले खेतीसमेत गर्दैनन्। जस कारण बाहिर जिल्लाबाट आउने कागुनो चामलको माग धान्न सकिएको छैन।'
गाउँका ज्येष्ठ नागरिकका अनुसार कागुनो जुम्लाको रैथाने बालीभित्र पर्छ। मल खाद्य नहालीकन खेती गर्दा पनि भरपर्दो उत्पादन दिन सक्ने बाली हो। कागुनो रुखो, सिँचाइ सुविधा नभएको जग्गामा लगाउन मिल्छ। कागुनोको भात, यसलाई पिसेर पिठो बनाइ रोटी तथा ढिँडो बनाई खान मिल्छ।
विज्ञहरूका अनुसार कागुनो समुद्री सतहदेखि २ हजार मिटरमाथिको उचाइसम्म उत्पादन गर्न सकिन्छ। उन्नत जातको कागुनोको विकास गर्न स्थानीय कागुनुका जातहरु संकलन गरी उत्कृष्ट जातको पहिचान गर्न अनुसन्धान भइरहेको कृषि अनुसन्धान केन्द्र विजयनिर जुम्लाले जनाएको छ। जुम्लामा चैत वैशाख महिनामै कागुनो छरिन्छ। कागुनो एक हजार ५ सयदेखि दुई हजार मेट्रिक टन प्रतिहेक्टरमा उत्पादन हुन्छ। कागुनो प्रायः फागुनमा मकैसँगै छरिने र छिटो पाक्ने अन्न हो।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार जुम्लामा १५ हेक्टरमा कागुनो खेती गरिएको छ। वार्षिक १५ मेट्रिक टन कागुनोको दाना उत्पादन हुन्छ। प्रशोधन गर्दा ८ मेट्रिक टन जति चामल निस्कन्छ। एक दुई मेट्रिक टन बाहेक सबै कागुनोको चामल निर्यात भइसक्छ। जुम्लामा कोदो, चिनो र मकै खेतीसँगै मिसाएर कागुन खेती गरिन्छ।
यता जुम्लाको चन्दननाथ नगरपालिका ८ तलिउमकी छिता बोहोरा १० किलो कागुनोको चामल सदरमुकाममा खोलिएको कोसेली घरले सजिलै बेच्ने गरेको बताउँछिन्। उनले प्रतिकिलो १ सय ६० रुपैयाँमा कागुनोको चामल बेचेर एक हजार ६ सय रुपैयाँ बुझ्ने गरेकी छिन्। उनले आगामी दिनहरुमा कागुनोको व्यावसायिक खेती गर्ने योजना रहेको सुनाइन्।
जुम्ला गुठी चौर ५ का नन्दप्रसाद देवकोटाले कागुनो पहिलो पटक ५ केजी कागुनोको चामल १ सय ६० रुपैयाँमा प्रतिकिलो चामल बिकेपछि उत्साहित हुँदै घर फर्केका देवकोटा अहिले गाउँमा कागुनो खेतीको बारेमा हरेक किसानसँग विमर्श गरिरहेको छन्। उनीहरु जस्ता दर्जनौँ किसान कोसेली घरमा कागुनोको चामल बेच्न जिल्लाको तातोपानी, पातारासी, गुठी चौर र चन्दननाथ नगरपालिकाबाट कागुनोको चामल सदरमुकाम खलंगा आइपुग्छन्।
उनीहरू कागुनोको चामल बेचेको रकमले बालबालिकाको कापी कलम किनेर लग्दिने गरेको बताउँछन्। गाउँमै कागुनो लगाउने चलन भने बिस्तारै हट्दै गएको छ।