जुम्लासहित कर्णालीका जिल्लामा अत्यधिक चिसो बढेको छ। चिसोसँगै चिसोमा बिक्री हुने भेडाभेडी उनबाट बनेको कम्बलले ग्रामीण क्षेत्रको जीवन भने न्यानो हुन थालेको छ।
अर्थात् चिसो बढेसँगै जुम्लासहित साविकका जिल्लामा भेडाभेडीको उनबाट बनेका कम्बल,फेरुवा,लिउहरुकोको घुम्ती व्यापार बढेको छ। चिसो, गर्मी र वर्षा तीनवटै मौसममा प्रयोग गरिने भेडाको ऊनबाट बनाएको कम्बल,फेरुवा र लिउको खरिद बिक्री जाडोमा अलि बढी हुने गर्दछ। जाडोयाममा न्यानोका लागि ओछ्याउन, ओढ्न सकिने हुँदा यसको व्यापार बढेको हो।
खासगरी ग्रामीण क्षेत्रका समुदायले भेडापालन गरेर त्यसको ऊनबाट विभिन्न आकार प्रकार, रङका कम्बल बनाएर बेच्ने गर्दछन्। उनीहरूको जीवन निर्वाह पनि यसैमा आश्रित रहेको छ। उनको कम्बल बेचेर घरपरिवारको गर्जो टार्न, छोराछोरीलाई राम्रो शिक्षा दिलाउन र बचत समेत हुने गरेको मुनचुन्ने रावतले बताए।
जाडो मौसममा सबभन्दा बढी कम्बल बिक्री हुने गरेको बताउँदै उनले यो सिजनमा १ देखि ३ लाखको कम्बल बिक्री हुने गरेको जनाए। तयार गरिएको कम्बल खुद्रा र थोकमा पनि बिक्री गरेर राम्रो आम्दानी हुने गरेको अर्का चन्दननाथ नगरपालिका-८ का डिल्ली थापाले बताए।
उनले भने, 'हामीबाट अन्य व्यापारीले पनि खरिद गरी बाहिर जिल्लामा व्यापार गरेर लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन्। भेडापालक किसानबाट उनीहरुले खरिद गरी ल्याएको कम्बल खुद्रामा प्रतिकम्बल सामान्य पाँच हजारदेखि छ हजार रुपैयाँ सम्ममा बेच्ने गर्दछन्।'
एक दशकभन्दा बढी समयदेखि यसको व्यापार गर्दै आएका मोतिराम रावत औसतमा प्रत्येक दिन चार÷पाँचवटा कम्बल बिक्री भइरहेकाले आम्दानी पनि निकै राम्रो रहेको बताए। नयाँ पुस्तामा यस्तो कम्बलका बारेमा जानकारी नहुँदा किन्न हिच्किचाउने गरेको उनले पारखी तथा जानकार बाटो कुरेर बस्ने गरेको अनुभव सुनाए।
यतिबेला जिल्लाको ग्रामीण क्षेत्रका व्यापारीले थोक मूल्यमा कम्बल खरिद गरी जाडो अवधिभर तराईका विभिन्न जिल्लामा व्यापार गर्ने गर्दछन्। बहुउपयोगी कम्बलको पारखी बूढापाकाले अहिले पनि सिरकभन्दा कम्बल नै मन पराउने गरेका कारण व्यापार जीवित रहेको उनको भनाइ छ।
सिरक तथा अन्य आधुनिक कम्बल ९ब्लाङ्केट० नयाँ पुस्ताले मन नपराए पनि बूढापाकाको कारण यसको बजार व्यवसाय अझै जीवित रहेको उनले बताए। रावतका अनुसार यस्तो कम्बल सबभन्दा बढी न्यानो हुने, वर्षा र घाममा छाताजस्तै काम गर्ने, पूजापाठ गर्दा बस्नलाई यस्तै कम्बल प्रयोग भइरहेकाले बिक्री सन्तोषजनक भइरहेको छ।