‘काठमाडौं महानगरको सद्बुद्धि पलाओस्’
१९ पौष २०७९
•
३ मिनेट पाठ
‘काठमाडौं महानगरको सद्बुद्धि पलाओस्’
‘अकुपाई टुँडिखेल’का अभियन्ताहरूबाट सोमबार ज्ञापनपत्र बुझ्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल ।तस्बिर: विजय राई/नागरिक
स्थानीयवासी र संरक्षण अभियन्ताले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै काठमाडाैंमा आन्दोलन सुरु गरेका छन्। खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका उनीहरूले सोमबार महानगरमा धर्ना दिँदै ज्ञापनपत्र बुझाए। खुलामञ्चमा भूमिगत पार्किङ बनाउन नहुने र त्यसलाई खुला पहुँचमा राख्नुपर्ने उनीहरूको भनाइ छ। ‘मेयर बालेन्द्र (बालेन) साह र उहाँको टिमको सद्बुद्धि पलाओस् भन्ने कामना गर्छौं,’ अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठले भने, ‘अहिलेको धरहरालाई नक्कली धरहरा भन्नेले किन नक्कली टुँडिखेल बनाउन खोजेको होला ?’ काठमाडौंकै ‘फोक्सो’ भनिने टुँडिखेलको खुलामञ्चभित्र तीनतले भूमिगत पार्किङ बनाउने योजनाले स्थानीयलाई निकै त्रसित बनाएको उनले बताए।  




‘साँझबिहान टहल्न मात्र होइन, भूकम्प आयो भने जीवन बचाउन कुदेर आउने ठाउँ पनि यही हो,’ श्रेष्ठले भने, ‘यस्तो ठाउँमा जनतासँग समन्वय नगरी काम अगाडि बढाउनु दुर्भाग्यपूण हो।’ सुन्धारामा पानी आएन भनेर चिन्तित हुने मेयर भूमिगत पानीको रिचार्ज सेन्टर मास्न लागेको देखेर दुःख लागेको उनले सुनाए। कात्तिक अन्तिम साता काठमाडौं महानगरपालिकाले वडा नम्बर २८ मा रहेको खुला मञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ बनाउने योजना सार्वजनिक गरेसँगै स्थानीय र संरक्षण अभियन्ता आक्रोशित भएका छन्। सोमबार खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन र त्यसलाई खुला पहुँचमा राख्न माग गर्दै स्थानीयहरूले महानगरको गेटमा धर्ना दिएका थिए।  

खुलामञ्च राजनीतिक आन्दोलनदेखि संस्कृति महोत्सवसम्मको साक्षीको केन्द्र हो। ‘हामी कसैको पक्ष या विपक्षमा रहेर होइन, जनप्रतिनिधिले विधि नमानेकाले नेपालको संविधानले दिएको हक प्रयोग गरेर आन्दोलनमा आएका हौं,’ अभियानका प्रवक्ता एवं अधिवक्ता सञ्जय अधिकारीले भने, ‘सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु सबै नागरिकको कर्तव्य हो।’

यसअघि सार्वजनिक रूपमा नै योजना अघि नबढाउन महानगरलाई चेतावनी दिँदै आएका सर्वसाधारणले महानगरले विस्तृत परियोजना प्रतिवेदन बनाउन थालेपछि आन्दोलन सुरु गर्नुपरेको बताए।

बालेनले भेट्ने समय दिएनन् 

काठमाडौं महानगरको मूल ढोकामा धर्ना र प्रदर्शनपछि मेयर बालेन्द्र (बालेन) साहलाई ज्ञापनपत्र दिने कार्यक्रम रहे पनि मेयरले अहिले समय नभएको बताएपछि उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाएको आयोजकले बताए। बालेनको सचिवालयले मेयरलाई माघको पहिलो सातासम्म फुर्सद नभएको जवाफ दिएको अकुपाई टुँडिखेलका प्रवक्ता सञ्जय अधिकारीले बताए। ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले लोकतान्त्रिक पद्धतिमा जनता सबैभन्दा माथि रहेको भन्दै जनतासँगको परामर्शबिना महानगर एक्लैले कुनै काम नगर्ने बताइन्। ‘अहिलेको पहिलो प्राथमिकता पार्किङ हो कि होइन भन्ने बुझ्नुपर्छ,’ उनले भनिन्, ‘वरिपरि भएका पार्किङले समस्याको सम्बोधन गर्छ भने नयाँ सरचना बनाउनैपर्दैन।’  

ज्ञापनपत्र दिन पुगेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सबै चिज सहरको मुटुमा केन्द्रित गर्दा झनै समस्या थपिने बताए। उनले खुलामञ्च वरिपरि रहको क्षेत्रमा स्कुल, कलेज, अस्पताल रहेकाले यस्तो ठाउँमा पार्किङ बनाउन नहुने तर्क राखे। त्यस्तै उनले टुडिँखेल र खुल्ला मञ्च भूमिगत पानीको ‘रिचार्ज सेन्टर’ रहेको बताउँदै सहरको खुला ठाउँलाई नास्न नहुने सुझाव दिए।  

‘सबैतिर पार्किङ हुँदा फेरि सहरको मुटुमै किन चाहियो ?’ प्रधानले भने, ‘जनताको कुरा सुन्नुपर्छ। टुडिँखेलभित्र कुनै पनि हालतमा पार्किङ हुनुहुँदैन।’

साँघुरिँंदै टुँडिखेल  

सहरका सर्वसाधारणले सास फेर्ने तथा दैविक प्रकोपका बेला आश्रय स्थलका रूपमा रहेको टुँडिखेल दिन प्रतिदिन साँधुरिँदै गएको छ। सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र रहेको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ मा आइपुग्दा १४ प्रतिशतले खुम्चिएको तथ्यांकले देखाउँछ। ‘यही अतिक्रमणलाई नजरअन्दाज गर्न नसकेर खुला टुँडिखेलको आन्दोलन सुरु गरेका हौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘सहरका अन्य ठाउँमा बन्दै गरेका र भएका विभिन्न विकल्प हुँदाहँुदै प्राकृतिक रिचार्ज क्षेत्रलाई विनाश नगर्न अनुरोध गर्छौं।’
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस