गोरखाको आरुघाट गाउँपालिकाको सोतीबजारबाट ६ केजी पाँचऔँले सहित एक जना पक्राउ परेका छन्। धार्चे गाउँपालिका केरौँजाका ५४ वर्षिय आशमान गुरुङ पक्राउ परेका इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रामजी देवकोटाले बताए।
‘प्रतिवन्धीत पाँचऔँले बोकेर हिँड्दैगर्दा पक्राउ गरिएको हो’ प्रहरी निरीक्षक देवकोटाले भने ‘पाँचऔँले सहित पक्राउ परेका ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पठाएका छौँ।’ जिल्ला प्रहरी कार्यालयले आईतवार डिभिजन बन कार्यालयमा बुझाउने तयार गरेको छ।
पाँचऔँले प्रतिवन्धीत जडिवुटी भएकाले यो संकलन र बिक्री गर्न नपाईने डिभिजन बन कार्यालयका सहायक बन अधिकृत महेश पौडेलले बताए।