कालिकोटको खाँडाचक्र नगरपालिका–६ गोरालबाडा की १६ बर्सिया किशोरी निरु विक हत्या घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न ज्ञापन पत्र पेश गरिएको छ।
चेस फोर्स नेपाल कर्णाली प्रदेशका बिग्रेड कमान्डर हिक्मतजंग मल्ल लगाएतले निरु विक बलात्कार पछि हत्या भएको घटनाका दोषीलाई तत्काल छानबिन गरी कारबाहीका लागि माग गरेका हुन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै बलात्कार पछि हत्या जस्ता जघन्य अपराध गर्ने अपराधी पहिचान नहुँनु, पीडित पक्षले न्याय नपाउनु जस्ता कारणले अझै पनि कालिकोट जिल्लाका नागरिकले कानुनी राज्यको आभास पाउन नसक्नु दुखद भएको बताउँदै गृह मन्त्रालयलाई उक्त ध्यानाकर्षण पत्र पेश गरिएको हो।
विज्ञप्तिमा भनिएको छ ’सामाजिक न्याय स्थापित गर्न र समतामूलक समाज निर्माण हुनु पर्ने कुरामा चे फोर्स नेपाल स्थापना कालदेखि नै प्रतिबद्ध छ। यस्ता जघन्य अपराध मानवता विरोधी भेदभावका घटना कुनै पनि हालतमा स्वीकार नभएको हुँनाले यो घटनाको तत्काल अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कारबाहीको निम्ति चे फोर्स नेपाल जोडदार माग गर्दछ।’
२०७८ साल भदौ ४ गते मेला हेर्न गएकी १६ बर्सिया किशोरी निरु विकको शरीरको आधा भाग कपडा मात्र रहेको अवस्थामा भदौ ७ गते घर नजिकैको मकै बारीमा शव फेला परेको थियो। कक्षा ९ मा अध्ययनरत छात्रा निरु विकको बलात्कार पछि हत्या भएको १ बर्ष ४ महिना बितिसक्दा पनि उक्त घटनाका हत्यारा अहिलेसम्म पत्ता लागेको छैन्।
‘न्याय नपाउँदाको पीडा त फरक छ’
दलित किशोरीको बलात्कारपछि भएको हत्याको घटनालाई प्रहरीले गम्भीर रूपमा नलिँदा पीडित परिवार भने असुरक्षा महसुस गरिरहेको छ। २०७८ भदौ ४ गते गाउँमा (पैठ) मेला लागेको थियो। आमा लालकैराले बेलुकातिर घरमा छोरी नदेखेपछि मेला हेर्न गएको अनुमान लगाइन्। भोलिपल्ट बिहान पनि छोरी घरमा नदेखेपछि उनले छिमेकीलाई खबर गरिन्।
हराएकी छोरीको तीन दिनपछि भदौ ७ गते घर नजिकैको मकै बारीमा शव भेटियो।
लालकैराले छोरीमाथि भएको बलात्कार र हत्याको अनुसन्धान गरिदिन जिल्ला प्रहरी कार्यालय कालिकोटमा निवेदन दिइन्।
हत्या भएको स्थलबाट प्रहरीले मोबाइल सेट र दुई वटा पछ्यौरा भेटाएको थियो। मोबाइलको कल डिटेलबाट पनि धेरै कुराहरू खुल्न सक्थ्यो। निरुको हत्या भएपछि अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष टोली पनि खटाइएको थियो। तर, प्रहरीले १ वर्ष ४ महिनाको अवधि सम्म के–के अनुसन्धान गर्यो भन्ने पनि खुलाएको छैन्।

‘शरीरको आधा भागमा मात्रै कपडा थियो, दुईवटा सल र मोबाइल सेटसँगै थियो,’ आमा लालकैराले भनिन्, ‘घटनास्थलमा आएका पुलिसले बलात्कारपछि हत्या भएको हो भनेका थिए, अहिलेसम्म छोरीको बलात्कारी र हत्यारा प्रहरीले सार्वजनिक गर्न सकेको छैन्।’छोरीको बलात्कार र हत्यामा संलग्नहरू पक्राउ नपर्दा घरमा बस्न असुरक्षा भइरहेको उनले बताइन्। ‘छोरीलाई मार्नेहरूले कति बेला हामीलाई पनि मार्ने हुन् पत्तो छैन,’ उनले भनिन्, ‘न्याय नपाउँदाको पीडा त छँदैछ, त्यसमाथि हामीलाई पनि कति बेला आएर छोरीका हत्याराहरूले मर्ने हुन् भन्ने डर लागिरहन्छ ।’
लालकैराले छोरीमाथि भएको बलात्कार र हत्याको अनुसन्धान गरिदिन जिल्ला प्रहरी कार्यालय कालिकोटमा निवेदन दिइन्।
छोरीको हत्या भएको १ वर्ष ४ महिना पूरा हुँदा पनि अनुसन्धानले गति लिएको छैन ।‘हाम्रो आवाज सुनिदिने र पहल गरिदिने कोही नभएकाले हो वा हत्याराहरू ठुला मान्छे भएर हो प्रहरीले पनि खासै अनुसन्धान गरिदिएनन्,’ उनले भनिन्, ‘त्यहीँ भएर अहिले त प्रहरीको पनि भरोसा लाग्न छाडिसकेको छ ।’ घरमा बस्दा लालकैरालाई छोरीको झल्कोले सताउँछ। सरस्वती मावि हुप डाँडामा कक्षा ९ मा पढ्दै गरेकी निरुको हत्यापछि लालकैरा अधिकांश समय घरबाहिरै हुन्छिन्।
‘घरमा छोरीको झल्कोले सताउँछ, घरमा बस्न पनि डर लाग्छ,’ उनले भनिन्, ‘ठुलो उमेरकी छोरीलाई कसरी भुल्न सक्नु ?’दिदी दुधकला विक बहिनीको बलात्कार र हत्यामा गाउँकै मानिसहरूको संलग्नता भएको आशङ्का गर्छिन्। ‘कोही टाढाबाट आएर बहिनीमाथि ज्यादती गरेर मारेको जस्तो लाग्दैन, गाउँकै कसैको यो घटनामा संलग्नताको आशङ्का हामीले गरेका छौं,’ दुधकलाले भनिन्, ‘हामीले प्रहरीलाई पनि यहीँ कुरा भनेका हौँ, प्रहरीले कुनै चासो लिएन ।’