यस वर्ष जुम्लामा सरकारी अनुदानमा ठुलो सङ्ख्यामा जीर्ण घरका छाना फेरिने भएको छ।
नेपाल सरकारको विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत जुम्लामा जीर्ण घरका छाना फेरिन लागेको हो। जसमा जुम्लाका ८ स्थानीय तहमध्ये ३ गाउँपालिकामा २ हजार २ सय ४३ वटा घरका छाना फेरिने छन्।चन्दननाथ नगरपालिकामा मात्रै १ हजार २ सय १९ घरका छाना फेरिने छन्।
पहिलाका नियमित तर्फका ३ सय १९ र अहिले थपिएका ९ सय घर गरी कुल १२ सय १९ घरमा जस्ताको छाना फेरिने चन्दनाथ नगरपालिका जुम्लाका मेयर राजुसिंह कठायतले जनाए। कठायतका अनुसार कार्यविधि अनुसार विपन्न नागरिक छनोट गरिएको छ।
तातोपानी गाउँपालिकामा ५ सय १२ वटा जीर्ण घरका छाना फेरिने तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए। हिमा गाउँपालिकामा पनि ५ सय १२ वटै घरका छाना फेरिने छन्।
विगतमा ६०/६२ घरका मात्रै छाना फेरिन्थे। यो वर्ष ५ सय १२ घर पुगेको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले दाबी गरे। छाना फेर्न प्रति लाभग्राहीले ७५ हजार अनुदान पाउने छन्। विगतका वर्षमा मात्र ५० हजार अनुदान रहेको थियो।
यस वर्ष २५ हजार थपेर लाभग्राहीले प्रति ७५ हजार पाउने छन्। प्रति लाभग्राही ७५ हजारका दरले हिमा, तातोपानी र चन्दननाथका २ हजार २ सय ४३ जनालाई १६ करोड ८२ लाख २५ हजार बजेट लगानी गरिने सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्र खड्काले जानकारी दिए।
उनले भने 'जुम्लाका अन्य गाउँपालिकामा पनि छाना फेर्ने कार्यक्रम लागु हुनेछ।' यो वर्ष माथिबाटै बजेट बढेर आएको खड्काको भनाइ छ।