जुम्लामा इन्टरनेटको समस्या, नेटवर्क सुधारका लागि प्रशासनलाई ध्यानाकर्षण पत्र
०४ पौष २०७९
•
३ मिनेट पाठ
जुम्लामा इन्टरनेटको समस्या, नेटवर्क सुधारका लागि प्रशासनलाई ध्यानाकर्षण पत्र
तातोपानी गाउँपालिका –४ का स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै।
तातोपानी गाउँपालिका-४ गिडीखोलाका भक्तबहादुर सार्कीले मोबाइलमा टेलिफोन सेवाका लागि नेटवर्क नहुँदा कैयौँ दिन खबर आदान प्रदान गर्न नपाएको भन्दै गुनासो पोखे। उनकाे घर नजिकै टेलिफोनको टावर नभएको भने होइन, टेलिफोनको टावर पनि छ तर मोबाइलमा नेटवर्क छैन्। उनले मोबाइलमा नेटवर्क टावर आउनका लागि घाम नै कुर्नु पर्ने गुनासो गरे।




'घाम लागेपछि मात्रै मोबाइलमा नेटवर्क आउने गर्छ। बिहान, बेलुका र रातीको समयमा फोन सम्पर्क नहुँदा खबर आदानप्रदानमा समस्या हुने गरेको छ।' उनले भने। 

तातोपानी गाउँपालिका जुम्लाको मुकाम खलंगासँगै जोडिएको पालिका हो। तर पनि टेलिफोन सेवाका लागि धेरै दुर्गम भए झैँ मानिएको छ। तातोपानी गाउँपालिका –४, ५, ६ वडामा पर्ने गिडीखोला, नियापानी, पर्थेनि, पाण्डेवाडा, हाकु, गौतमवाडा, हियाखोला, ऐरेनी, लाम्रा, श्रीनगर गाउँ बस्तीका नागरिकले डेढ वर्षदेखि यो समस्या भोग्दै आएका छन्।

यस्तै चन्दननाथ नगरपालिका - ८, ९, १० वडामा पर्ने खल्लागाउँ, सिलाम, बारकोटेवाडा, उमगाड, श्रीढुष्का, तलिउम, माझउम, जातिभिड  लगायत बस्तीले पनि नेटवर्क समस्या हुने गरेको बताउँदै आएका छन्। यिनै गाउँ बस्तीलाई लक्षित गरी नेपाल टेलिकम जुम्लाले हाँकु लाग्ना टेलिफोन टावर स्थापना गरेको थियो। तर सो टावरले घाम लागेपछि मात्रै नेटवर्क दिने हुँदा सेवाग्राहीले टेलिफोन सेवाको दुख्ख भोग्नु परेको हो।

यो टावर सौर्य ऊर्जा मार्फत सञ्चालन छ। डेढ वर्षदेखि नेपाल टेलिकमले नेटवर्क सुधार गर्न बेवास्ता गरेपछि तातोपानी गाउँपालिका –४ का स्थानीयले समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरेका छन्। उनीहरूले ध्यानाकर्षण पत्र बुझाएर छिटो नेटवर्क सुधारको माग गरेका हुन्।

सहज र नियमित रुपमा टेलिफोन सेवा प्रयोगमा नआएको भन्दै सुधारको माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको वडाध्यक्ष अमर रोकायाले बताए।

उनले भने 'बिहान घाम झुल्किदा नेटवर्क आउने र साँझ घाम अस्ताएसँगै नेटवर्क जाने समस्याले डेढ वर्षदेखि सूचना तथा सञ्चारको अधिकार कुण्ठित बनाएको छ। राती कोही बिरामी हुन्छन्। सुत्केरी हुने गर्भवती महिला हुन्छन्। विपद्का घटना हुन्छन्। एम्बुलेन्स, प्रहरी प्रशासन, सरोकारवाला निकायलाई खबर आदानप्रदान गर्नुपर्ने हुन्छ। यस्ता अतिसंम्वेदशित कामबाट यहाँका नागरिक वञ्चित भएका छन्।'

नेपाल दूरसञ्चारको तथ्याङ्क अनुसार जुम्लाका ७ वटै गाउँपालिका सबै गाउँ बस्तीमा टेलिकम सेवा पुगे पनि प्रभावकारी र गुणस्तरीय सेवा विस्तार हुन सकेको छैन।

वडाध्यक्ष रोकायाले भने 'टेलिफोन सेवाका लागि पटक–पटक नेपाल टेलिकम जुम्लाका प्रमुख समक्ष जानकारी गराई दिगो व्यवस्थापन समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ भएन। टावर सञ्चालन गर्न दिगो व्यवस्थापनका लागि जाल्पा हाइड्रोबाट बिजुली जडान गर्न खोजिएको हो। यसमा टेलिकमले चासो देखाएको छैन।' 

नागरिकको माग प्रति बेवास्ता गर्दै सूचना प्रविधिको पहुँचमा तत्काल सुधार नभए नेपाल टेलिकम जुम्लामा तालाबन्दी, धर्ना र घेराउ जस्ता गतिविधि अगाडी बढाउने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले समस्या समाधानका लागि नेपाल टेलिकमसँग समन्वय गर्ने बताए। नागरिकले जति बेला टेलिफोन सेवा प्रयोग गर्न पाउनु पर्दछ। उनले भने 'समस्या समाधान गर्न केन्द्रीय कार्यालयमा पनि पहल गर्नेछौँ। जुम्लामा टेलिफोन र इन्टरनेटको समस्याले गर्दा कामकाज प्रभावित हुने गरेका छन्।'
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस