चट्टान भित्रको अनौठो ताल र त्यही ताल माथि उभिएको पहाड, जुन पहाडलाई चारैतिरको धना जंगल थप सुन्दर बनाएको छ। त्यही नै हो, सुन्दर कालाजग्रा क्षेत्र। बडीमालिका र बुढीनन्दा नगरपालिकाको बीचमा पर्ने कालाजग्रा जिल्लाकै ठूलो वन क्षेत्रले घेरिएको गन्तव्य हो।
सुदूरपश्चिमकै प्रमुख धार्मीक तथा पर्यकीय गन्तव्य बडीमालिका, बुढीनन्दा र सैपाल हिमाललाई सहज नियाल्न सकिने उच्च पहाड क्षेत्रको रुपमा कालाजग्रा परिचति छ। कालाजग्रा क्षेत्रबाट बाजुरा, बझाग, अछाम, डोटी, हुम्ला लगायतका जिल्लाको दृश्वलोकन गर्न सकिन्छ।
तत्कालिन बाइसे चौबिसे राज्य अन्र्तगतको जुम्ला राज्यले बनाएको पोखरे गढीले समेत उक्त क्षेत्र परिचित छ। चट्टान भित्रको गुफामा भेटिने तालको आकर्षण र आश्चर्यले पनि थप मनोमोहक र चकित पार्ने खालको देखिन्छ, कालाजग्रा।
पछिल्लो समय बडीमालिका नगरपालिका ७ नम्बर वडाले पैदल मार्ग समेत बनाएको छ। मार्तडी कोल्टी सडक क्षेत्रबाट पक्की पैदल मार्ग निर्माण गरि पर्यटकलाई आवत जावतमा सहज हुने गरेको वडा अध्यक्ष एवं बडीमालिका नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले बताएका छन्।
कालाजग्रा क्षेत्रमा धार्मीक आस्थाको मन्दिर समेत छ। त्यहाँ बिशेष मेला पर्वमा पूजा पाठ लाग्ने गर्दछ। बडीमालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयले आस्थाको रुपमा पुजा पाठ गर्ने गरेका छन्। हाल त्यस क्षेत्रमा भव्य मन्दिर, रेलिग सहीतको बाटो, भ्यू टावर समेत निर्माण गरिएको छ।
स्थानीय तह, संघ र प्रदेश सरकारको लगानीमा कालाजग्रा क्षेत्र नजिकै ढम्कनेमा फन पार्क समेत निर्माणाधीन अवस्थामा छ। बडीमालिका, रारा, रारा खप्तड मार्गको बीचमा पर्ने कालाजग्रा अन्य गन्तव्यसँगको पहुँचमा पनि बढी महत्वको देखिन्छ।
भविष्य बोकेको गन्तव्यलाई थप आकर्षीत र पर्यटक बनाउने लक्ष्यमा बडीमालिका नगरपालिका ७ नम्बर वडा कार्यालय देखिएको छ। थुप्रै संरचना बनाएर व्यापक प्रचार गरिरहेको वडा कार्यालयले यो पटक सहज दृश्यावलोकनका लागि टेलिस्कोप र वाइनाकुलर जडान गरेको छ।
वडा कार्यालयले पूर्व मन्त्रीसहित नेताहरुको टोली नै लिएर टेलिस्कोप र वाइनाकुलर जडान गरिएको छ। नेपाल सरकारका पूर्व मन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, निवर्तमान सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, एमाले प्रदेश कमिटी सदस्य लालबहादुर ओली, एमाले जिल्ला पार्टी सचिव भरत थापा सहीतको टोलीले टेलिस्कोप र वाइनाकुलरको औपचारिक उद्घाटन गरेका छन्।
कालाजग्रा क्षेत्रमा टेलिस्कोप र वाइनाकुलर जडान सहीत राष्टिय झण्डा समेत फहराएका छन्। कालाजग्रा क्षेत्र अति आकर्षक र भविष्य बोकेको गन्तव्यका रुपमा देखिएकोले प्रर्वद्धन र विकासका लागि सबै तिरको पहल र सहकार्य जरुरी रहेको पूर्व मन्त्री कर्णबहादुर थापाले बताएका छन्।
वडा कार्यालयसँगको सहकार्यमा कालाजग्रा पर्यटन प्रर्वद्धन विकास समितिले टेलिस्कोप र वाइनाकुलर खरिद गरि जडान गरिएको हो। कालाजग्रा क्षेत्रको प्रवद्र्धन र विकासका लागि स्थानीय स्तरमै समिति समेत गठन गरिएको छ।
बाजुरामा रहेका गन्तव्य मध्ये कालाजग्रा क्षेत्रमा बढी लगानी र संरचना निर्माण गरिएको छ। पछिल्लो समय कालाज्रगा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।
कालाजग्रा पर्यटक लागि धेरै टाढाको गन्तव्य पनि होइन्। मार्तडीबाट १ घण्टाको जीपकोयात्रा पछि २ घण्टाको पैदल दुरीमा पुगिन्छ। बाजुराको आलुको राजधानी ढम्कने क्षेत्रका स्थानीयको आयस्तर वृद्धिमा समेत कालाजग्राले ठूलो राहत पुर्याउने विश्वास गरिएको छ।
कालाजग्राको पर्वद्धनका लागि यस अघि ढम्कनेमा आलु महोत्सव गरिएको थियो। पहिला बाटो अप्ठ्यारो रहेको थियो अहिले बाटो बन्दा जान निकै सहज भएको कालाजग्रा पर्यटन प्रबद्धन समितिका अध्यक्ष लोकेन्द्र बहादुर रोकायाले बताएका छन्।
कालाजग्रा सदरमुकाम मार्तडीबाट २१ किलोमिटर पूर्वोत्तरतर्फ करिब ३२ सय मिटरको उचाईमा छ। कालाजग्रा पुग्ने जो कोही पनि प्रकृतिमा रमाएर फर्किने गरेका छन्।
कालाजग्रा दुईटा हिमालको बीच भाग सिंहको आकृतिमा देखिन्छ। सो क्षेत्रलाई टाइगर हिको रुपमा पनि चिन्ने गरिएको छ। कालाजग्रामा हिमाली क्षेत्रमा पाइने चितुवा भेटिरहने गरेको छ। धार्मीक र पर्यटकीय दुबै पक्षबाट संभावना बोकेको क्षेत्रमा पहिलो प्रयास टेलिस्कोप र वाइनाकुलर जडान पछि आन्तरिक पर्यटक बढ्न सक्ने अनुमान गरिएको छ।