दलित परिवारकी किशोरी। घरको अवस्था कमजोर। उनी घर नजिँकै रहेको छिमेकीकोमा जान्थिन्। त्यहाँ मिठो मिठो खान दिन्थें। उनलाई छिमेकी आन्टीले मायाँ गरेको महसुश बढ्न थाल्यो। एक दिन आन्टीले बिहेमा जान अनुरोध गरिन्। मिठो खान पाइन्छ भन्ने उद्देश्यले उनी सहजै मानिन्। तर, उनी बिहेमा नभई बेचिन पुगिन्। ‘मेरो घर झापा हो। सात वर्षअघि छिमेकी आन्टीले बिहेमा जाने भनेर हिडाल्नु भयो। बाटोमा जुस खान दिनुभयो। एक्कासि म भैरहवा पुगेपछि थाहा पाए,’ विगतको दिन सम्झना गर्दै ति किशोरीले भनिन्, ‘मलाई बेहोस पार्ने औषधी दिएको रैछ। भैरहवा भन्ने ठाउँ पनि पछि थाहा पाए।’
यो घट्ना सात वर्ष अघिको हो। एउटै होटलमा सात महिना बन्दक बनाइयो। त्यसपछि अर्कै होटलमा देहब्यापारमा लगाइयो। ‘भैरहवामा मलाई होटेलमा राखियो। त्यहाँबाट बाहिर निस्कन दिँदैन्थयो। खाना समेत ढोका थुरेर दिन्थ्यो। सात महिनापछि बुटवलमा ल्याइयो। कोठामा दैनिक १२, १३ जनाभन्दा बढी छोरा मान्छे आउथेँ,’ उनले भनिन्, ‘उनीहरुले भनेको नमाने पिट्ने, चुरोटले डाम्ने, जस्ता यातना दिन्थेँ।’
त्यो पिडा सहन नसकेर त्यहाँबाट भागिन्। तर, जाने ठाउँ कहि थिएन। उनी प्रहरीको सम्पर्कमा पुगिन्। प्रहरीकोमा सुरक्षित बसोबासको व्यवस्था थियो। गैरसरकारी सस्थाको आभास गृहमा पुगिन्। तर, त्यहाँ पनि उनको सुरक्षित बासको ग्यारेन्टी छैन। ‘घर गएर बस्ने ठाउँ छैन। मलाई संस्थाले कति दिनसम्म संरक्षण गर्ने?’ उनले भनिन्, ‘हामी हिंसा प्रभावितहरुलाई स्थायी संरक्षण कस्ले गर्ने?’ उनी नेपालसंग आवद्ध छिन्। अहिले उनले स्नातक तहमा पढ्दै छिन्।
जिल्ला प्रहरी कार्यालय चितवनमा हिंसा प्रभावित व्यक्तिहरुको आउने संख्या बढ्दो छ। त्यसमध्ये तत्काल घर तथा समाजमा पुर्नस्थापना गर्न नसक्ने व्यक्तिलाई राख्ने सुरक्षित आभास प्रहरीसंग छैन। उसले निजि संघसंस्थालाई अनुरोध गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीले बताए।
‘हामी कहाँ हिंसा प्रभावितहरु आउनुहुन्छ। कतिपय पिडितहरुलाई घर पठाउने अवस्था पनि हुँदैन हामीले व्यक्तिगत रुपमा फोन गरेर निजि संघसंस्थालाई अनुरोध गर्नुपर्दछ,’ उनले भने।
चालु आर्थिकको सात महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय चितवनले ७३ जना हिंसा प्रंभावित व्यक्तिलाई विभिन्न आश्रममा पठाएको छ। त्यसमध्ये महिला ३९, बालक ८, बालिका २२ र पुरुष ४ जना छन्। घर तथा समाजमा पुर्नस्थापना गर्न नसक्ने व्यक्तिलाई राख्ने सरकारी स्तरको सुरक्षित अभास गृह हुने हो भने काम गर्न सहज हुने अधिकारी बताउँछन्।
‘सधै भरि संघसंस्थाहरुले कति गर्ने? यी संघसंस्थालाई पनि समेट्ने गरि सरकारी स्तरमा एउटा सेफ हाउस भयो भने, त्यहाँ डाक्टर हुन्छ, काउन्सिलर हुन्छ।’ उनले भने,‘ सुरक्षाको दुष्टिकोणले पनि सुरक्षित हुन्छ। हामीलाई काम गर्न पनि सहज हुन्छ।’
संविधानले अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण गर्ने अधिकार स्थानीय तहलाई दिएको छ। हिंसा प्रभावितलाई राख्ने गरी सुरक्षित अभास गृह बनाउने योजना बनाएपनि कार्यान्यन भने गर्न सकेका छैनन्। चितवन जिल्लालाई नै समेट्ने गरी सात वटै स्थानीय तहबाट सेफ हाउस चाहिन्छ भनेर हामीले तीन बर्षअघि एउटा तदर्थ समिति पनि बन्यो। एक वर्ष लगाएर ड्राफ कार्यविधि पनि बनायौँ,’ भरतपुर महानगरपालिका महिला बालबालिका तथा समाज कल्याण महाशाखाकी अधिकृत कलावति ओझाले भनिन्, ‘स्थानीय तहले नै चासो देखाउनुभएन।’
भरतपुर महानगरपालिकामा गैरसरकारी स्तरबाट खोलीका २२ वटा महिला तथा बालबालिका गृहहरु छन्। अहिले हिंसा प्रभावितहरु यी गृहहरुमा नै संरक्षित छन्। सरकारी स्तरबाट हिंसा प्रभावितहरुका लागि एउटा पनि सेभ हाउस नहुँदा उनीहरुको संरक्षणमा केही समस्या देखिएको छ। सरकारी स्तरबाट एउटा सेफ हाउस भएमा राम्रो हुने माइती नेपाल चितवनका संयोजक इश्वर गिरिले बताए।