जुम्लामा परम्परागत घरको शैली हराउँदै गएको छ। जुम्लाका सबै क्षेत्रमा यातायातको पहुँज भएसँगै पछिल्लो पुस्ताले घरको छानो जस्तापाताले छाउन थालेपछि परम्परागत शैली हराउँदै गएको हो।
मल्लकालमा बनेका घरको माटाको छतले दर्जनौं घर सँगै जोडिएको देखिन्थ्यो तर पुराना घरहरू अहिले हराउँदै गएका छन्। पछिल्लो समय यहाँका बुढापाकाले परम्परागत घरको शैली हराएसँगै आफूहरूको संस्कृति हराएको बताएका छन्। हिमाली जिल्लामा हिउँदमा बस्नका लागि न्यानो हुने माटाका घर चाहिन्छ तर त्यस्ता घरको शैली हराएको बताउँछन् पातारासी–१ स्याला गडिगाउँका सिंह ऐडी। उनका अनुसार जुम्लामा बनाइने परम्परागत घरको छुट्टै विषेशता छन्। पुराना शैलीका माटोका छत भएका घर ११ देखि २० घरसम्म सँगै हुने र उनीहरूले आफ्नो भाषामा गाउँलाई वाडा भनेर चिन्ने वा चिनाउने गर्थे। उनले भने आफ्नो वाडालाई स्याला वाडा भनेर चिनिन्थ्यो। बुढा पुस्ताहरूका अनुसार पुराना घर भूकम्पबाट बच्न र कुनै ठूलो सभा समारोह तथा भोजभतेर गर्नका लागि सहज हुने गथ्र्यो। पछिल्लो समयमा पुराना घरहरू हराउन थालेपछि मौलिक संस्कृति हराउँदै जान थालेको उनीहरूको गुनासो छ। अर्का हरि ऐडी हाम्रो धार्मिक परम्परा बचाउन चुनौती देखिएको बताउँछन्। ‘पुराना माटाका घर तातो हुन्थे, पक्की हुन्थे र सस्तोमा लगाइन्थ्यो, तल्लो तलामा गाईगोरु बस्थे, गोठे मल राम्रो उत्पादन गरिन्थ्यो। तर अहिलेका घर चिसो हुन्छन्, महँगा छन्, मल उत्पादन हँुदैन, सँगै जोडिएका पुराना घर अहिले हराउँदै गएको र जुम्लामा पाल्ने काठे गाई पनि लोप भएका छन्। सबै अन्य देशको सिको भइरहेको छ र अर्को कुरा ग्रामीण क्षेत्रका सबै बस्तीमा बाटो पुगेपछि गाउँगाउँमा जस्ता ढुवानी गर्न सजिलो भएको छ,’ उनी भन्छन्, ‘विकाससँगै विनाश हुँदै छ। जुम्लाका आठै स्थानीय तहका गाउँगाउँमा जस्ताले छाना छाइएको छ।’ परम्परागत घर निर्माणको शैली हराउँदै गएसँगै यहाँको मौलिक संस्कृति पनि लोप हुने सम्भावना रहेको जुम्लीवासीको भनाइ छ।