सुभाघाट पुल दुर्घटनाका १४ वर्ष: ‘फेरि त्यस्तो घटना कहिल्यै नहोस्’
२३ मंसिर २०७९
•
३ मिनेट पाठ
सुभाघाट पुल दुर्घटनाका १४ वर्ष: ‘फेरि त्यस्तो घटना कहिल्यै नहोस्’
तस्बिर: २०६४ पुस १० गते पुल चुँडिएर भेरी नदीमा खसेका तिर्थालुहरु। यो वर्षको शुभाघाट मेलामा कांग्रेस उपसभापति एवम् प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का।
२०६४ पुस १० गते पूर्वी सुर्खेतको मेहलकुनामा शुभाघाट पूर्णिमाको मेला लागिरहेको थियो। सुर्खेत मात्रै होइन्, छिमेकी जिल्लाहरुबाट पनि दर्शनार्थीको ठूलो भीड जम्मा भएको थियो। मेहलकुना र दहचौरलाई जोड्न भेरी नदीमाथि झोलुङ्गे पुल थियो। मेला हेर्न आएका दर्शनार्थीले पुल भरीभराउ थियो। त्यतिकैमा पुल चुँडियो। भेरी किनारमा मेला हेर्न आएका सयौं मानिसहरु नदीमा खसे। २५ जनाले ज्यान गुमाए, ५० बढी घाइते भए।  




सुर्खेतीहरु पुस १० लाई ‘कालो दिन’का रुपमा सम्झन्छन्। त्यहीँ दिनलाई गायिका देवी घर्ती र प्रकाश क्षेत्रीले गीतमार्फत यसरी सम्झेका छन्।  

भाँचिएछन् मुनाहरु चुडिएछन् फुल

मान्छे मार्ने धराप भयो सुभाघाटको पुल
मेला हेर्न आएका बेला घाइते भएका स्थानीय दीपक पुन मंसिर पूर्णिमा आउन थाल्यो कि यहीँ गीत सम्झन्छन्। ‘नदीको बगरमा मेला लागिरहेको थियो, झोलुङ्गे पुलबाट मसहित सयौं मानिसहरुले मेला हेरिरहेका थियौं,’ शुक्रबारदेखि सुरु भएको सुभाघाट मेलालाई सम्झदै पुनले भने, ‘लोड धान्न नसकेर होला पुल चुडिएर नदीमा खसिहाल्यो।’ एकछिन अघिसम्मको मेलाको रमझम कोलाहलमा परिणत भयो। ‘साँच्चै पूर्णिमाको मेलाले १५ वर्षअघिको घटनालाई झलझली सम्झाउँछ,’ उनले भने, ‘अव त्यस्तो घटना कहिल्यै नहोस्।’

झोलुङ्गे पुल चुडिएकै ठाउँमा तत्कालै नयाँ पुल बन्यो। अहिले नजिकै पक्की पुल पनि सञ्चालनमा छ। ‘अव झोलुङ्गे पुल चुडिँएर कोही पनि भेरीमा बगेर मर्नुपर्ने छैन्,’ उनले भने, ‘पक्की पुलले १५ वर्षअघि झोलुङ्गे पुल चुँडिएर मृत्यु भएकाहरुको आत्माले शान्ति पाएको अनुभूति हुन्छ।’ पुल दुर्घटनामा गुर्भाकोटको गुमीका १०, दहचौरका ९, घुमखहरेका २, बाँकेका २ र धारापानी र काप्रीचौरका १–१ ले ज्यान गुमाएका थिए।  

भेरी किनारमा हरेक वर्ष पाँचदेखि सात दिनसम्म शुभाघाट मेला लाग्छ। मेला भर्न सल्यान, जाजरकोट, दाङ, बाँके, बर्दिया र दैलेखबाट दर्शनार्थी आउँछन्। दुर्घटनाका केही वर्षसम्म यहाँ दर्शनार्थी आउन पनि डराउँथे। अहिले अवस्था फेरिएको छ। यो वर्षको मेलामा भक्तजनको उल्लेख्य सहभागीता थियो।  

‘अहिले भेरी किनारलाई दुबैतर्फ तटबन्ध गरिएको छ, भेरी नदीमाथि पक्की पुल सञ्चालनमा आएको छ,’ गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले भने, ‘यो वर्षको मेलामा पुरानौं रौकन देख्न पाइयो।’ उनले १५ वर्षअघिको घटनाले बारम्बार पिरोल्ने गरेको सुनाए। ‘पुलले धान्ने भन्दा धेरै मानिसहरुलाई जान नदिएको भए त्यो घटना सायद हुने थिएन्,’ पुनले भने, ‘त्यहीँ घटनाको सम्झनामा पक्की पुल बनेको छ, अव त्यस्तो घटना कहिल्यै नहोस्।’

मेलामा आउने भक्तजन मेला मात्रै भर्दैनन् सांस्कृतिक कार्यक्रम र किनमेलमा पनि सहभागी हुने अवसर पाउँछन्। मेलामा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहन्छ। ‘मेलामा आउनेले शुभाघाटको दर्शनसँगै किनमेल र राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती पनि हेर्न पाउनुहुन्छ,’ मेला आयोजना गरेको गुर्भाकोट–८ का वडाध्क्ष किरण विकले भने, ‘ ‘यो पटकको मेला एक लाखबढीले अवलोकन गर्ने अपेक्षा लिएका छौं।’

मेलाको उद्घाटन पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति एवम् सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले गरे। उनले मेलाको छुट्टै संस्कृति र इतिहास रहेको बताए। ‘हजारौं दर्शनार्थीले अवलोकन गर्ने सुभाघाट मेलाको छुट्टै विशेषता छ,’ उनले भने, ‘मेलालाई सभ्य र यसको संस्कृति अनुसार मनाउनुहोला।’

उपसभापति खड्काले मेला लाग्ने स्थल नजिकैको अर्को पर्यटकीयस्थल खटाङमा तीन तिरबाट झोलुङ्गे पुल बनाउने घोषणा पनि गरे। भेरी नदीले घेरिएको टापुमा तीनतिरबाट पर्यटकहरु आउन मिल्ने गरेर पुल बनाइने उनले बताए। ‘खटाङको पनि छुट्टै महत्व छ,’ उनले भने, ‘यसलाई पूर्वी सुर्खेतको महत्वपूर्ण पर्यटकीयस्थल बनाउने गरेर तीनतिरबाट पुल निर्माण गर्दैछौं।’
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
८ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस