दुर्घटनाको कारक बन्दै ‘बम्पर गार्ड’
१८ मंसिर २०७९
•
५ मिनेट पाठ
दुर्घटनाको कारक बन्दै ‘बम्पर गार्ड’
सडक दुर्घटनाको मुख्य कारक मान्दै ट्राफिक प्रहरीले निजी तथा सरकारी गाडीमा राखिएका ‘बम्पर गार्ड’ हटाउन सुरु गरेको छ। काठमाडौं उपत्यकाभित्र बम्पर गार्डकै कारण सडक दुर्घटना बढेको निष्कर्षसहित सवारीसाधनबाट त्यसलाई हटाउन थालिएको हो।




‘काठमाडौं उपत्यकामा मात्र होइन, बम्पर गार्डका कारण बाहिर पनि धेरै मानिसको मृत्यु भएको तथ्यांक छ, जसले गर्दा ट्राफिक प्रहरीले संरचना बिगारेर बम्पर गार्ड राखेका सबै गाडीको त्यो संरचना हटाउन लागेका हौं,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआइजी मीरा चौधरीले भनिन्। उनका अनुसार गाडीमा राखिएका बम्पर गार्ड नहटाए कानुनबमोजिम कारबाही हुनेछ। ‘यसका लागि हामीले अभियान नै सुरु गरेका छौं। मापसेबाट दुर्घटना भएजस्तै यसले पनि मानिसको मृत्युमा सहयोग गरिरहेको छ,’ डिआइजी चौधरीले भनिन्। बम्पर राखिएका ५७४ वटा सवारीसाधनलाई शुक्रबार कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

‘सवारीसाधनमा जडान गरिएको फलामको बम्पर गार्डका कारण त्यसमा जोडिएको एयर ब्याग सेन्सरले काम नगर्ने हुँदा चालक र यात्रुको ज्यान जोखिममा परेको साथै सवारी दुर्घटना हुँदा बम्पर गार्डले गर्दा पैदलयात्रुलाई बढी क्षति हुने भएकाले यसलाई हटाउन लागिएको हो,’ डिआइजी चौधरीले भनिन्। ट्राफिक प्रहरीले मंसिर १४ भित्र सवारीसाधनमा राखिएको बम्पर गार्ड हटाउन जानकारी दिएको तर अटेर गर्ने सवारीधनीलाई कारबाहीको दायरामा ल्याउन सुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए। उनका अनुसार बम्पर गार्ड नहटाएका सवारीसाधनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ को उपदफा १ अनुसार कुनै पनि सवारीसाधनको रङ, स्वरूप, सिट संख्या, इन्जिन तथा चेसिस परिवर्तनको कसुरमा कारबाही गर्नेछ। उनका अनुसार कम्पनीले नै गाडीको संरचना तयार पारेर पठाएको हुन्छ तर यहाँ सबै संरचना परिवर्तन गरेर राखिन्छ, जसले गर्दा आफ्नो गाडीको सुरक्षा गर्ने नाममा बम्पर गार्ड राख्दा मानवीय क्षति भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टका अनुसार बम्पर गार्डले ठक्कर दिँदा ९९ प्रतिशत व्यक्तिहरूको मुत्यु भएकाले त्यसलाई हटाउन लागिएको हो।

‘हाम्रो एउटा अध्ययनले बम्पर गार्डले ठक्कर दिँदा मानिसको मृत्यु भएको पाइयो, साथै ठक्कर दिने गाडीलाई भाग्न पनि त्यसले सहयोग गरेको छ। अगाडि र पछाडि दुई स्थानमा बम्पर राखिएको हुन्छ। अगाडिको बम्पर गार्ड फलाम वा स्टिलको हुन्छ, कडा हुन्छ, त्यसले ठक्कर दिएपछि मानिसहरूलाई मुत्युबाट जोगाउन नसक्ने देखिएको भने पछाडि राखिएको बम्पर गार्डले नम्बर प्लेट पनि छोपेको छ। जसले गर्दा गाडीको पहिचान गर्न असहज भएको छ,’ एसपी विष्टले भने।

ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनामध्ये ३५ प्रतिशतभन्दा बढी दुर्घटना बम्पर गार्ड र तीव्र गतिका कारण भएको छ। सवारी दुर्घटनामा १९१ जनाको मुत्यु भएकोमा तीमध्ये ५४ जनाको मृत्यु तीव्र गतिमा सवारीसाधान चलाएका कारणले मृत्यु भएको थियो। तीव्र गतिमा सवारीसाधन चलाउँदा जीउधनको जोखिम बढेको तथ्यांकलाई आधार मानेर त्यस्ता चालकलाई कारबाही गरी सचेतना कक्षामा सहभागी गराइएको ट्राफिक प्रहरीले जनाएको छ। यसअघि ट्राफिक प्रहरीले लेन अनुशासन उल्लंघनको कसुर, रेड लाइट, मादक पदार्थ सेवनको कसुरमा चालकलाई सचेतना कक्षा दिँदै आएको थियो।

मंसिर १५ देखि यस्ता चालकको सवारी अनुमतिपत्र नियन्त्रणमा लिएर एक घन्टा सचेतना कक्षामा राखेर १ हजार रूपैयाँ जरिबाना लिन थालेको छ। प्रवक्ता भट्टका अनुसार अहिलेसम्म मादक पदार्थ सेवन गरेर सवारी चलाउनेले मात्रै सचेतना कक्षा लिनुपर्ने अनिवार्य थियो। मंसिर १५ देखि तीव्र गतिमा सवारी चलाउनेले पनि सचेतना कक्षा लिनुपर्नेछ। ‘तीव्र गतिमा हुँदा सवारी अनियन्त्रित भई दुर्घटना हुने धेरै सम्भावना हुन्छ। ९० प्रतिशतको त मृत्यु नै हुन्छ भने १० प्रतिशत घाइते हुन्छन्। यस्तो दुर्घटना कम गर्न तीव्र गतिप्रति कडा कारबाही सुरु गरेका हौं। अहिलेको अवस्थामा ट्राफिक जरिवाना कम भएर पनि तीव्र गतिमा सवारी हाँक्ने गरेको पाइएको छ,’ एसएसपी भट्टले भने।  

उपत्यकामा १०,४०० दुर्घटना

ट्राफिक महाशाखाको तथ्यांकअनुसार आव २०७८/७९ मा उपत्यकामा १० हजार ४२४ सवारी दुर्घटनामा परेका छन्। तीमध्ये ३ हजार ५४३ सवारी दुर्घटना तीव्र गतिकै कारण भएको छ। ५ हजार ७९७ चालक तीव्र गति कसुरमा कारबाहीमा परेका छन्। यस्तै आव २०७९/८० सुरु भएपछि उपत्यकामा २ हजार ६५२ वटा सवारी दुर्घटनामा परेका छन्। तीमध्ये ६४९ वटा दुर्घटना तीव्र गतिका कारण भएका छन्। यस्तै आव २०७७/७८ मा ६ हजार ९३३, आव २०७८/७९ मा १८ हजार २४३ र आव २०७९/८० मा ८ हजार ५८४ जना सवारी चालक तीव्रगति ‘राडर गन’को कारबाहीमा परेको ट्राफिक कार्यालयले जनाएको छ।

चालक अनुमतिपत्र निलम्बन  

पाँचपटकसम्म एउटै कसुरमा कारबाही गरिएका सवारी चालकको अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था छ। आव २०७७/७८ देखि हालसम्म यस्तो कसुरमा उपत्यकामा १५ जना कारबाहीमा परिसकेको छ। आव २०७८/७९ मा ३३ हजार ५९० सवारीचालक मापसे कारबाहीमा परेका छन्। यस्तै आव २०७९/८० सुरु भएयता ९ हजार ७९४ जना सवारीचालक मापसे कारबाहीमा परेका छन्।

‘हिट एन्ड रन’मा कारबाही  

ट्राफिक महाशाखाका अनुसार आव २०७८/७९ मा ‘हिट एन्ड रन’ गरिएको भन्दै महाशाखामा २५८ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये १९० वटा मिलापत्रमा टुंग्याइएका छन् भने ६८ वटामाथि अनुसन्धान जारी छ। आव २०७९/८० सुरु भएपछि हिट एन्ड रनका ९३ मुद्दा महाशाखामा दर्ता भएका थिए। तीमध्ये ४६ मुद्दामा मिलापत्र भएको थियो। ४७ मुद्दामा अनुसन्धान भइरहेको छ। चर्को आवाज निकाल्ने सवारीसाधनविरुद्ध पनि कारबाही सुरु गरेको कार्यालयले जनाएको छ। तोकिएको मापदण्डभन्दा बढी ध्वनि निकाल्ने सवारीसाधनलाई १० हजारसम्म जरिबाना हुने कार्यालयको भनाइ छ। सवारीसाधनको स्वरूप परिवर्तन गरेर चलाउनेलाई पनि कारबाही हुने गर्छ। यस्तो गर्नेलाई ७ हजार ५०० रूपैयाँसम्म जरिबाना गर्ने व्यवस्था छ। दर्ताबिना चलाइएका इलेक्ट्रिक सवारीसाधन र ई–रिक्सालाई पनि कारबाही हुने कार्यालयले जनाएको छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस