म्याग्दीमा प्रतिनिधि तथा प्रदेशसभाको ‘मौन अवधि’ सुरु भएपछि ठाउँठाउँमा झडप,आगजनी र कुटपिट भएको छ।
शुक्रबार रातीबेनी नगरपालिका–९,ढोल्थानमा रोकिराखेको पाँच दलिय गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका युवाहरू सवार एक मोटरसाइकलमा आगजनी र ६ वटा मोटरसाइकलमा तोडफोड भएको हो। घतानको ढोल्थानमा ध १ प ५०१६ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ भने ग १९ प ४२८१ , ध २ प २१२५ गरी ६ वटा मोटरसाइकलमा तोडफोड भएको गठबन्धनका युवा परिचालन टोलीका सदस्य कृष्ण शर्माले बताए। ‘मतदातालाई पैसा बाँड्न लागेको भन्ने खबर सुनेपछि गएको टोलीलाई ढुंगा प्रहार गरियो, ज्यान जोगाउने क्रममा मोटरसाइकल छोडेर भागेका थियौं, ढुंगाले प्रहार गर्दा साथीहरु घाइते हुनुभएको छ’ शर्माले भने।
ढुंगा प्रहारबाट नविन पौडेल, केदार पौडेल,शिव बानियाँ, अर्जुन खत्रीको टाउको र शरीरमा चोट लागेको छ। घटनामा नेकपा एमालेका युवाहरूको संलग्न रहेको घाइते नविन पौडेलले बताए। घटनामा संलग्नको खोजी र कडा कारवाहीको माग गरिएको छ। यता बेनी नगरपालिका–५, नयाँ गाउँमा गठबन्धनका युवाहरुले एक दलित महिलालाई कुटपिट गरेको नेकपा एमाले निकट अनेरास्ववियूका केन्द्रिय सदस्य सुवाश विश्वकर्माले बताए। पुलाचौरको नयाँ गाउँकी दिलकुमारी परियार, गौरब रामदाम, चन्द्रबहादुर भण्डारीलाई हातपात भएको र एक महिला घाइते भएको विश्वकर्माले बताए। ‘घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्छु,‘बालबालिकालाई समेत कुटपिट भएको छ’ विश्वकर्माले भने। उनका अनुसार घटनामा संलग्नको पहिचान गरी कारवाहीको माग गरिएको बताए।
सामाजिक सञ्जालमा पैसा र खाद्यान्न बाँड्न हिँडेको बेलामा मदिरा सेवन गरेको अवस्थामा घटेको घटना भन्दै प्रतिक्रिया दिइएपनि दुवै घटनामा संलग्नले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। बेनी नगरपालिकाभित्र भएको घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। ‘दुवै घटनाको अनुसन्धान भइरहेको छ, ‘विगतमा समेत यी ठाउँमा घटना हुने गरेका थिए’ प्रनाउ भारतीले भने। मतदानको ४८ घण्टाअघिको ‘स्थिर समय’ वा ‘मौन अवधि’मा दल र उम्मेदवारको प्रचारप्रसार निषेधित गरिएपनि मतप्रभावित बनाउन यही समयमा दलहरु सक्रिय हुदाँ झडप हुने गरेको छ। दुवै घटना मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार अपराधिक उपद्रवमा पर्ने भएकाले अनुसन्धान भएमा तीन वर्ष कैद, तीस हजार रुपैयाँसम्म जरिवाना साथै हानी नोक्सानी भएको बिगो बराबरको क्षतिपूर्ति कसुरदारबाट पीडितलाई भराइ दिने व्यवस्था रहेको छ।