कारागारको क्षमताभन्दा १० हजार बढी कैदीबन्दी
०८ वैशाख २०८३
•
३ मिनेट पाठ
कारागारको क्षमताभन्दा १० हजार बढी कैदीबन्दी
नेपालका कारागारमा क्षमताभन्दा १० हजार बढी कैदीबन्दी हुँदा पनि गृह मन्त्रालयको ध्यान जान सकेको छैन। 




नयाँ सरकार बनेपछि गृहमन्त्रीले मन्त्रालय र मन्त्रालयबाहिरका सबै संरचनामा अनुगमन गर्न भ्याए पनि कारागारमा भने उनको ध्यान गएको छैन। देशका ७७ जिल्लामध्ये ७२ जिल्लामा ७५ वटा कारागार छन्। भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र रुकुम पूर्वमा कारागार छैन। काठमाडौं, दाङ र बाँकेमा दुई दुई वटा कारागार छन्। यी कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण समस्या उत्पन्न भएको हो।

कारागार व्यवस्थापन विभागले सोमबार उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा भएका कारागारसँग १८ हजार २६२ कैदीबन्दी मात्र राख्ने क्षमता रहे पनि ती कारागारमा हाल २७ हजार ४६२ जनालाई  राखिएको छ। कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार कारागारमा दैनिक संख्या भने घटबढ भइरहन्छ तर समग्रमा नौदेखि १० हजार कैदीबन्दी कारागारको क्षमताभन्दा बढी छन्। विभागका अनुसार ७५ कारागारमा नौ वटाका भवन कठिन अवस्थामा छन्। त्यस्तै ३३ वटा कारागारको पर्खाल भत्किएको छ। १० वटा कारागारको छाना चुहिने भएको छ। २८ वटा कारागारको भवन जीर्ण रहेको बताइएको छ। काठमाडौंको केन्द्रीय कारागारमा एक हजार ६ सयको क्षमता रहेकोमा करिब चार हजार कैदीबन्दी छन्।

कारागार व्यवस्थापन विभागका अनुसार कारागारमा रहेका २७ हजारभन्दा बढी कैदीबन्दीलाई रासनपानी र उपचारका लागि वार्षिक करिब दुई अर्ब हाराहारीमा खर्च हुने गरेको छ। दैनिक खाना र सिदाका लागि हाल एक अर्ब ७५ करोड बढी रुपैयाँ खर्च हुने गरेको छ। भक्तपुर, विराटनगरलगायत विभिन्न आठ जिल्लामा बाल सुधार गृह रहेको र त्यसमा १२ सय ९४ जना बाल बिज्याँइँ (अपराध) गरेका बालबालिका छन्। बाल सुधारगृहमा १८ वर्ष उमेर काटिसकेकाको पनि ठुलो संख्या छ। तर सरकारले ती बालबालिकालाई विधि पुर्‍याएर बाहिर पठाउन सकेको छैन।

आफ्नो मन्त्रालय मातहतमा रहेको कारागारको अवस्था नाजुक भए पनि गृहमन्त्री गुरुङले कुनै पनि कारागारको अनुगमन गर्न भ्याएका छैनन्। पदभार ग्रहण गरेदेखि नै ‘आक्रामक’ देखिन खोजेका गृहमन्त्री गुरुङले कार्यक्षेत्रभन्दा बाहिर गएर निर्देशन दिएको र स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय नगरेको भन्दै रास्वपाका सांसदहरूले नै प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष औपचारिक गुनासो गरेको अवस्थामा मन्त्रालयको वृत्तिविकासमा ध्यान जानुपर्ने आवाज उठ्न थालेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बागमती प्रदेशका निर्वाचित सांसदहरूसँगको भेटवार्ताका क्रममा रास्वपाका सांसदद्वय आशिका तामाङ र मधु चौलागाईंले गृहमन्त्रीको कार्यशैलीप्रति कडा रोष प्रकट गरेका थिए। गृहमन्त्रीले सुरक्षा र प्रशासनको जिम्मेवारीभन्दा बाहिर गएर भौतिक पूर्वाधार मन्त्रालयको कार्यक्षेत्रमा हस्तक्षेप गरेको र बिनातालिका जिल्ला भ्रमण गर्दा स्थानीय प्रशासनलाई समेत व्यवस्थापनमा सकस परेको सांसदहरूले गरेको गुनासोप्रति गृहमन्त्री गुरुङ मौन छन्।

गत चैत १३ गते पदभार ग्रहण गरेदेखि नै गृहमन्त्री गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित उच्च पदस्थ व्यक्तित्वहरूलाई जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गराएका थिए। पछिल्लो समय उनी सडक आयोजना, क्रसर उद्योग र विकास निर्माण स्थलमै पुगेर निर्देशन दिन थालेका छन्। उनले ती क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्नेमा क्षेत्राधिकारबाहिर गएर निर्देशन दिनुलाई गृहका कर्मचारीहरूले पनि सकारात्मक सोचेका छैनन्। चैत २१ गते काभ्रेको रोशी खोला किनारमा रहेका क्रसर उद्योगको स्थलगत निरीक्षणका क्रममा गृहमन्त्रीले स्थानीय जनप्रतिनिधिसँग कुनै समन्वय नगरेको काभ्रेपलाञ्चोक-१ का सांसद मधु चौलागाईंले गुनासो गरेका थिए।

त्यस्तै धादिङ-१ की सांसद आशिका तामाङले पनि गृहमन्त्रीले सडक निर्माण समस्या समाधान गर्ने नाममा सम्बन्धित मन्त्रालय र स्थानीय सांसदलाई बेवास्ता गरेको बताएकी थिइन्। नागढुंगा-मुग्लिन सडकखण्डको अनुगमनका क्रममा गृहमन्त्रीले देखाएको सक्रियता सकारात्मक भए पनि प्रक्रियागत समन्वय नभएको भन्दै गुनासो आउने गरेको छ। गृहमन्त्री विभिन्न जिल्लाको स्थलगत भ्रमण जारी राखेका छन्। गृहमन्त्री गुरुङले अलपत्र अवस्थामा रहेको सडकको निर्माण कार्यबारे चासो राख्ने र ठेकेदारहरूलाई पनि फोन गर्ने गरेका छन्।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस