१० हजार कर्मचारी लोकसेवा तयारीमा व्यस्त
०८ भदौ २०८२
•
३ मिनेट पाठ
१० हजार कर्मचारी लोकसेवा तयारीमा व्यस्त
करिब १० हजार सरकारी कर्मचारी कार्यालयको काममा भन्दा लोकसेवा आयोगले लिने विभिन्न तहको परीक्षा तयारीमा व्यस्त हुने गरेको पाइएको छ। जसमध्ये आधाजति कर्मचारी काममा असर पर्ने गरी बिदामा बस्ने गर्छन्।




संघीय मामिाल तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसचिव सुरेश अधिकारीले करिब १० हजार निजामती कर्मचारी लोकसेवा आयोगले लिने विभिन्न तहको परीक्षामा व्यस्त भएको पाइएको बताए। उनका अनुसार सहसचिव पदमा एक हजार, उपसचिव पदमा दुई हजार पाँच सय र शाखा अधिकृत पदमा करिब सात हजार गरी १० हजारजति कर्मचारी लोकसेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खुलाएपछि परीक्षा तयारीमा व्यस्त हुने गरेका छन्।

‘तीमध्ये करिब आधा कर्मचारी कार्यालयको काममा बाधा नपर्ने गरी आयोगले लिने परीक्षाको तयारीमा व्यस्त हुने गरेका छन् भने आधा कर्मचारी कार्यालयको काममा असर पर्ने गरी बिदामा बस्ने, कार्यालयमा उपस्थित भए पनि काममा भन्दा परीक्षाको तयारीमा व्यस्त हुने, कार्यालय छुट्ने समयभन्दा चाँडै घर जाने अथवा ढिलो कार्यालय जाने गरेको पाइएको छ।’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगतवती न्यौपानेले सरकारी कर्मचारीको प्राथमिकता सेवाभन्दा लोकसेवा आयोगले लिने परीक्षा पर्ने गरेको बताइन्। उनले राष्ट्रियसभामा विचाराधीन संघीय निजामती सेवा ऐनको विधेयकमा निजामती सेवाका सबै तहमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रणालीलाई रोक्नुपर्ने धारणा राखिन्।

सबै पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने हो भने काममा भन्दा परीक्षा तयारीमा व्यस्त हुने कर्मचारीको संख्या बढ्दै जाने उनको भनाइ छ। कर्मचारीहरू नियमित काममा भन्दा लोकसेवा आयोगले लिने परीक्षा तयारीमा आकर्षित हुने गरेको मन्त्री न्यौपानको भनाइ थियो। राष्ट्रियसभाको विधायन समितिको शुक्रबारको बैठकमा उनले यस्तो धारणा राखेकी हुन्।

विधेयकमा नायब सुब्बा र सहसचिव पदमा खुला प्रतिस्पर्धाको कोटा राखिएको छैन। तर केही सांसदले सहसचिव पदमा पनि खुला प्रतिस्पर्धाको कोटा राख्नुपर्ने भनेर दबाब दिँदै आएका छन्। आन्तरिक र खुला प्रतिस्पर्धाबाट गरिने बढुवाका लागि कर्मचारी कामभन्दा परीक्षा तयारीमा लाग्दा सेवाग्राहीले सास्ती पाएका छन्। ती कर्मचारीले काम नगर्दा सरकारी सेवा प्रवाहमा पनि समस्या भएको छ।

लोकसेवा आयोगले असोजको अन्तिम बुधबारदेखि चैतको अन्तिम बुधबारसम्म क्रमिक रूपमा विभिन्न पदका लागि आन्तरिक र खुला प्रतिस्पर्धाबाट बढुवाका लागि आवेदन माग्छ। असोजको अन्तिम बुधबार उपसचिव र सहसचिव (अप्राविधिक), कात्तिकको अन्तिम बुधबार उपसचिव (प्राविधिक), मंसिरको अन्तिम बुधबार शाखा अधिकृत (अप्राविधिक) तथा पुसको अन्तिम बुधबार नायबसुब्बा पदका लागि आवेदन खुलाउनुपर्ने व्यवस्था कानुनमै छ। यो क्रम चैतको अन्तिम बुधबारसम्म चल्छ। संघीय माामिला मन्त्रालयका एक कर्मचारीका अनुसार लोकसेवा आयोगले विज्ञापन माग गरेपछि एकै पटक ठुलो संख्यामा कर्मचारी बिदामा बस्ने परम्परा छ।

‘कर्मचारी बिदामा बस्दा वा कार्यालयमा आएर पनि परीक्षामा बढी केन्द्रित हुँदा सेवा प्रवाहमा प्रभाव पर्छ। सेवा प्रवाहमा असर पर्न नदिन कर्मचारीलाई आलोपालो बिदामा बसाउने या अन्य व्यवस्था के गर्न सकिन्छ गर्नुपर्छ। यसको जिम्मेवारी कार्यालयमा कार्यालय प्रमुख र मन्त्रालयमा सचिवहरूले मिलाउनुपर्ने हुन्छ,’ ती कर्मचारीले भने।

आयोगले विज्ञापन मागेपछि कोही कर्मचारी परीक्षा तयारी कक्षाका ‘शिक्षक’ हुन्छन् भने कोही विद्यार्थी। केही कर्मचारी कार्यालयमा उपस्थित भए पनि परीक्षाको पाठ्यक्रम अध्ययन गर्छन्। आयोगले लिने परीक्षाको तयारी गर्न केही कर्मचारीले हुलाक विभाग, जिल्ला समन्वय समिति, विभिन्न संवैधानिक आयोग, पानी जहाज कार्यालय जस्ता निकायमा सरुवा मिलाउँछन्, जहाँ कामको चाप नहुने भएकाले पढ्न पाइन्छ।

राष्ट्रिय सतर्कता केन्द्रले बेलाबेलामा सरकारी कार्यालयमा छड्के गर्छ। छड्केमा कार्यालयमा हाजिर गरेर चाँडै बाहिरिएका, कार्यालयमै बसे पनि आयोगको परीक्षामा व्यस्त भएका, बिदा नलिईकन बसेका जस्ता कैफियत पाइने गरेको केन्द्रका एक अधिकारीले बताए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३७ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस