हिमाल आरोहण गर्न एक हजार ७२ जनाले लिए अनुमति
२५ वैशाख २०८३
•
६ मिनेट पाठ
हिमाल आरोहण गर्न एक हजार ७२ जनाले लिए अनुमति
वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा विदेशी आरोहीहरुका लागि हिमाल आरोहण गर्ने समय। कतिपय नयाँ आरोहीहरु आरोहणका लागि तयारी गर्दैछन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका रेकर्डहरु तोड्दै नयाँ कीर्तिमानहरु राख्न आतुर देखिन्छन्।




नेपाल पर्यटन बोर्डले छ हजार ५०० मिटरभन्दा उचाइका हिमाल आरोहणलाई अनुमति दिँदै आएको छ भने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले भने पाँच हजार ८०० देखि छ हजार ५०० उचाइका २७ हिमाललाई आरोहण अनुमति दिँदै आएको छ।

यसपटक सेभेन समिट ट्रेक्सबाट मात्र ८५ जनाले सगरमाथा आरोहण गर्दैछन्। सगरमाथा आरोहणका लागि ४६४ जनाले अनुमति लिएकोमा सेभेन समिटबाट मात्र ८५ जना रहेको यसका सञ्चालक मिङ्मा शेर्पा बताउँछन्।

सेभेन समिटले लामो समयदेखि विभिन्न देशका आरोहीलाई सगरमाथा आरोहण गराउँदै आएको छ। यसबाहेक इलाइट एक्सिपिडिसन, ट्याग नेपाल, इम्याजिङ नेपाल एक्सिपिडिसन, हिमालयन गाइड एक्सिपिडिसन, आठ के एक्सिपिडिसनलगायतले विदेशी आरोहीलाई सगरमाथा आरोहण गराउँदै आएका छन्।

प्राकृतिक सम्पदाले धनी देश नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको छ। विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल रहेकोमा नेपालमा मात्र आठ वटा पर्दछन्।

हिमालैहिमालको देश नेपालमा हिमाल चढ्नकै लागि पनि बर्सेनि हजारौँ आरोही आउने गरेका छन्। यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न एक हजार ७२ आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि सन् २०२६ को मार्च १ देखि आजसम्म ७९ देशका एक हजार ७२ आरोहीले अनुमति लिएका हुन्। अनुमति लिनेमा ८११ पुरुष र २६१ महिला रहेका छन्। हिमाल आरोहण अनुमति लिने सङ्ख्या अझै थपिनसक्ने विभागले जनाएको छ।

गत वर्ष वसन्त ऋतुमा हिमाल आरोहणका लागि एक हजार १४० जना आरोहीले आरोहण अनुमति लिएका थिए। उक्त आरोहण अनुमति दिएवापत नेपालले रु ७९ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। यस्तै सन् २०२४ मा ९९१ जनाले हिमाल आरोहण अनुमति लिएका थिए।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का महासचिव राजेन्द्र लामा कोरोना महामारीपछि नेपालको हिमाल आरोहणका लागि विदेशी आरोहीको आकर्षण बढेको बताउँछन्। एनएमएले अनुमति प्रदान गर्ने पाँच हजार ८०० देखि छ हजार ५०० उचाइका २७ हिमाल आरोहणका लागि पनि विदेशी आरोहीको हुटहुटी बढेको उहाँको भनाइ छ।

महासचिव लामाका अनुसार सङ्घले सन् २०२४ को जुलाईदेखि २०२५ को जुलाईसम्म दुई हजार २०४ परमिट जारी गरेको छ। जसबाट एनएमएले रु १६ करोड हाराहारीमा राजस्व सङ्कलन गरेको छ। यस्तै, सन् २०२५ को जुलाईदेखि हालसम्म दुई हजार २५ जनालाई परमिट जारी गरेको छ। उक्त परमिट जारी गरेबापत एनएमएले रु २० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

यस वर्ष वसन्त ऋतुका लागि सर्वाधिक अनुमति सर्वोच्च शिखर सगरमाथाका लागि आएको छ। सगरमाथा आरोहणका लागि मात्र हालसम्म ५५ देशका ४६४ आरोहीले अनुमति लिएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिए। सगरमाथा आरोहणका लागि अनुमति लिनेमा ३६४ पुरुष र १०० महिला रहेका छन्।

विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी चिनीयाँ आरोही रहेका छन्। चीनबाट मात्र १३९ जना आरोहीले आरोहण अनुमति लिएको निर्देशक राउतले बताए। यसबाहेक, अमेरिकाबाट १३२, भारतबाट पाँच, बेलायतबाट ७२, जर्मनीबाट ६९,  रुसबाट छ, क्यानडाबाट ३९, जापानबाट ३५, फ्रान्सबाट २६, अष्ट्रेलिया २४ र युक्रेनबाट २३ जनाले अनुमति लिएका छन्।

यस्तै पोल्याण्डबाट ३१, नेपालबाट १७, अर्जेन्टिनाबाट १३, आयरल्याण्डबाट १४, चेक रिपब्लिकबाट १७, इक्वेडरबाट १०, ब्राजिलबाट नौ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ।

सरकारले सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २९ हिमाल तथा चुली आरोहणका लागि अनुमति दिएको हो। विभागका निर्देशक राउतका अनुसार सगरमाथाका लागि ४६४, ल्होत्से १११, आमदब्लम १०४, अन्नपूर्ण चार १३, धौलागिरी ३०, सरीबुङ १८, अन्नपूर्ण १ का लागि २७, थोराङ पिक १४, मकालु ७२, नप्तसे ५२, हिमलुङ हिमाल ४६, कञ्चनजङ्गा ३६, बरुण १२ जनाले अनमुति लिएका छन्।

पछिल्लो समय पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्रमा प्रभाव परेको भए पनि हिमाल आरोहणका लागि भने उत्साहजनक सहभागीता देखिएको छ।

यस वर्षको हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट विभागले रु एक अर्ब १७ करोड ५५ लाख नौ हजार २५९ राजस्व सङ्कलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट रु एक अर्ब एक करोड २८ लाख २३ हजार ९२५ राजस्व सङ्कलन गरेको छ।

यस्तै ल्होत्सेबाट रु चार करोड ९७ लाख ७१ हजार ६५०, मकालुबाट रु तीन करोड १७ लाख ८५ हजार ८००, आम दब्लमबाट रु एक करोड ५५ लाख ४५ हजार ५५०, धौलागिरी–१ बाट रु एक करोड ३४ लाख ५४ हजार ५५०, अन्नपूर्ण–१ बाट रु एक करोड २० लाख ४९ हजार १७५, कञ्चनजङ्गाबाट रु एक करोड ६० लाख ८१ हजार ६५० राजस्व सङ्कलन भएको छ।

विभिन्न हिमाल आरोहणका लागि आरोहीहरु गन्तव्यतर्फ लाग्ने क्रम सुरु भएको छ। कतिपय आरोही भने हाल सगरमाथा आधार शिविरमा पुगिसकेका छन्। सगरमाथा आरोहणका लागि अहिले डोरी टाँग्ने काम भइरहेको छ।

सगरमाथा आरोहणलाई सहज बनाउनका लागि अहिले सगरमाथा प्रदूषण नियन्त्रण समितिले बेस क्याम्पबाट आइसफल हुँदै क्याम्प दुईसम्म डोरी टाँग्ने काम गरिरहेको छ। समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पा सगरमाथा बेस क्याम्पबाट आइसफल हुँदै क्याम्प दुईसम्मको बाटो बनाउने काम सम्पन्न भइसकेको बताउँछन्।

यस्तै क्याम्प दुईदेखि सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम भने पर्वतारोहण सञ्चालक सङ्घ नेपालले गर्दै आएको छ। सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुली अहिले क्याम्प–३ सम्म डोरी टाँग्ने काम सम्पन्न भइसकेको बताउँछन्। ‘मौसमका कारण क्याम्प तीनदेखि सगरमाथा चुचुरोसम्म डोरी टाँग्नका लागि समस्या भइरहेको छ’, अध्यक्ष पराजुली भन्छन्।

अध्यक्ष पराजुली मौसम राम्रो भएमा अबको चार÷पाँच दिनमा सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम सकिने बताउँछन् । मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष सगरमाथा आरोहणका लागि बाटो बनाउने र डोरी टाँग्ने काम केही ढिला भएको उनको भनाइ छ। अझै क्याम्प–४ हुँदै सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम बाँकी नै रहेको अध्यक्ष पराजुली बताउँछन्।

हिमाल आरोहणका लागि आएका आरोही र पदयात्रीको स्वास्थ्य जाँचका लागि हिमालयन उद्धार सङ्घले सगरमाथा आधार शिविर र फेरिचेमा चिकित्सकको टोली खटाइसकेको छ।

हिमालय उद्धार सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्याल हिमाल आरोहण गर्न जाने आरोही र तीनका सहयोगीको स्वास्थ्यजाँचका लागि तालिमप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सगरमाथा क्षेत्रमा परिचालन गरिसकेको बताउँछन्।

आरोहीको स्वास्थ्य जाँचका लागि सगरमाथा आधार शिविरमा अष्ट्रेलियाली चिकित्सक सामन्था एलिसन विल्स, नेपाली चिकित्सक पिन्स सिंह र सहयोगीका रुपमा लाक्पा नोर्बु शेर्पा खटिएका छन्।

यस्तै फेरिचे स्वास्थ्यचौकीमा अष्ट्रेलियाली चिकित्सक रेबेका एलेन कारपेन्टर, अमेरिकाका डा केटलिन ब्रुक हार्पर, नेपाली चिकित्सक आकृति सिंह र सहयोगीका रुपमा आङ दावा शेर्पा र थानेश्वर भण्डारी खटिएका सिइओ बस्याल बताउँछन्।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण २०० जेठ १६ (सन् १९५३ मे २) देखि सुरु भएको हो। सगरमाथाको पहिलो आरोही न्युजिल्याण्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा छन्। उनीहरुले पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला टेकेको दिनलाई सगरमाथा दिवसका रुपमा मनाइँदै आइएको छ। रासस
अर्को समाचार
शरद ऋतुमा २२४५ जनाले लिए हिमाल आरोहण अनुमति
२७ मंसिर २०८१
•
३ मिनेट पाठ
शरद ऋतुमा २२४५ जनाले लिए हिमाल आरोहण अनुमति
गत वर्षभन्दा यस वर्षको शरद ऋतु (अगष्ट – डिसेम्बर) मा हिमाल आरोहण अनुमति लिनेको संख्या घटेको छ। शरद ऋतुमा यस वर्ष दुई हजार दुई सय ४५ आरोहीले मात्र हिमाल आरोहण अनुमति लिएका छन्।




पर्यटन विभागका अनुसार गत वर्षको शरद ऋतुमा दुई हजार चार सय सात जनाले विभिन्न ५४ हिमालको आरोहण गर्ने अनुमति लिएकोमा यस ऋतुमा दुई हजार दुई सय ४५ आरोहीले मात्र आरोहण अनुमति लिएका छन्। यस सिजनमा विभिन्न ४७ हिमाल आरोहणका लागि विभिन्न मुलुकका एक हजार नौ सय ४३ पुरूष र तीन सय एक महिला आरोहीले विभागबाट अनुमति लिएका छन्। जसमध्ये पाँच सय ४३ पुरूष र ८२ महिलाले मात्र विभिन्न हिमालको सफल आरोहण गरेका छन्। यसै सिजनमा गत वर्ष एक हजार ७१ जना पुरूष र ८७ महिला आरोहीले विभिन्न हिमालको सफल आरोहण गरेका थिए।

हिमाल आरोहीको संख्या घटबढ भइरहने गरेको थियो तर यस सिजनमा केही कमी आएको पर्यटन विभागका निर्देशक तथा प्रवक्ता कालीबहादुर भुजेलले बताए। ‘हिमाल चढ्ने कुरा सामान्य होइन, दृढ संकल्प भएकाले मात्रै आरोहण गर्ने आँट गर्छन्’, भुजेलले भने, ‘विभागले गरेको प्रक्षेपण अनुसार नै यस सिजनमा आरोहीहरू आएका छन्, हामीले वसन्त ऋतुमा आरोहीको संख्या बढ्ने अनुमान गरेका छौं ।’

विभागले प्रत्येक सिजनमा कति आरोही हिमाल आरोहण गर्न आउँछन् भन्ने अगाडि नै अध्ययन गर्ने गरेकोमा यस सिजनमा जति संख्यामा विभागबाट आरोहण अनुमति लिएका छन् त्यो सन्तोषजनक नै मान्नुपर्ने उनले बताए।

कोभिड महामारीपछि खुला भएको हिमाल आरोहणका लागि मानिसहरू सुरुको वर्षमा ह्वात्तै आएका कारण पनि गत वर्ष अहिलेभन्दा बढी आरोहीले विभागबाट अनुमति लिएको बुझाइ जानकारीहरूको छ।

यस्तै पछिल्लो पटक मुलुकमा आएको अनिश्चत प्राकृतिक प्रकोप, विभिन्न हवाई तथा सडक दुर्घटनाले पनि पर्यटकलाई प्रभाव पारेको हुनसक्ने उनीहरूको आकलन छ। साथै रसिया–युक्रेन युद्ध, इजराइल र प्यालेस्टाइनबीचको द्वन्द्वको असरले पनि नेपालको हिमाल आरोहण गर्न आउने आरोहीलाई प्रभाव पारेको उनीहरूको धारणा छ।

यसका साथै चीन र पाकिस्तानले पनि हिमाल आरोहणको लागि अनुमति खुला गरेकोमा कतिपय आरोहीहरू त्यतातिर पनि मोडिएको उनीहरूको भनाइ छ। यस्तै राज्यले प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय स्तरमा जति प्रभावकारी तवरले हिमाली पर्यटनको प्रचार प्रसार गर्नुपर्ने हो त्यो गर्न नसक्दा, पर्यटन व्यवसायीले हिमाल आरोहणको प्याकेज बेच्न नसक्दा पनि आरोहीको संख्या घटेको हुन सक्ने अनुमान उनीहरूले गरेका छन्।

हिमाल आरोहण गर्नेहरूको संख्या ऋतु अनुसार घटबढ हुने गरेको छ। शरद ऋतुमा मनास्लु र अमादब्लम हिमाल चढ्ने आरोहीहरू धेरै हुन्छन् भने वसन्त ऋतुमा सगरमाथा हिमाल चढ्ने आरोही धेरै हुन्छन्। यसैक्रममा विभागले यस ऋतुमा एक सय ६३ समूहका दुई हजार दुई सय ४४ जनाबाट राजस्व दस्तुरबापत आठ करोड ५९ लाख ९७ हजार रूपैयाँ संकलन गरेको छ।

यस्तै यस ऋतुमा आरोहणको क्रममा आठ जना आरोहीको मृत्यु भएको छ। धैलागिरी हिमाल आरोहण गर्ने क्रममा पाँच जना, कुम्भकर्ण, पान्ध्रा र लाङटाङ लिरूङ आरोहणका क्रममा एकएक जना गरी जम्मा पाँच आरोहीले यस ऋतुमा ज्यान गुमाएका छन्।

विभागले दिएको जानकारी अनुसार हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीको शव काठमाडौं ल्याउन विभाग र एजेन्सीहरू पटक पटक छलफलमा बसेका थिए। सोहीक्रममा धौलागिरी हिमालमा मृत्यु भएका पाँच रसियन नागरिक र लाङटाङ लिरूङमा मृत्यु भएका एक जनाको सम्बन्धित दूतावासमार्फत उनीहरूको आफन्तलाई शब बुझाइसकिएको छ ।

धवलागिरि (८,१,६७ मिटर) हिमालमा यस वर्ष शरद ऋतुमा एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणका लागि अनुमति लिएकोमा दुई जनाले सफल आरोहण गरेका थिए भने सात जना पर्वतरोहीबीच बाटोबाटै आरोहण रद्द गरी फर्किएका थिए।

यस्तै आर्थिक वर्ष २०८१/८२ मा ६ राष्ट्रका आठ पर्यटकको उद्धार भएको छ। विभागका अनुसार भारतका दुई, मलेसियाको दुई, फ्रान्स, चीन, फिलिपिन्स, अमेरिकाका एक–एक जना गरी जम्मा आठ पर्यटकको विभिन्न हिमाली क्षेत्र जाने क्रममा समस्या आएपछि उद्धार गरिएको हो।

हिमाल आरोहण र उच्च हिमाली भेगमा पदयात्रा गर्ने पर्यटकले मुलुकको पर्यटनको विकास र विस्तारमा सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। तुलनात्मक रूपमा हिमाल आरोहण र उच्च हिमाली भेगमा पदयात्रा गर्ने पर्यटकले पर्यटनको अन्य क्षेत्रमाभन्दा धेरै आर्थिक गतिविध गर्ने भएकाले पनि हिमाल आरोहणको संख्याले समग्र पर्यटन क्षेत्र प्रभावित हुन्छ ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस