गाउँपालिका र नगरपालिका निमित्त शून्य
१४ भदौ २०८२
•
३ मिनेट पाठ
गाउँपालिका र नगरपालिका निमित्त शून्य
डेढ महिनाअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएकी भगवती न्यौपानेले एउटा साहसिक निर्णय गरेकी छिन्। उनले एकै पटक गाउँपालिका र नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य बनाएकी छन्। गाउँपालिका र नगरपालिका निमित्त शून्य गरिएको यो पहिलो पटक भएको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बताए।




उनले भने, ‘पहिलो पटक गाउँपालिका र नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य भएको अवस्था हो। यसअघि गाउँपालिका र नगरपालिकामा निमित्त शून्य गर्न सकिएको थिएन।’

मन्त्रालयले बिहीबार साँझ १ सय ५ जना उपसचिवलाई नगरपालिका र ८७ जना शाखा अधिकृतलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ। कानुन अनुसार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिव र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिृकत शाखा अधिकृत सरहको कर्मचारी हुने व्यवस्था छ। कानुनमा राखिएको व्यवस्था अनुसार नै मन्त्री न्यौपानले नगरपालिका र गाउँपालिकामा अधिकृत स्तरका कर्मचारी पठाएकी हुन्। ‘मन्त्रालयले खटाएको ठाउँमा हाजिरी गर्न सबै कर्मचारी गएमा र मेयर तथा अध्यक्षले हाजिरी गराए भने यो साहसिक कदम हुने छ,’ मन्त्राललका एक कर्मचारीले भने।

यसअघि मन्त्रालयले खटाएकोमा केही कर्मचारी बाटोबाटै फर्कने र केहीलाई मेयर÷उपमेयर र अध्यक्ष÷उपाध्यक्षले हाजिरी गर्न नदिईकन बाटौबाटै फर्काउने गरेका थिए। यसपटक मन्त्रालयले सरुवा गरेका कर्मचारीलाई अनिवार्य रुपमा खटाइएका ठाउँमा हाजिरी गर्न मन्त्रालयले उर्दी जारी गरेको छ।

मन्त्रालयले पठाएका कर्मचारीलाई बाटोबाटै फर्काउन नमिल्ने र सम्बिन्धत स्थानीय तहले हाजिरी गराउनैपर्ने मन्त्रालयको भनाइ छ। ‘हामीले खटाएका सबै कर्मचारी तोकिएको स्थानीय तहमा जानैपर्छ। कोही पनि बाटोबाटै फर्कन पाउँदैनन्। स्थानीय तहले पनि हामीलाई पठाएका कर्मचारीलाई हाजिरी गराउनैपर्छ,’ पराजुलीले भने।

उनका अनुसार मन्त्री न्यौपानेको निर्देशनअनुसार नै गाउँपालिका र नगरपालिमा निमित्त शून्य गरिएको हो। स्रोत भन्छन, स्थानीय तहमा निमित्त शून्य बनाउन मन्त्री न्यौपानले सुरुदेखि नै चासो राख्दै आएकी थिइन्। यसमा गृहकार्य गर्न उनले कर्मचारी प्रशासन महाशाखाका कर्मचारीलाई निर्देशन दिएकी थिइन्।

त्यसैअनुसार प्रशासन शाखाका कर्मचारीले केही दिनदेखि गृहकार्य गरिरहेका थिए। यसअघि धेरै गाउँपालिकामा तोकिएअनुसार प्रमुख प्रशासकीय अधिकृत नजाँदा सुब्बाले र नगरपालिकामा शाखा अधिकृतले निमित्त चलाउने गरेका थिए। केहीमा भने अहेवले निमित्त चलाउने गरेका थिए। यसबाट नगरपालिका र गाउँपालिकमा बेथिति बढेको थियो। न्यौपाने मन्त्रीमा बहाल हुँदा २१२ वटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए।

महानगर उपमहानगरपालिकामा भने अझै पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत छन्। प्रवक्ता पराजुलीका अनुसार मन्त्रालयले अझै पनि एक महानगरपालिका र नोवटा उपमहानगरपालिकामा दरबन्दीअनुसार सहसचिवलाइ पठाउन सकेको छैन। महानगर र उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत सहसचिवसरहका कर्मचारी हुने व्यवस्था छ।

पराजुलीका अनुसार वीरगन्ज महानगरपालिका, धनगढी, घोराही, तुलसीपुर, नेपालगन्ज, धरान, जनकपुर, बुटवल, कलैया र इटहरी उपमहानगरपालिकामा सहसचिव जान नचाहेकाले उपसचिवलाई निमित्त दिइएको छ। सहसचिवहरु सकेसम्म काठमाडौंबाहिर जान चाहन्नन्।
अर्को समाचार
गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य
१३ भदौ २०८२
•
३ मिनेट पाठ
गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्णयअनुसार स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको छ।




यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए। मन्त्री न्यौपानेको दृढ प्रतिबद्धता, नीतिगत नेतृत्व र प्रशासनिक सहजीकरणका कारण अब सम्पूर्ण स्थानीय तहहरूमा दरबन्दीअनुसारका प्रप्रअ खटाइएकाले पूर्ण जिम्मेवारी सहितको प्रशासनिक नेतृत्व सुनिश्चित भएको छ।

निजामती सेवा ऐन, २०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीहरू बाहेक, मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत खटाएको हो। यस क्रममा २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ।

यसले इतिहासमै पहिलोपटक गाउँपालिका तथा नगरपालिकामा निमित्त प्र.प्र.अलाई शून्य पार्नुका साथै बाह्य राजनीतिक दबाब वा स्थानीय तहको मनपरी प्रभाव अन्त्य गरी मन्त्रालयले खटाएका प्र.प्र.अहरू अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहमा कार्यरत हुने वातावरण सृजना गरेको छ।

सुशासनको मुख्य औजार कर्मचारी प्रशासन भएको र यसलाई निरन्तर सुधार र परिमार्जन गर्ने तर्फ आफू निरन्तर लागिरहेको मन्त्री न्यौपानेले बताइन्। उनले भनिन्, ‘यस क्रममा मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यलय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु। देश र जनतालाई केन्द्रमा राखेर मैले यो निर्णय गर्नैपर्ने थियो।’ न्यौपानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा देशभरीका ७५३ मध्ये २०० पालिका निमित्तका भरमा चलिरहेका थिए। ‘आजबाट देशभरीका गाउँपालिका र नगरपालिकालाई निमित्त विहिन बनाइएको जानकारी गर्दछु। कर्मचारी मित्रहरूलाई आजबाट गाउँपालिका र नगरपालिकाहरूका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ,’ मन्त्री न्यौपानेले भनिन्, ‘जिम्मेवारी पाउने कर्मचारी मित्रहरूलाई हार्दिक बधाई दिन्छु।’

‘वास्तवमा पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूले नै हामीलाई निमित्त होइन, पूर्ण जिम्मेवारीको प्रमुख प्रशासकीय अधिकृत दिनुपर्यो भनेर माग गर्नुपर्ने हो,’ मन्त्री न्यौपानेले भनिन्, ‘कैयन प्रमुखहरूले माग गर्नुभएको पनि छ, यस महत्वपुर्ण अभियानमा खट्नुहुने मन्त्रालयका सचीव सहित सम्पूर्ण टीम, र सचिवालयका सबै साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

जिम्मेवारीमा खटिएका कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी उच्च दक्षता र इमानदारीसाथ निर्वाह गर्न मन्त्री न्यौपानेले आग्रह गर्की छन्। त्यसैगरी पालिका प्रमुख तथा जनप्रतिनिधिहरूलाई पनि जिम्मेवारी लिएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न, उनीहरूको क्षमताको भरमग्दुर उपयोग गर्न पनि मन्त्री न्यौपानेले आग्रह गरेकी छन्।

मन्त्रालयले दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको हुदाँ यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिईएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्द भएको छ। यससँगै कर्मचारी सरुवामा हुने बाह्य चलखेलको अन्त्य, चक्रिय सरुवा प्रणाली कार्यान्वयनमा सहजता, सुगममा मात्र बस्ने प्रवृत्ति रोकथाम, दुर्गममा समेत सेवाको पहुँच विस्तार, प्रशासनिक न्यायको अनुभूति, सेवा प्रवाहको गति र कार्यकुशलतामा वृद्धि, सुशासन प्रवर्द्धन, साथै जनप्रतिनिधिबाट प्रमुख प्रशासकीय अधिकृत भन्दा व्यक्ति विशेष रोज्ने प्रवृत्ति अन्त्य हुने अपेक्षा गरिएको छ।

सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुने मध्ये ९ वटा उपमहानगरपालिका र १ वटा महानगरपालिकामा समेत छिट्टै दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भइरहेको मन्त्रालय श्रोतले जनाएको छ। मन्त्री न्यौपानेको यो निर्णय संघीयता कार्यान्वयन, स्थानीय तह सबलीकरण र सुशासन प्रवर्द्धनको लागि कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३६ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस