मतदाता नामावली दर्तामा युवाको उत्साह
२५ असोज २०८२
•
३ मिनेट पाठ
मतदाता नामावली दर्तामा युवाको उत्साह
भरतपुर महानगरपालिका–५ की मनिषा कोइराला २४ वर्षकी भइन्। यसअघि कोइरालाले कुनै पनि निर्वाचनमा मत हाल्ने अवसर पाएकी थिइनन्। तर यसपालि उनले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउँदै ‘भोट हाल्ने अधिकार प्रयोग गर्ने’ निर्णय गरेकी छन्।  




बिहीबार जिल्ला निर्वाचन कार्यालय चितवनमा आएर उनले आफ्नो नाम दर्ता गराइन्। फोटो सहित मतदाता नामावलीमा नाम लेखाएपछि उनले उत्साहका साथ भनिन्, ‘एक भोटले पनि फरक पार्छ। परिवर्तन हामी युवाबाटै सम्भव छ। देशले नयाँ दिशा खोज्दैछ।’  

कोइरालाजस्तै अहिले चितवनका थुप्रै युवा मतदाता दर्ता अभियानमा सक्रिय छन्। केहीले पहिलो पटक मतदान गर्ने उमेर पुगेका छन्, भने अरु धेरैले आगामी निर्वाचनमा आफ्नो उपस्थितिलाई अर्थपूर्ण बनाउन चाहेका छन्। भरतपुर महानगरपालिका–१० की २२ वर्षीया अनुसा राजलवतले आफ्नो जनप्रतिनिधि सही छनोट गर्नका लागि यसपटक निर्वाचनमा माग लिने बताइन्।

‘अहिले जेनजी आन्दोलनपछि निर्वाचन हुँदैछ। मत हाल्नु सभ्य नागरिकको कर्तव्य पनि हो,’ बिहीबार जिल्ला निर्वाचन कार्यालय चितवनमा मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रममा भेटिएकी राजलवतले भनिन् ‘हरेक नागरिकले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ।’  

अधिकांश युवा सामाजिक सञ्जाल, शैक्षिक संस्थान र जागरुकता अभियानबाट प्रेरित भएर दर्ता गर्न आएका छन्। चितवनको रत्ननगर नगरपालिका–९का १७ वर्षीय सम्पन्न अधिकारी राम्रो नेतृत्व छनोट गर्नका लागि उत्साहित भएको बताउँछन्। युवाहरूले आगामी निर्वाचनमा आफ्नो मतमार्फत देशको नीतिनिर्माणमा प्रभाव पार्ने उनले बताए। यो पुस्ताको सक्रियता देशको लोकतान्त्रिक अभ्यासलाई थप सबल बनाउने उनको भनाई छ।  

निर्वाचन आयोगले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय कात्तिक मसान्तसम्म तोकेको छ। सरकारले ल्याएको मतदाता नामावली संशोधन अध्यादेश असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएपछि चितवनमा असोज १० गतेदेखि मतदाता नामावली संकलन गर्न सुरु गरिएको थियो। 

जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको कार्यालयबाट सामानहरू विभिन्न दाताबाट जुटाएर मतदाता नामावली संकलनको कार्य गरिररहेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताए। उनका अनुसार जेनजी आन्दोलनको क्रममा चार सय ६८ वटा इलेक्ट्रिक भोटिङ मेसिन सहित २ करोड ३१ लाख १२ हजार रुपैयाँ बराबरको भौतिक संरचनामा क्षती पुगेको छ।

सिमित स्रोत साधन प्रयोग गरेर सञ्चालन गरिएको मतदाता नामावली संकलन गरिएको उनले बताए। निर्वाचन कार्यालयका अनुसार पछिल्ला दिनमा मतदाता नामावली दर्ता गर्न युवाको भीड बढ्दै गएको छ। ‘कार्यालयले दिएको तथ्यांक अनुसार ९० प्रतिशत मतदाता २५ वर्ष भन्दा कम उमेरका छन्। 

कार्कीले भने, ‘नयाँ मतदाता नामावलीमा नाम दर्ता गर्न आउने युवाहरूको संख्या उल्लेख्य छ। २५ वर्षभन्दा माथिका अधिकांशले पहिले नै नाम दर्ता गराएका हुन्छन्। वैदेशिक रोजगारीका क्रममा छुटफुट हुनेहरू आउनुभएको छ।’ उनका अनुसार चार दिनको अवधिमा आठ सय २९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। मतदाता नामावली दर्ता गराउनेमा महिलाभन्दा पुरुष बढी छन्। पाँच सय १५ जना पुरुषले नाम दर्ता गर्दा तीन सय १४ जना महिलाले मात्र नाम दर्ता गराएका छन्।  

चितवनमा प्रतिनिधि सभाको निर्वाचनपछि १३ हजार ५० मतदाता थपिएका छन्। २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा चार लाख आठ हजार ३४२ जना मतदाता थिए। बिहीबारसम्म चार लाख २१ हजार ३९२ जना पुगेको कार्कीले जानकारी दिए।  

रुपन्देहीमा उपनिर्वाचन हुने भनेपछि असार १६ गतेदेखि मतदाता नामावली संकलन कार्य रोकिएको थियो। सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेपछि पुरानो व्यवस्थाअनुसार भदौ २८ गतेबाट मतदाता नामावली संकलन कार्य रोकिएको थियो। सरकारले अध्यादेश मार्फत नयाँ मतदाता नामावली संकलन गर्ने भनेपछि खुलाइएको थियो। फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदाता नामावलीमा नाम भएका नागरिकले फागुन २१ गतेको निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ।  
अर्को समाचार
जेन-जी आन्दोलनपछि मतदाता दर्तामा युवाको उत्साह
१७ कार्तिक २०८२
•
२ मिनेट पाठ
जेन-जी आन्दोलनपछि मतदाता दर्तामा युवाको उत्साह
भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ। यसमध्ये ९० प्रतिशत युवाहरू रहेका छन्।




जिल्ला निर्वाचन कार्यालय भरतपुरमा मतदाता नामावली दर्ता गर्न आउने युवामा आशा पलाएको पाइएको छ। भरतपुर महानगरपालिका–५ का शमिर शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान गर्नका लागि नामावली दर्ता गराउन आए। युवा पुस्ताको आन्दोलनपछि उनमा केही आशा पलाएर मतदाता नामावलीमा नाम दर्ता गराउन आएको हो। उनले भने ‘युवाहरू भएपछि केही गरौँ, कोही राम्रो मान्छे उम्मेदवार भएमा मतदान गरेर विजयी गराउन मतदाता नामावलीमा नाम गर्दा गरेको हुँ।’

युवाको विषयमा सोच्ने नेतृत्व चयनका लागि मतदान गर्ने उनले बताए। सञ्चुकुमारी तामाङ पहिलो पटक मतदान गर्ने योजनाका साथ मतदाता नामावलीमा नाम दर्ता गराउन आएकी छन्। युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित मतदाता नामावलीमा नाम दर्ता गराएको उनले बताइन्। अहिलेसम्म युवाको विषयमा सोच्ने नेतृत्व नहुँदा मतदाता नामावलीमासमेत नाम दर्ता नगराएको उनको भनाइ छ।

लामो समय विदेशमा बसेर स्वदेश फर्केका दीपक पन्त आफ्नो श्रीमतीसहित मतदाता नामावलीमा नाम दर्ता गराए। अब देशमा केही हुन्छ कि भन्ने आशाका साथ मतदाता नामावलीमा नाम दर्ता गर्न आएको उनले बताए। पटक–पटक बिदामा स्वदेश आउँदासमेत नामावली दर्ता गर्ने चाहना नभए पनि अहिले ऊर्जा बढेको उनको भनाइ छ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरमा ३ हजार ५२९ जना नयाँ मतदाता थपिएका छन्। कार्यालयले असोज ९ गतेदेखि नयाँ मतदाता नामावली संकलनको काम सुरु गरेको हो। कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार तीन हजार ५२९ जनाले नामावली दर्ता गराएका छन्। जसमध्ये ५२९ जना जिल्ला बाहिरका रहेका छन्। नामावली दर्ता गर्नेमा ९० प्रतिशत २५ वर्ष मुनिका रहेका छन्, भने १० प्रतिशत २५ वर्ष माथिका रहेका छन्।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली संकलनको काम भइरहेको हो। नामावली संकलनको काम कात्तिक महिनाभर मात्रै हुने छ। यसरी नामावली दर्ता गर्न आउनेमा स्वतःस्फूर्त आएको पाइएको उनले बताए।

उनका अनुसार अहिलेसम्म राजनीतिक दलहरूले कार्यकर्तालाई ल्याएका छैनन्। उनले भने ‘दलहरूले गाडीमा ल्याउने गरेका थिए। तर अहिले त्यस्तो छैन। आएका मतदाता स्वतःस्फूर्त आएका हुन।’ विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता थिए। रासस
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस